Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

प्रभातफेरी अनलाइन ३२९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (३ महिना अघि)
बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

काभ्रे । बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा भोलि शुक्रबारदेखि २६ गते र भोलि २७ गते बनेपाको लायकु परिसरमा बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ ।
कार्यक्रम बारे जानकारी दिन बनेपा नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले रोजगार मेलामा सहभागि हुनेहरुलाई वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीम बारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख विमला सापकोटाले मेलामा कम्तीमा ३ हजार युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको बताउनु भयो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमेगाईले मेलाबाट विभिन्न उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे जानकारी पाउने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसंग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी पाउनुका साथै तालिम प्रदायक संस्थावाट प्रदान गरिने सीपमुलक तालिम र अवसरको जानकारी पाउने बताउनु भयो ।
पत्रकार सम्मेलनमा बनेपा नगरपालिकाका शिवराज त्रिपाठी, पनौती नगरपालिकाका महेश्वर जंगम, रोजगारदाताहरु तथा हेल्भेटास नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाल सरकार तथा स्वीस सरकार बीचको द्विपक्षीय सम्झौता अनुसार संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण अन्तर्गत उक्त कार्यक्रम आयोजना हुन लागेको हो । रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्नृे मुख्य उद्धेश्य सहित “मेरो वृत्ति मेरो खोजी मेरो सिप भविष्यको दीप” भन्ने मूल नाराको साथ “वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला” आयोजना हुन लागेको हो । दुई दिनसम्म चल्ने मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरुलाई एकै स्थानमा ल्याई उनीहरुबीच पुलको काम गर्ने जनाइएको छ ।
बनेपा नगरपालिका र पनौती नगरपालिकाको संयूक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा २ दिने वृत्ति मार्ग—निर्देशन तथा रोजगार मेला २०८० नेपाल सरकार तथा स्वीस सरकार बीचको द्विपक्षीय सम्झौता अनुसार संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (Ensure) परियोजना– दोस्रो चरण अन्तर्गत सञ्चालन हुनेछ । कार्यक्रममा प्राविधिक तथा व्यवसायिक तालिम शिक्षालयहरु, काभ्रे उद्योग बाणिज्य संघ, पनौती उद्योग बाणिज्य संघ, जिल्ला पत्रकार महासंघ, होटल महासंघ धुलिखेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, कम्प्यूटर महासंघ, काभ्रे, रोटरी क्लब पनौती लगायत अन्य विभिन्न संघ सस्था तथा सरोकारवालाहरुको सहकार्यमा संचालन हुदैछ ।
मेलाले विद्यार्थी तथा युवाहरुलाई आ–आफ्नो रुची र खुबी अनुसारको वृति विकास प्रयोजनार्थ सीप सिक्न, जागिर खोज्न र रोज्न सहयोग पु¥याउनुका साथै रोजगार प्रदायेक संस्थाहरुले आफूलाई चाहिने सिपयुक्त दक्ष कामदार सजिलै संग सम्पर्क गरि प्राप्त गर्न मद्धत पुग्ने जनाइएको छ ।
बनेपा नगरपालिकाको नगर प्रमुख शान्तिरत्न शाक्यको सभापतित्वमा कार्यक्रम समुद्घाटन २०८० जेठ २६ गते बिहान १० बजे लायकु परिसर बनेपामा हुनेछ । रोजगारको खोजीमा रहेका नागरीक, युवा तथा महिलाहरु, विभिन्न संघ, संस्था, सरकारी निकायहरु, विद्यालय, क्याम्पसमा अध्ययन अध्यापनरत शिक्षक, विद्यार्थी तथा आम नागरीकहरुको भेला सहित रोजगारी तथा व्यवसायिक स्टल, तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ उल्लासमय वातावरणमा हुने आयोजकले जनाएको छ । Ensure परियोजनाको उद्धेश्य नेपाली युवा, महिला तथा पुरुषहरुले उपलब्धिमुलक अपेक्षित रोजगारी स्वदेशमा नै प्राप्त गर्ने रहेको छ ।
स्थानीय उद्योग÷व्यवसाय, अटोमोबाईल, बंैकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पु¥याउने, SEE र १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरु, यूवाहरु÷ गृहिणी, महिला÷काम गरिरहेका कामदारहरुको वृत्ति विकासको लागि सहयोग गर्न र बर्तमान अवस्थामा श्रम बजारमा भएको आवश्यक कामको जानकारी गराउने हेतुले कार्यक्रम संचालन हुनेछ ।
वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने मुख्य उद्देश्य रहेको छ ।
अहिले उद्योग व्यवसायको संकटकालिन विद्यमान परिस्थितीमा, एकातर्फ दक्ष जनशक्ति पलायन हुने क्रममा रहनु, बेरोजगारको संख्या बढ्दै जाने र अर्कातर्फ उद्योग÷व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वर्तमान अवस्थामा आयोजना गर्न लागिएको वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेलाबाट युवाहरुलाई थप आफ्नो वृत्ति विकासको बढवा, रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुनेछ साथै प्राविधिक तथा व्यवसायिक संघ संस्थाहरुमा वर्तमान प्रविधिहरु सहितको सीप तथा शिक्षण प्रणाली विकासमा नीति तथा कार्यक्रम तयार गर्न सहयोग हुनेछ । रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्दत पुग्ने आयोजकले विश्वास लिएका छन् ।

नेपालको संविधानले सीप तथा रोजगारलाई मौलिक हकको रुपमा स्थापित गरेको सन्दर्भमा शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन तथा सेवा, उत्पादनलाई आम्दानी र आम्दानीलाई सम्बृदिसंग जोेडेर हाम्रो समाजको श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै तथा श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्दै नागरिकहरुमा कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले “वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला” को रहेको छ ।
स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलव्ध गराउने अभिप्रायले आयोजना गरिएको वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरुबाट १८ वटा, विभिन्न उद्योग संघ, सस्थाहरु बाट ९ वटा, अटोमोबाईल ब्यवसायी तथा संघ, महासंघबाट ३ वटा, घरेलु तथा साना उद्योग, लघु उद्योगहरु बाट ६ वटा, सामाजिक विकास मन्त्रालय÷ दिगो तथा सम्मानित रोजगारीका लागि सीप (Ensure) परियोजना – दोस्रो बाट १ वटा, प्राविधिक शिक्षालयहरुबाट ६ वटा, इलाका प्रहरी, ईन्सुरेन्स कम्पनीहरु लगायतका ५ वटा गरी जम्मा ४८ वटा स्टलहरु रहनेछन् । विभिन्न उद्योग व्यवसायहरुबाट कार्यक्रम स्थलबाट नै रोजगारीको अवसरहरु प्राप्त हुन सक्नेछन । यस मेलामा करिब १०,००० जना सम्मको सहभागिता रहने अनुमान गरिएको छ ।
मेलाबाट कम्तीमा ३०००  जना युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने आयोजकले अपेक्षा गरेको छ । विभिन्न उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे जानकारी पाउने छन् भने बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसंग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी पाउनेछन ।
तालिम प्रदायक संस्थावाट प्रदान गरिने सीपमुलक तालिम र अवसरको जानकारी पाउनेछन् । यस मेलालाई सफल वनाउनका लागि विभिन्न जिम्मेबारीका साथ मन, बचन र कर्मले सद्भावपूर्ण सहयोग गर्न आयोजकले आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0