Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गणतन्त्र प्राप्ति मात्रै हाम्रो अन्तिम गन्तव्य होइन ः नेता अधिकारी

प्रभातफेरी अनलाइन ४५९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १६, मंगलबार (२ साल अघि)
गणतन्त्र प्राप्ति मात्रै हाम्रो अन्तिम गन्तव्य होइन ः नेता अधिकारी

चारदोबाटोमा शहिद मुकेश कायस्थको शालिक बनाउनेछौं ः वाइसिएल काभ्रे

काभ्रे । १६औं गणतन्त्र दिवसको अवसरमा आयोजित दीप प्रज्वलितलाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण अधिकारीले दश वर्षे जनयुद्धको अन्तिम लक्ष्य गणतन्त्र मात्र नभएको स्पष्ट पार्नुभएको छ ।
हजारौंको बलिदानबाट आएको गणतन्त्रलाई ख्याल–ख्याल नसम्झन आग्रह गर्दै गणतन्त्रमा नागरिक, अनागरिक बनाउने छुट कसैलाई छैन । माओवादी वास्तवमै गरिब, निमुखा, विपन्न वर्गको सारथी हो । यसलाई कसैले कमजोर सम्झनु वर्ग विभेद गर्न थाल्यो भने आहुति दिएका सहिदको आत्मा चिहानबाट उठेर आएर तिनीहरुको काल बन्न तयार हुनेछ । तसर्थ भ्रष्टाचारमा मौलाउनेहरु हो, खबरदार ! तिमीहरुको अन्त्य चाँडै हुनेछ । जहाँ गणतन्त्रका असली हिमायती माओवादीहरुले न्याय दिलाएर छोड्नेछन् । गणतन्त्रका विरुद्ध तानाबाना बुन्नेहरुले षड्यन्त्र नगर्दा राम्रो हुन्छ । अन्यथा सम्पूर्ण न्यायप्रेमी जनसमुदायको तर्फबाट चुनौती दिँदै यसलाई खबरदारीको रुपमा बुझ्न पनि नेता अधिकारीले आग्रह गर्नुभएको छ ।सोमबार साँझ पनौतीको कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रले सुरु गरेको जनयुद्धको अन्तिम लक्ष्य भनेको समाजवाद हो । समाजवाद उन्मुख व्यवस्था स्थापित गरेर यो मुलुकलाई समृद्ध राष्ट्र बनाउने योजनाका साथ जनयुद्ध सुरु गरिएको थियो तर विभिन्न कालखण्ड र परिस्थितिजन्य अवस्थाले सम्झौतामा गणतन्त्र स्वीकार्न पुगेका छौं । हाम्रो अन्तिम लक्ष्य हासिल नभएसम्म आन्दोलन जारी रहेको छ । जसको घटनाक्रमलाई सूक्ष्म अध्ययन गर्ने हो भने पनि प्रतिक्रियावादी र पुनउत्थानवादी गतिविधिले हामीलाई अवरोध गरिरहेका छन् । आजै पनि दीप प्रज्वलित कार्यक्रमका नाममा जुन किसिमका परिदृश्य देखिएका छन्, ति पाच्य छैनन् । त्यसैले पनि हामी परिवर्तनकामी जनसमुदायहरुले यसतर्फ गम्भीर भएर सोच्न बाध्य हुनुपर्छ । अन्यथा सीमित प्राप्त अधिकारहरु पनि खोसिने संकेत देखिएको छन् । त्यसैले जुन किसिमको बलिदानबाट प्राप्त अधिकारहरुको सुनिश्चितता गर्नसक्नु नै सहिदहरुप्रतिको सच्चा सम्मान हुनेछ भन्नुहुँदै नेता अधिकारीले प्रत्येक माओवादीहरु आफैंमा एउटा दस्ता हो । जसले आवश्यकताको सम्बोधन गर्नेछ र पार्टीले चाहेको बखत प्रयोग गर्न सक्नेछ भन्ने धारणा राख्नुभएको छ । उक्त दीप प्रज्वलित कार्यक्रमलाई पनौती नगर समिति अध्यक्ष हस्तबहादुर तामाङले पनि सम्बोधन गर्नुभएको छ ।
त्यसैगरी गणतन्त्र नेपालको स्थापनाको १६ औं बर्षप्रवेश अवसरमा आयोजित दिपप्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वाइसिएल काभ्रेका अध्यक्ष लनाम सिंह तामाङले बनेपाको चारदोबाटोमा सहिद मुकेश कायस्थको शालिक राख्ने उद्घोष गर्नु भएको छ ।


हिजो जनआन्दोलनका क्रममा आन्दोलनकारीले राजाको अवशेष हटाइसकेको अवस्थामा आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धा सहिद कायस्थको शालिक राख्नुको बिकल्प नरहेको चर्चा गर्नु हुँदै जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलनबाट प्राप्त अधिकारको सुनिश्चित गर्ने दायित्व माओवादीहरुको रहेकोले प्रतिक्रियावादी र प्रतिगमनका मतियारसँग सजग रहनुपर्ने धारणा राख्नु भएको छ ।
शहिदले देखाएको बाटोलाई पछ्याउन सक्यो भनेमात्र शहिदप्रतिको सच्चा सम्मान हुनेछ । तब मात्र १० बर्षे जनयुद्धको महिमा रहने पनि सम्बोधनको क्रममा नेता तामाङको ठहर थियो ।
दिप प्रज्वलन कार्यक्रमलाई अनेरास्ववियु क्रान्तिकारी काभ्रेका अध्यक्ष बिजय लामाले सम्बोधन गर्दै बिश्वइतिहासमा विद्यार्थी शक्ति यस्तो शक्ति हो जसको अगाडि बिश्वका कुनै पनि तानाशाहले घुँडा नटेकेको इतिहास छैन भन्नू हुँदै गणतन्त्र स्थापनाका लागि विद्यार्थीको ठूलो भुमिका रहेको चर्चा गर्नु भएको छ ।
शहिदका रगतले कोरिएको रक्तरन्जित झण्डाको सम्मान गर्न विद्यार्थीले पनि जानेको छ भन्दै सामना गर्ने शक्ति लिएर मैदानमा आउन प्रतिगमनका मतियारलाई चुनौती दिनु भएको छ । कार्यक्रममा पार्टीसँग आबद्ध नेतृत्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0