Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

योगी नरहरिनाथको देवता–तीर्थ–माला

प्रभातफेरी अनलाइन ६६१ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ५, मंगलबार (२ साल अघि)
योगी नरहरिनाथको देवता–तीर्थ–माला

काठमाण्डौंको केन्द्रिय कारागारमा बसेका बेला रचना गरेको योगी नरहरिनाथको देवता तीर्थ माला हाम्रो सस्कृतिको एउटा सर्वोत्तम कृतिउपहार हो । योगीले नौ वर्षको उमेर देखि अन्ठाउन्न वर्षको उमेरसम्म देशदर्शन गर्दाका देवस्थानहरूको उल्लेख गरेका छन् । योगीको देवदर्शन पशुपति क्षेत्रबाट भएको छ । र, सम्पूर्ण देशदर्शन गरी फेरि पशुपतिमा पुगेर टुङ्गिएको छ । योगीको देवता तीर्थ माला कृतिमा वनेपाको सुन्दरतासँगै पवित्र भूमि वनेपाका देवीदेवता, कैलासमाला र नदीहरूको वर्णन छ ।
वुडोलको गोसाइँकुण्ड, वनेपाकी चण्डेश्वरी, खडपु बसेकी श्रीखङगदेवी, मनोहर वनमा जलेश्वर भगवान वनेपामा विराज छन् ।
धुलिखेलमा श्रीखोगुरेश्वर महेश्वर र पुण्यावती तटमा धनेश्वर शम्भु विराजमान छन् । व्यावर माथि भालेश्वर स्थान र श्रीशारदा नामको शिखरले पनौती शुसोभित देखिएको छ जहाँ पनौतीकी देवी पनौतीदेवीको निवास रहेको छ ।


पनौती सिद्ध स्थान हो र यहाँ कैलास गिरिमाला शोभित भै रहेको छ । यहिँ गोरखनाथ भगवान आदि सिद्ध छन् । गोपाल वंशीहरूको यो पवित्र स्थान हो । गोपालवंशी पनौती वासीका देवता श्रीबद्री, केदार र नवग्रह यहाँ पुजीत छन् ।
चौतारामा गौरती, भीम, जलविरे नारायण पुजीन्छन् । हेलमुमा बुद्धका गुम्बाहरू सुन्दर शान्त छन् र सिन्धुमा महादेवको पूजा नित्य छ ।
स्वर्णकोशी महादेव सुनकोशीको तटमा विराजित छन् । त्यस्तै तिमाल कोटमा पूज्य छन् शिव नारायणादि देवता ।
श्रीइन्द्रेश्वर ब्रह्माणिक वेणीमा जो छन् पनौती पुरमा नै छन् । यसै पुरमा सबै देवता वर र पर गरी विराजमान छन । यि देवताहरू हुन अगिल्ला दानतुला र पछि साथैमा खडा रहेका छन् तुलानारायण ।
त्रिकोणाकृतिमा पूर्णावती त्रिवेणीकै रूप र गुणले शोभाएमान छन् यहाँ । प्रत्येक युगमा मनमोहक सौन्दर्यको मोहले यहाँ हजारौं भक्तहरू भेला भएर ठूलो मेला नै लाग्ने गर्छ यस गिरिमाला कैलासमा ।
खोपासिका भैरवनाथ, नारायण ढाँडका ढुङ्गखर्क नारायण, फट्टिकशिला खण्डमा फट्टिकेश्वर बसेका छन । त्यस्तै नाममुडामा नमोबुद्ध ।
चक्रेश्वरै नमुनामा प्रसिद्ध पाँचखाल, भुताङग श्रीपञ्चपोखरीका महेश, श्रीमण्डनेश्वर शिव छन मण्डनमा । जसरी दुम्जामा कुशेश्वर छन् कौशिकेश शिव नामगरी विराजमान ।
पलाञ्चोकी दुर्गा भवानी दूष्टहरूलाई दमन गर्दै अष्टदशभुजा धारण गरी सिंहासनमा विराज गर्दछिन । भुजेली भाला, शर र धनुषवाण, गदा, शूल, असि, छुरी र घण्ट अनेक हातहथियार लिइ शोभायमान भगवती विजया स्वरूप छन ।
तातापानी गुफामा तप्तेश्वर नाम गरी गुप्त महेश्वर विराज गरेका छन् । दोलेश इत्यादि नाम गरेका देवता छन दोलालघाटमा । खुँडा धारण गरेकी कालीमाता शत्रुहरूको नाश गर्दै कालिञ्चोकमा बसेकी छन् । र यस्तै भक्तहरूको पालना गर्दै लाखौं सैन्यले सुसज्जित बनेर दोलखापुरको भिमेश्वरमा विराज गर्छन् भिमा र भिमेश्वर नामका देवता ।
शिलोद्देश भन्ने स्थानमा शैलपुत्री शिवा कमरै कसेर बसेकी छन् । सोलोखुम्बुमा कति हो कति बुद्धका गुम्बा, चैत्य बिहार र गुहा छन् ! माता गायत्रीको जन्म थलो भनिने गौरीशंकर शिखर अत्यन्तै सुकिलो छ । तेङजिङ सेर्पा पुगे प्रथम यहि सगरमा जो सगरहरूको सगर पनि टुङगीएको छ ।
पाँचखालमा आएर बसिदिएका छन् सदा शिव । त्यस्तै गरी विराज भए सुवर्णेश्वर माडी नामक गाउँको ठाउँमा ।
नाम्लेश्वर महादेव चैनपुरमा विराजित छन् । उता पलाञ्चोकमा कालिका र महादेव छन् ।
जहाँ जान्छौं, सर्वत्र देवताहरू छन् शयौं । सताशीधाममा शम्भु, स्वयम्भु देवता शयौंको परिवार छ ।
नारायण जलेशायी पँदाली नामको गाउँमा, पलाञ्चोकमा पनि अरु थुप्रै देवताहरू छन् ।
चन्द्रेश्वर महादेव र भवानी कालिका काभ्रेमा छन् । दुग्धेश्वर भगवान दुधौलीमा छन् र रामपुर भन्ने ठाउँमा बसेका छन् पञ्चकन्या ।
हलेसी गुफा प्रख्यात छ खोटाङमा । यहाँ हलेसी गुफा महादेव सिद्ध छन् । देवी पनि यहिँ छन् । तलूवा गडोमा किँरातेश्वर छन् । सगरमाथा दुग्ध कुण्ड तीर्थ हो जुन सोलुखुम्बुमा चिनाए तेजिङले ।
भोजपुरकी काली सिद्ध हुनाले सिद्धकाली भनिन्छ । भोजपुरकी सिद्धकाली पनि ओडारैमा बसेकी छन् । चैनपुरमा किँरात बसेका छन् र वखतेश्वर नाम रहेको छ । दिङला भञ्ज्याङ षडानन्द नामले प्रख्यात महेश्वर छन् । शङखुसभामा पोखरी मध्य व्यास बस्छन सभामा ।
मादी गुफा चैनपुरमा देवताहरूको पुण्य निवास छ । च्याङथापुकाली दश लिम्बु पाली याङरुप नामले प्रसिद्ध छन् थरिथरि देवी र देवताहरू ताप्लेजुङमा ।
सगरमाथै हो काञ्चनजङघा, अवतार भगवती कालिका माता पाथीभरा विराज गर्छिन कञ्चनजङघा मुनि मनोहर यस पवित्र स्थानमा । कावेलीका तिरमा छन् गुप्तेश्वर र कालिका । शंखुवा र सभा सती बरुणमा मिल्दा प्रकृति देवी मनोकामना विराज छन् ।
इँवा पोखरी छ माईको मूल तीर्थ । र, इलाममा पञ्चकन्या सुन्दर थलीमा छन् । यहाँ ठूलै छ तीर्थ माईवेणीको जलको । यतै छ चुलाचुली इलामैमा, भैरवादि देवताहरू पनि यतै छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0