काभ्रे । पटक–पटक अवरुद्धका बाबजुद पनौती नगरपालिकाले यही २५ गते निकास पाउने भएको छ ।
नेकपा एमालेको तर्फबाट पनौती नगरपालिकामा जितेका जनप्रतिनिधीहरुले स्वार्थ अनुकुल नहुँदा नगरसभा अवरुद्ध गरेर नगरसभालाई अनिर्णयको बन्दी बनाउँदै आएकोमा नगर कार्यपालिकामा भएको सहमति अनुसार २५ गते नगरसभा सम्पन्न हुने नगर प्रमुख रामशरण भण्डारीले जानकारी गराउनुभएको छ ।
आ.व. ०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा उपप्रमुख गिता बञ्जाराले सभाको नियम मिचेर केही कुरा रहेको भन्दै माइक खोसेर बोल्दै असहमति राखेपछि आफ्नो तर्फबाट नगरमा निर्वाचित जनप्रतिनिधी सहित बैठक अबरुद्ध पारिएको थियो । तत् पश्चात् नगर प्रमुखको आग्रहमा पटक पटक कार्यपालिका बैठक बस्न अनुरोध गर्दा पनि वस्न नमानेपछि बाध्य भएर प्रमुख भण्डारीले बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेका थिए ।
नगर प्रमुख भण्डारीले एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधीले कार्यपालिकामा काम र प्रस्ताव राम्रो भन्दै प्रशंसा गर्ने तर नगर सभामा प्रस्ताव अघि बढाउन नदिने रवैयाका कारण समस्या परेपछि बैठक स्थगित गर्दै नगरवासीको नाममा अपिल समेत जारी गरी सो घटनाक्रमका बारेमा नागरिकलाई सुसूचित गराइसकेका छन् । किन सभा चल्न दिनुभएन भन्ने त्यो उहाँहरुले जान्ने कुरा भयो, कर्मचारीको संगठन संरचना, वृति विकासको बारेमा उहाँहरुले कार्यपालिका बैठकमा सहमति राख्नुभएको थियो तर नगरसभामा किन विमति राख्नुभयो ? नगर प्रमुख भण्डारीले गुनासो पोख्नुभएको थियो । सोही कारण बैठक चल्न नदिएको हो भने ती असहमतिका बारेमा हामीले छलफल गरेर निकास निकाल्छौं भनेका थियौं । सोही अनुरुप कार्यपालिकाको बैठक बसेर सहमति भएको छ । आशा छ, अब सौहार्द ढंगबाट सभा अगाडि जानेछ भन्ने विश्वास लिएको छु प्रमुख भण्डारीले भन्नुभयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |