Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्स क्लबमा क्वालिटीयुक्त सदस्यको खाँचो छः लायन श्रेष्ठ

प्रभातफेरी अनलाइन ७६५ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २०, सोमबार (२ साल अघि)
लायन्स क्लबमा क्वालिटीयुक्त सदस्यको खाँचो छः लायन श्रेष्ठ

सन्दर्भः “लायन्स अफ टेम्पल चण्डेश्वरीको ५औं वार्षिक सभा”

काभ्रे । लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको पाँचौं वार्षिक सभाबाट निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई शुभकामना दिने क्रममा लायन्स क्लबहरुमा संख्यात्मक नभई गुणात्मक क्षमता भएका सदस्यहरुको खाँचो रहेको डिष्ट्रिक ३२५ एल का एडिसनल क्याबिनेट सेक्रेटरी एलसिआइएफ लायन प्रकाश श्रेष्ठले बताउनुभएको छ ।


लायन वर्ष २०२३/२४ का लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले क्लबको स्थायित्वका लागि नीजि स्वार्थभन्दा माथि उठेर मानवीय सेवालाई हेर्न सक्यौं भने मात्र क्लबहरुले डिष्ट्रिकको उद्देश्य अनुरुप अगाडि जान सक्छन् । आज क्लब खोल्न उत्साहित हुने तर नविकरण गर्न चासो नराख्ने संस्कारकै कारण क्लबहरु धरासायी हुँदै गएका छन् । त्यसैले पनि त्यसतर्फ क्लबका अध्यक्ष लगायत सिंगो टिम यो विषयमा चनाखो हुन आवश्यक रहेको लायन श्रेष्ठले बताउनुभएको छ ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै मोडल भिलेज चिफ लायन अधुतम देगमराज शाक्यको कथन छ– पछिल्लो समय क्लब खोल्ने होड चल्यो तर त्यसको स्थायित्वका लागि खासै चासो दिएको पाइएन । लायन्स क्लबलाई भ¥याङ्ग बनाउन सकिन्छ कि भनी स्वार्थी भावना राखेर लालायित भएको पाइयो । यस चुनौतीपूर्ण अवस्थामा नेतृत्व सम्हाल्न पुग्नुभएको छ । त्यसैले नवनिर्वाचित टिमले त्यसतर्फ सचेत रहेर क्लबका गतिविधि अगाडि बढाउने छ भन्ने पूर्ण विश्वास आफूमा रहेको लायन शाक्यले बताउनुभएको छ ।


वार्षिक सभाको अध्यक्षता गरिरहनुभएका सामाजिक व्यक्तित्व लायन वर्ष २०२२/२३ का क्लब अध्यक्ष लायन सुरज पलाञ्चोकेले आफ्नो कार्यकालको नौ महिना सम्म भएका सामाजिक गतिविधिका बारेमा प्रकाश पार्दै क्लब घर हो । त्यहीँ रहेका सदस्यसँग पारिवारिक वातावरण सृजना गर्न सक्यौं भने डिष्ट्रिकको योजना मुताविक उपलब्धी हासिल गर्न सकिने अनुभव आफूले पाएको खुलासा गर्नुहुँदै क्लबका सदस्यहरुमा पारिवारिक भावना विकास गर्न सक्नु नै नेतृत्वको महानता हो । त्यो क्षमता आज निर्वाचित अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्षसँग छ, त्यसैले आगामी यात्रा अझै सशक्त हुनेमा आफू विश्वस्त रहेको प्रेसिडेन्ट पलाञ्चोकेले कार्यक्रममा उद्घोष गर्नुभएको छ । आशा छ, नवनिर्वाचित समितिले डिष्ट्रिकका योजना पछ्याएर टेम्पल चण्डेश्वरीलाई वर्षकै उत्कृष्ट क्लब बनाउने छ भन्न समेत प्रेसिडेन्ट पलाञ्चोके पछि पर्नु भएन । आफू अन्य लायनका अनुयायीभन्दा भिन्न चरित्र भएकै कारण ३ महिना पछि जिम्मेवारीबाट मुक्त भएपनि दायित्वबाट पछि नहट्ने प्रण समेत प्रेसिडेन्ट पलाञ्चोकेले गर्नुभएको छ ।
वार्षिक सभाले २०२३÷२४ का द्वितीय उपाध्यक्षमा लायन उदय श्रेष्ठ, प्रथम उपाध्यक्षमा लायन रमेश श्रेष्ठ र अध्यक्षमा लायन शिव नारायण अनामणी श्रेष्ठलाई सय प्रतिशत एस भोट दिएर निर्वाचित गरेको छ । निर्वाचन संयोजक लायन अल्का जोशीले लायनवादको अनुशरण गर्दै निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउनु भएकोमा सम्पूर्ण लायन्स पदाधिकारी, सदस्यहरुमा आभार व्यक्त गर्नुभएको छ ।
अधिवेशनमा स्वागत मन्तव्य लायन डा. घनश्याम घिमिरेले राख्नुभएको थियो भने धन्यवाद सहित कार्यक्रमको सञ्चालन लायन रिना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य लायन प्रल्हाद शर्मा हुमागाईं, लायन गिता विष्ट सापकोटा, लायन गणेश रञ्जित लगायतले लायनवादका बारेमा चर्चा गर्नुहुँदै सामाजिक क्षेत्रमा विश्वकै उत्कृष्ट भूमिका लिएर समर्पित भएको अन्तर्राष्ट्रिय संस्थाका रुपमा परिचित रहेको धारणा राख्नुभएको थियो । अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति घोषणा गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0