Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुरक्षाकर्मीले रक्तपात भएको हेर्न चाहेको भान भयो ः नेता अर्याल

प्रभातफेरी अनलाइन ४९९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १६, मंगलबार (२ साल अघि)
सुरक्षाकर्मीले रक्तपात भएको हेर्न चाहेको भान भयो ः नेता अर्याल

काभ्रे । १६औं गणतन्त्र दिवसको अवसरमा बनेपाको चारदोबाटोमा दीप प्रज्वलित गर्ने क्रममा देखिएका दृश्यप्रति नेकपा माओवादी केन्द्र जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै उक्त घटनामा सुरक्षाकर्मीको गम्भीर लापरवाही भएको जिल्ला संयोजक भोला अर्यालले बताएका छन् ।
सुरक्षाको जिम्मा लिएको सुरक्षा निकायले चासो नराख्दा चारदोबाटो झण्डै रणभूमिमा परिणत हुन पुगेको थियो । माओवादी कार्यकर्ता र नेतृत्वले संयमता अपनाउन पुग्दा अप्रिय घटना हुनबाट जोगिएको छ । दीप प्रज्वलित गर्ने क्रममा एकाएक नेकपा एमालेको भातृ संगठन युवा संघका अखिलका कार्यकर्ताहरुले चारदोबाटोको पूर्वपट्टि छापामार शैलीमा मण्डपको नाटक मञ्चन गरी प्रचण्ड विरुद्ध धावा मात्र बोलेनन्, प्रचण्डको पुत्ला समेत दहन गर्ने कार्य गर्नु आफैंमा राजनीतिक बेइमानी भन्दा अर्काे हुन सक्दैन ।
जुन किसिमको दृश्य देखियो, त्यसले उहाँहरु मुठभेद गर्ने तयारी साथ आएको प्रष्टै हुन पुगेको छ । किनकी हाम्रो भातृ संगठनले अनुमति लिएर दीप प्रज्वलन गर्ने स्थलमा आएर त्यस किसिमको गतिविधि गर्नु गणतन्त्रमाथि धावा बोल्नु, प्रचण्डको पुत्ला बनाएर दहन गर्नुले उहाँहरुको नियत प्रष्ट बुझिन्छ । त्यसमा सुरक्षाका ठेकदारहरुको समेत मौन समर्थन रहेछ भन्ने घटनाक्रमले पुष्टि गरेको छ । लाग्छ, सोमबार साँझ चारदोबाटोलाई रक्तपात पूर्ण भएको हेर्ने अथवा रमिते बन्ने चाहना सुरक्षाकर्मीको अधुरो भयो भन्ने ठम्याई नेकपा माओवादी केन्द्र जिल्ला समितिले गरेको छ ।
नत्र गणतन्त्र प्राप्तिका लागि ति सहिदहरुले बगाएको रगतको सम्मान व्यक्त गर्न आयोजित दीप प्रज्वलित कार्यक्रममा गणतन्त्रका महान् नायक प्रचण्डको पुत्ला दहन हुनु, त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नहुनु गम्भीर विषय होइन ? विगतमा त्यही ठाउँमा राँके जुलुसका लागि राँको झोस्न समेत पाउँदैन थियो, सुरक्षाकर्मीले बल प्रयोग गरेर निषेध पार्दथ्यो, सोमबार भने चाँदनीचोकदेखि चारदोबाटोसम्म राँके जुलुस सहितको पुत्ला दहनले यि कुराहरुलाई पुष्टि गर्दैन ? त्यसैले नेकपा माओवादी केन्द्रको तर्फबाट सुरक्षाकर्मीको त्यो गतिविधिको मौन समर्थन र राजनीतिक रुपमा त्यही राजनीतिक एजेण्डामा टेकेर अगाडि बढिरहेको सहयात्री शक्तिको भातृ संगठनले देखाएको घृणित गतिविधिप्रति आपत्ति प्रकट गर्दै नेकपा एमालेका जिम्मेवार नेतृत्वले नेतृत्व गरिरहेको समूहले देखाएको उदण्डले भोलिको राजनीतिक भविष्यका बारेमा एउटा खाका कोर्नेछ भन्ने विश्वास नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समितिले मनन गरेको नेता अर्यालले व्यक्त गर्नुभएको छ ।
राजनीतिक संस्कारका बारेमा कुर्लि–कुर्लि मञ्च तताउने नेताहरुको निर्देशनमा जुन गतिविधिहरु भए त्यसले गणतन्त्र, त्यसबाट प्राप्त सीमित अधिकार र सहिदप्रतिको सम्मानमा आँच पु¥याएको नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समितिको ठम्याई छ ।
यस किसिमको घृणित खेलका विरुद्ध प्रत्येक परिवर्तनकामी नेपालीजनहरुमा सचेत रहन समेत नेता अर्यालले आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0