Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

प्रभातफेरी अनलाइन ६३६ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)
भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

संस्मरण:

वर्तमानमा उभिएर विगत १५ वर्ष अघिको समय चियाउदैछु ।  आजको दिन मेरो लागि यमराजको ढोका बन्द र अन्य सहयोद्धाको लागि खुल्ला भएको दिन । आकस्मिक हमला भएको  दिन ।  हामीले असिना वर्षीएसरि गोली र चट्याङ परे सरि बमको धमका अनि बारुदको कालो मुस्लोले दिउँसै सूर्य अस्ताएको जस्तो अन्धकारको सामना गरेको दिन । म सम्झिदै छु त्यही कहाली लाग्दो घटना   सिन्धुपाल्चोक जिल्ला ठोकर्पाको । जुन घटनाले आज सम्म मेरो मथिङ्गल हल्लाएको छ । सम्झँदा पनि आँखा रसाउन पुगेको छ । साँच्चै भन्नु पर्दा १५ वर्ष  कति चाँडै बितेछ । म आज पनि ती बितेको पल सम्झिदै वास्तविकतामा हराउदैछु ।

सोच्नेले सोच्लान कसैले नलडेको युद्ध लडेछ । कसैले भन्लान कति युद्धको कुरा गर्न सकेको । सँधै उही कुरा भन्लान् । जसले जे सुकै सोचून । जे सुकै भनून । जेसुकै देखून । मैले निर्मम भएर इतिहासको पाना पल्टाउनै पर्छ । भोगेको दुःख  सुनाउनै पर्छ । पलपलमा बाँचेको जिन्दगीको कहानी  सुनाउदै गयो भने दन्त्य कथा भन्दा कम छैन । आज म त्यही कहानी सुनाउदै छु । कहानी यो मानेमा सुनाउदै छु  कि हिजो जनयुद्धको बेला बा-आमाको न्यानो काखमा बसी  महङ्गो बोर्डिङ स्कुलहरुमा पढीरहेका । देश विदेश घुमिरहेका । एनजीओ आइ एनजीओमा जागिर खाइ रहेका मान्छेहरुले आज क्रान्ति सम्पन्न गरेको अनि सभा समारोहहरुमा कान्तिको ठूलो गफ हाँकेका देख्दा ताजुब लागेर आउँछ ।  उनीहरुलाइ के थाहा ? युद्ध भयानक, असोचनीय र अकल्पनीय हुन्छ भनेर ।  युद्ध सिनेमा हेरेको जस्तो पक्कै हुन्न । लडाइँ  सिनेमाको पर्दामा देखे जस्तो सरल थिएन । बाहिरबाट देखेको जस्तो पटक्कै हुँदैन ।  हो ! आज यिनै युद्धहरु मध्येको एक आकस्मिक युद्धको कुरा गर्दैछु ।

रणनैतिक प्रत्यक्रमणको दोस्रो चरण । देशभरी नै जनयुद्धको आगो बलिरहेको थियो । २०६२ साल चैत्र आठ गते काभ्रे जिल्लाको दाह्रेगौंडा दाप्चामा योजनाबद्ध ढंगले भकुण्डे आर्मी ब्यारेकको सेनालाई ब्यारेक बाहिर बोलाएर बेथान स्मृती बृगेडले गरेको आश्चर्यजनक हमला । जहाँ बटालिएन कमान्डर चतुरमान वाइबा कमरेड अनिसको बलिदानीसँगै थुप्रै अत्याधुनिक हतियार कब्जा गर्न सफल भएको मोर्चा । जनमुक्ति सेनाले बिजय हासिल गरेको दिन । यो मोर्चाले जनमुक्ति सेनाको मनोबल उच्च भएको थियो । तर प्रिय कमान्डरको बलिदानीलाई पनि पचाउनै पर्ने बाध्यता थियो । युद्धमा होमिएको हरेक योद्धा कि मर्नुपर्छ कि मार्नुपर्छ भने युद्धको सिद्धान्त भित्रै रहनु पर्थ्यो । यही सिद्धान्त अनुसार क. अनिसलाइ सदाको लागि गुमायौं । उहाँको अभावमा हामी टुहुरा बन्यौं । त्यसपछि हामी तेमाल,दोलालघाट हुँदै कोसीपारिको भूमिमा पाइला टेक्दै अघि बढ्यौ । दिन-रात,भोक-तिर्खा र निद्राको परवाह नगरी अघि बढीरह्यौं । २०६२ साल चैत्र १३ गते हामी सिन्धुपाल्चोक जिल्लाको वाफलमा पुगेर सेल्टर लियौं । त्यहाँ ब्रीगेड  कार्यालयले प्रोजेक्टरमा सामना परिवारको अपेरा देखायो । जुन अपेरामा शान्तिपूर्ण कार्यक्रम गरिरहेको कार्यक्रम स्थलमा हेलिकप्टरबाट आक्रामण गरेको । बम गोला बर्साएको । सर्वसाधारण जनता र साँस्कृतिक कलाकर्मिहरु तितरबितर भएको ।  जनसेनाका र कलाकारहरूले सशक्त प्रतिरोध गरेको । प्रतिरोध गर्दा योद्दाहरु ढलेको । रगतको खोलो बगेको  । घाइते योद्धाहरुको दयनीय अवस्थको सजीव  चित्रण थियो । ओहो! अपेरा हेर्दा त जीउ नै सिरिङ्ग हुने । आकस्मिक लडाइँमा बच्न र बचाउन साह्रै गाह्रो । (तर म चाहिँ ०५९ सालमा भूमिगत भएपछि योजनाबद्ध लडाइँ र सुरक्षामा ध्यान दिने जस्ता कार्यमा बढी अभ्यस्त रहें। दुश्मनले आकस्मिक आक्रमण गरे पनि बच्न सफल भै रहें ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0