काभ्रे । काभ्रे तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुने भएको छ । नेपालमै पहिलो पटक स्कुल टु ओलम्पिकको नारा सहित एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुबिच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुन लागेको छ ।
असार २ गते शनिबार बिहान ६.०० बजेदेखि रोडरेस सुरु हुने विद्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । रोडरेसमा छात्रा÷छात्र दुबै विधा समावेश गरिएको छ । जसमा छात्राहरुको रोडरेस ३ किलोमिटरको रहने छ भने छात्रको ७.५ किलोमिटरको हुने बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउने उक्त अवसरमा जानकारी गराइएको छ ।
विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नु तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० को उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिँड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि तेस्रो ज्ञानकुञ्ज रोडरेसको आयोजना गर्न लागेको बताउँदै खेलकुदले अनुशासन सिकाउँछ, अनुशासनले जीवन जिउने कला सिकाउने उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |