Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वर्दघाट नगरपालिकाले बनाउँदै ३१ करोड लागतको औद्योगिकग्राम

प्रभातफेरी अनलाइन ४९५ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ५, मंगलबार (२ साल अघि)
Post Thumbnail

टिकाराम गैरे

नवलपरासी । जिल्लाको वर्दघाट नगरपालिकाले जिल्लाकै पहिलो औद्योगोगिक ग्राम घोषणा गरि काम शुभारम्भ गरेको छ । खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी बढाएको हो ।
नेपालकै प्रमुख उद्योगपति तथा सोही क्षेत्रबाट निर्वाचित संघिय साँसद विनोद चौधरीले समेत औद्योगिक ग्राम बनाउने चाँसो देखाए पछि अहिले औद्योगिक ग्राम बनाउने कार्यले तिब्रता पाएको हो । हुन त त्यो अवधारणा नगरपालिकाको पहिलाकै जनप्रतिनिधिले अगाडी सारेका थिए । केही सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि छन् । अहिले औद्योगिक ग्रामलाई प्रााथमिकतामा राखेर काम अगाडी बढाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य सकिएको छ,उनले भने, स्थलगत रुपमा पनि प्राविधिकहरु खटिएका छन् । नगरपालिकाले गर्ने काम अगाडी बढाएको छ,उनले भने,सो क्षेत्रमा उद्योग सञ्चालन गर्नेलाई निरन्तर प्रोत्साहित गर्दै लैजाने काम पनि भई रहेको छ । नगरपालिकाले संरचना बनाएर पुर्वाधार उपलब्ध गराउने हो । आवश्यक पुर्वाधारका लागि नगरपालिकाले स्रोतको खोजीमा छ । पुर्वाधार बनाउने तर उद्योग सञ्चालन नहुने हो भने नगरपालिकाको लगानी खेर जान सक्छ,त्यो भएर यस क्षेत्रमा उद्योग सञ्चालनकर्तालाई पनि अहिले देखी आह्वान गर्ने कार्य भई रहेको छ । यो भन्दा पहिला पनि लगानी सम्मेलन गरेर पनि औद्योगिक ग्रामको नगरपालिकाले अवधारणा अगाडी सारि सकेको छ । पचास बर्षको लक्ष्य राखेर औद्योगिक ग्रामको काम भई रहेको समेत प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी गराए ।
डिपिआर अनुसार भ्याट सहितको कुल ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपिया लागतको औद्योगिक ग्राम पुर्वाधार निर्माण हुने छ । जस्मा प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपियाको लागत निस्केको छ । क्यान्टिन ५८ लाख ९० हजार ६ सय ४ रुपिया,सुरक्षागार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२,प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२,डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७, गन्जेबो २ लाख ४७ हजार ८ सय २६, चार वटा सौचालयका लागि १६ लाख ७२ हजार ३ सय ८३, गार्डपोष्ट १ लाख ४५ हजार ४ सय ९१,प्रवेशद्धार ६ लाख २९ हजार ९ सय ४९,बाउण्डरीवाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३,सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खोला तटबन्ध ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, सौन्र्दयीकरण १५ लाख १० हजार ७ सय ६३,ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाई प्लम्गिँ पानी आपुर्ति १ करोड ३१ लाख ५२ हजार ३५,विद्युतीकरण कार्य १ करोड ३५ लाख ७२ हजार १ सय ७५,ओभरहेड पानी टंकी ४९ लाख २९ हजार १ सय १६ गरि विभिन्न शिर्षकमा बजेट प्रस्ताव गरिएको छ । औद्योगिक ग्रामको डिपिआर गर्ने कार्य डि.आर.एस.डब्लपर्स एण्ड डिजाईन प्रालि काठमाडौले गरेको छ ।
डिपिआर अनुसारका कार्य गर्नका लागि अब अगामी दिनमा बजेटको ब्यवस्थापन गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी गराएका थिए । नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक बर्ष सो औद्योगिक ग्राममा कृषक,उद्यमी,महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापना गर्न प्रोत्साहन गरिने छ । ५० बर्षमा सो क्षेत्रमा एक खर्ब भन्दा बढि लगानी भित्रयाउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ । दिर्घकालिन योजना अनुसार यो काम गर्न थालिएको हो,उनले भने,ब्यवस्थित र औपचारिक रुपमा औद्योगिकग्राम घोषणा गरि त्यसको डिपिआर समेत बनाई काम अगाडी बढाउने जिल्लाको सम्भवत ः वर्दघाट पहिलो नगरपालिकाको रुपमा अगाडी आएको छ । लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा प्रवेश गर्ने नाका पनि हो । औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ । प्रदुषणलाई मध्यनजर राखेर बस्ति देखी टाडा राखिएको उनको भनाई थियो । हालै खजुरा खोला पुलको टेण्डर समेत भई सकेको हुदा औद्योगिकग्रामसँग जोडिएको बरुवा—वर्दघाट सडक हुदै भारत विहार प्रदेशको भैसालोटन नाकासँग प्रत्यक्ष रुपमा यो औद्योगिक क्षेत्र जोडिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0