Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गाउँपालिकालाई अन्तर्राष्ट्रिय स्तरकै इस्लामिक अध्ययन केन्द्रको रुपमा चिनाउने

प्रभातफेरी अनलाइन ४६८ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ साल अघि)
गाउँपालिकालाई अन्तर्राष्ट्रिय स्तरकै इस्लामिक अध्ययन केन्द्रको रुपमा चिनाउने

टिकाराम गैरे । नवलपरासी
जिल्लाको सुस्ता गाउँपालिकालाई अन्तर्राष्ट्रिय स्तरकै इस्लामिक अध्ययन केन्द्रको रुपमा चिनाउने प्रतिवद्धता सुस्ता गाउँपालिकामा आयोजित तहफ्फुजे हुकुके मुस्लिम सम्मेलनका सहभागिहरुले जनाएका छन् । नेपालमै एक इस्लामिक प्राचिन अध्यात्म केन्द्र समेत रहेको मदारबाबा स्थान सुस्तामै भएको र मदारबाबा मेलामा बर्षेनी लाखौ हिन्दु÷मुस्लिम समुदायले भाग लिने गरेको जनाउदै इस्लामिक धार्मिक पर्यटनसँगै इस्लामिक शिक्षाको केन्द्र बनाउने र चिनाउने गरि काम गर्न सहभागिहरुले प्रतिवद्धता जनाएका हुन् ।
ओल्मा काउन्सिल नेपालको आयोजनामा भएको उतm सम्मेलनमा सुस्ता आफै राष्ट्रिय पहिचान बोकेको गाउँपालिका हो,त्यसमा पनि नेपालमा एक मात्र प्राचिन इस्लामिक धर्म गुरुको तपस्या स्थल रहेको मदारबाबामा देशी विदेशीको आगमन बढने गरेको छ । धार्मिक रुपमा मेला हुने भए पनि यसलाई एक पर्यटन केन्द्र र इस्लामिक शिक्षा अध्ययन केन्द्र बनाएर अन्तर्राष्ट्रिय पहिचान बनाउनमा सबै लाग्नु पर्ने कुरा औल्याइएको थियो । इस्लामको अर्थ नै शान्तिसँग जोडिने हुदा शान्तिका अग्रदुत गौतम बुद्धले महाभिनिष्क्रमण लिएको स्थान अनोमाघाट,सतिपट्ठा धर्मदेशना गरेको स्थान सतपति बौद्ध शान्तिको केन्द्र पनि सुस्तामै रहेको छ । गाउँपालिकामा अब इस्लामिक शान्ति केन्द्रका लागि पनि प्राचिन सम्पदा रहेको भए पनि प्रचार प्रसार र ब्यवस्थान हुन नसक्दा यसलाई विश्वसम्पदामा लैजान नसकिएको कुरा सम्मेलनमा महशुस गराइएको थियो । ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसेनले धार्मिक सम्पदाले सम्पन्न सुस्ता गाउँपालिकालाई भारतिय पक्षद्धारा अतिक्रमणको चपेटामा परेको स्थानको रुपमा नेपाल भरि चर्चा पाएको पनि यहाँका धार्मिक केन्द्रको प्रचार प्रसार हुन नसकेको बताएका थिए । अब यस्ता चुनौतीलाई अवसरको रुपमा परिवर्तन गर्नु पर्छ,उनले भने, यहाँका प्राकृतिक र धार्मिक स्थलको ब्यवस्थापन गरिनु आवश्यक रहेको छ । त्यसका लागि सम्बन्धित धार्मिक अध्ययन केन्द्रका लागि पनि स्थानिय सरकार र नेपाल सरकारले लगानी गर्न आवश्यक रहेको समेत उनले बताएका थिए ।
इस्लामिक केन्द्र बनाउनका लागि इस्लाम सम्बन्धि शिक्षाको प्रभावकारिता बढाउन आवश्यक छ । इस्लामिक शिक्षालाई मुलधारमा ल्याएर सरकारी लगानी पनि उत्तिकै आवश्यक रहेको बताउदै अध्यक्ष हुसेनले भने,कार्ययोजना बनाई इस्लामिक शिक्षाको प्रवद्र्धन गर्नका लागि मदरसाहरुलाई सुदृणीकरण गर्नु पर्नेछ । मदरसाका समस्यालाई समाधान गर्नका लागि तत्कालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न समेत उनले औल्याएका थिए । प्राथमिक र आधारभुत तहसम्म मात्र मदरसामा इस्लामिक शिक्षा कायम रहेको हुदा माध्यमिक तहसम्मको अनुमति दिइनु पर्छ,उनले भने, सरकारले यसमा लगानी पनि गर्नु पर्छ । साधारण शिक्षा जस्तै धार्मिक शिक्षाले समाज उत्थान र अनुशासनमा वृद्धि गराउने हुदा यसका लागि पनि गाउँपालिकाले आवश्यक ऐन कानुन बनाउन आवश्यक देखिन्छ । माध्यमिक शिक्षाले बालबालिका माध्यमिक तहको अध्ययन पश्चात मात्र उच्च शिक्षा विश्वविद्यालय शिक्षाका लागि अग्रसर हुन्छ । उच्च शिक्षाका लागि खुल्ला विश्वविद्यालयले नवलपरासीकै सरावल गाउँपालिका ७ भुजहवामा केन्द्र बनाएको छ । तर बास्तविक रुपमा इस्लामिक शिक्षाको अध्ययन र अभ्यासका लागि इस्लामिक पुरातात्विक र धार्मिक आस्थाको केन्द्र मदारबाबा स्थल सुस्ता २ मा अवस्थित भएको हुदा उपयुतm हुने पनि सम्मेलनमा कुरा उठाइएको थियो । नेपाल सरकारले मदारबाबा विकास समितिको रुपमा विकास गरि नियमित रुपमा इस्लामिक अध्यात्म केन्द्रको रुपमा विकास गर्नु आवश्यक छ,उनले भने, यसको पहल सुस्ता गाउँपालिकाले पनि गर्न सक्छ । यसका लागि ओल्मा काउन्सिल नेपालले नेपाल भरिकै ओल्मालाई सुस्तामा बोलाएर सम्मेलन गराउन सक्ने र यस क्षेत्रको प्रचार प्रसार गराउन सक्ने अवस्था पनि छ । यसको लागि ओल्मा काउन्सिलले निरन्तर काम गरिरहेको समेत उनले बताएका थिए ।
सम्मेलनका प्रमुख अथिती सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले इस्लामिक शिक्षाका समस्यालाई गाउँपालिकाले सम्बोधन गर्ने र त्यसको लागि विस्तृत योजना बनाई काम गर्ने प्रतिवद्धता जनाएका थिए । उनले इस्लामिक शिक्षा होस वा अन्य धार्मिक शिक्षा होस समाजमा सबैको महत्व उत्तिकै छ । सबै धार्मिक शिक्षाको प्रवद्र्धन गर्नमा गाउँपालिकाले काम गर्ने बताएका थिए । धार्मिक रुपमा कसैलाई विभेद नगरिने समेत उनले प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले इस्लामिक शिक्षा र मदारबाबाको महत्व हिन्दु,बौद्ध सबैलाई थाहा हुुनु पर्ने कुरा औल्याएका थिए । त्यसका लागि गाउँपालिकाले अगामी दिनमा इस्लामिक शिक्षाका लागि कोचिँग सेन्टर समेत सञ्चालन गर्न सकिने बताए । मदारबाबा प्राचिन इस्लामिक गुरुको तपस्या स्थल भएको हुदा इस्लामिक समुदायले यो स्थानको महत्वबारे विश्व भर फैलाउदै विश्वका इस्लामिक समुदायलाई एक पटक मदारबाबामा ल्याउने गरि प्रयास थालिनु पर्ने बताएका थिए । यसले सुस्तामा धार्मिक पर्यटन प्रवद्र्धन हुने र स्थानियबासीको जिवन स्तरमा सुधार तथा आर्थिक उपार्जनको स्रोत बन्ने आधार पनि रहेको बताएका थिए । मदारबाबामा मेला अवधीमा मात्र नभई नियमित रुपमा गतिविधि गर्नु आवश्यक रहेको छ, उनले भने, त्यसका लागि ओल्माहरु पनि काम गर्नु पर्ने आवश्यकता देखिएको छ । कार्यक्रमओलमा काउन्सिल नेपाल सुस्ता गाउँ कमिटिका अध्यक्ष हाजि ससौर अलीको अध्यक्षतामा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0