Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हाम्रो पहिलो प्राथमिकता शिक्षा हुनेछ ः अध्यक्ष थिङ

प्रभातफेरी अनलाइन ४७४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १९, मंगलबार (२ साल अघि)
हाम्रो पहिलो प्राथमिकता शिक्षा हुनेछ ः अध्यक्ष थिङ

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्नुहुँदै हाम्रो पहिलो प्राथमिकता शिक्षा रहेको बताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष थिङले गाउँपालिकाका सातवटै वडा कार्यालयलाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको बताउनुभएको छ ।
पालिकाभित्र रहेका बालबालिकाहरूको विवरण संकलन गरेर चार वर्ष पूरा भई १३ वर्ष उमेर पार नगरेका सबै बालबालिकाहरू विद्यालयको पहुँचमा रहेका कारण पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको उहाँको भनाई छ ।
अध्यक्ष थिङले खानिखोला गाउँपालिकाभित्र कुनै पनि निजी विद्यालय नरहेको तथा सबै विद्यालयहरूमा भर्ना दर र वडाको तथ्यांक अनुसार सबै शतप्रतिशत विद्यालयमा रहेकाले पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको बताउनुभएको छ ।
उहाँले विद्यालय आउन जानका लागि लामो दूरी रहेका कारणले पनि पालिकाले प्रदेश सरकारसँग समन्वयमा काम गरिरहेको बताउँदै बीचमा विद्यालय छाड्ने विद्यार्थीहरूको पनि चुनौतीसँगै पालिकाले विभिन्न कार्यक्रम मार्फत विद्यार्थी विद्यालयमा टिकाउने वातावरण बनाउँदै लैजाने बताउनुभएको छ ।
यस्तै अध्यक्ष थिङले बालकक्षाका शिक्षिकाहरुको मासिक तलब समेत बृद्धि गरेको बताउनुभएको छ । अध्यक्ष थिङका अनुसार १५ हजार रहेकोमा २ हजार रुपैँया थप गरी बाल शिक्षिकाहरुको तलव १७ हजार पु¥याएको खुलासा गर्नुभएको छ ।
जिल्लामा रहेका १३ स्थानीय तहमध्ये यसअघि पहिलो बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा भइसकेको छ भने खानीखोला गाउँपालिकाले दोस्रो वरियता कायम गर्न सफल भएको अध्यक्ष थिङले उद्घोष गर्नुहुँदै गाउँपालिकाले आ.व. ०८०÷०८१ का लागि शैक्षिक क्षेत्रमा समावेश योजनाहरुको समेत जानकारी गराउनुभएको छ । उहाँका अनुसार,
१. आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको व्यवस्था मिलाइनेछ ।
२. शिक्षा नियमावली, शिक्षा नीति, वहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवम्प्रवद्र्धन गरिनेछ ।
३. गाउँपालिकाको स्थानीय तथा मातृभाषा पाठ्यक्रम तर्जुमा गरी लागूगरि सकिएकोले यसै आर्थिक वर्षमा पाठ्यपुस्तक मुद्रण तथा छपाइ गरी स्थानीय तथा मातृभाषा पाठ्यक्रम कार्यान्वयनमा थप विस्तार गरिनेछ ।
४. विद्यालय बाहिर रहेका र बीचमै विद्यालय छोड्ने बालबालिकाहरूलाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिनेछ ।
५. विद्यालयहरूको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाइ सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरूको पेशागत क्षमता विकासका लागि निरन्तर तालिम सञ्चालन गरिनेछ ।
६. विषयगत शिक्षकहरूको अभिलेख व्यवस्थापन गरी गाउँपालिकाको शैक्षिक विकासमा उनीहरूको अनुभवलाई उपयोग गरिनेछ ।
७. सबै विद्यालयहरूमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ ।
८. सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाइनेछ ।
९. अनुगमन, निरीक्षण र सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
१०. आफ्ना बालबालिका र विद्यालयप्रतिको भूमिकाबारे जिम्मेवार बनाउन विद्यालय व्यवस्थापन समिति र अविभावक बीच निरन्तर अन्तक्र्रिया र अनुशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
११. अनाथ तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा सञ्चालनमा निरन्तरता दिइनेछ ।
१२. सामुदायिक अध्ययन केन्द्रलाई सञ्चालनमा ल्याइनेछ र हरेक वडामा एउटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा जोड दिइनेछ ।
१३. गाउँपालिकास्तरीय अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गरिनेछ र विद्यालय स्तरमा सञ्चालन गर्न आर्थिक सहायता उपलब्ध गराइनेछ ।
१४. गाउँपािलकास्तरीय परीक्षा प्रणाली लागू गरी ज्यmभ ऋभलतचभ विहीन बनाई स्तरयुक्त बनाइनेछ ।
१५. विद्यालयको भौतिक निर्माण र मर्मत कार्यलाई निरन्तरता दिइनेछ ।
१६. अपुग शिक्षक पदपूर्तिका लागि स्वयंसेवक शिक्षक कार्यविधि कार्यान्यवनमा ल्याइनेछ ।
१७. एस.इ.इ. परीक्षा दिनबाट बञ्चित रहेका वा एस.इ.इ. परीक्षा नदिई बसेका वा एस.इ.इ. पूरक परीक्षा पनि दिन नपाउने शैक्षिक योग्यता भएका विद्यार्थीहरुलाई खुला विद्यालय मार्फत एस.इ.इ. परीक्षा दिन पाउने व्यवस्था मिलाइनेछ ।
१८. अविभावकसँग निरन्तर अन्तक्र्रिया कार्यक्रमबाट प्राप्त सुझाव जस्ताको त्यस्तै शिक्षक अविभावक संघ र विद्यालय व्यवस्थापन समिति मार्फत प्रत्येक विद्यालयका प्रधानाध्यापकसम्म पुर्याई शैक्षिक गुणस्तर सुधारका लागि सम्बन्धित प्रधानाध्यापकलाई पूर्ण जिम्मेवार र जवाफदेही बनाइनेछ ।
१९. आधारभूत (कक्षा ५ देखि ८ कक्षासम्म) तहदेखि माध्यमिक तहसम्मका सबै विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिनेछ ।
२०. बालबालिकाको प्रारम्भिक शिक्षण बालविकास केन्द्रबाट हुने भएकोले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विशेष योजना बनाई आवश्यकता अनुसार पुनरावलोकन र विस्तार गरिनेछ ।
२१. आगामी तीन वर्षभित्रमा खानीखोला गाउँपालिकामा एक प्राविधिक शिक्षालय र एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ ।
२२. गाउँपालिकाका अल्पसंख्यक र दलित समुदायबाट एस.इ.इ. परीक्षामा उत्कृष्ट अंक ल्याएका एक÷एक जना छात्रालाई स्नातक तहसम्मको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२३. सामुदायिक विद्यालयका शिक्षण कार्यलाई गुणस्तरीय र परिणाममुखी बनाउन गाउँपालिका शिक्षा शाखा र सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार गरिनेछ । साथै गाउँपालिकाको सम्पूर्ण विद्यालयका शैक्षिक कार्यक्रममा एक रुपता ल्याउन शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न गराउन लगाइनेछ ।
२४. यस गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक अनुसन्धानात्क कार्यका लागि काठमाडौँ विश्वविद्यालय लगायत संघ, प्रदेश र जिल्लास्तर अन्तर्गतका उत्कृष्ट शिक्षण संस्थासँग सहकार्य गरिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0