Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वैज्ञानिक तथ्य र मानव जीवनमा हाम्रा पर्वहरुको महत्व

प्रभातफेरी अनलाइन ६३६ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २६, मंगलबार (२ साल अघि)
वैज्ञानिक तथ्य र मानव जीवनमा हाम्रा पर्वहरुको महत्व

पछिल्लो समय पश्चिमा संस्कृतिले हाम्रा मौलिक चाडपर्व परम्पराहरु मासिँदै गएका छन् । नेपाली पात्रो अनुसार प्रत्येक दिन एक न एक पर्व, परम्परा, संस्कार, संस्कृतिले घर जमाएको पाइन्छ । यसै क्रममा साउन १ गते अर्थात् श्रावण संक्रान्तिको आगमनले सनातन धर्मावलम्बीहरुका लागि अझ बढी महत्व दिँदै आएको छ ।
हरेक वर्षझैं यो वर्ष पनि साउन १ गते (सोमबार) का दिन नुवाई धुवाई गरी कर्कट सुनेर साँझ घरघरबाट लुतो फाल्ने गरिन्छ । समाज स्वच्छ, स्वस्थ स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता अनुरुप लुतो अर्थात् रोगहरुको प्रतीकका रुपमा लुतोलाई घरबाट टाढा मिल्काउने यो पर्वको तात्विक अर्थ छ ।
प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी बलिरहेको अगुल्टो घरको चारैतिर घुमाएर फ्याँक्ने गरिन्छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यसो गर्दा घर वरिपरी भएका रोगप्रसारक किटाणुहरु नास हुन्छन् भन्ने विश्वास छ । यी आवाजहरुले किटाणु तथा किरा फट्यांग्रा भाग्ने गर्दछन् ।
जेजति सार्दामबाट लुतो फालिन्छ ती सबै औषधिय वनस्पति भएकाले यसलाई एउटा परम्परा मात्र नमानेर वैज्ञानिक दृष्टिले पनि अति महत्वपूर्ण छ भन्ने मान्यता अहिले स्थापित भैसकेको छ ।
यति मात्र नभई साउने संक्रान्ति मनाउने अर्को प्रमुख कारण आराम र आनन्द पनि हो । असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने प्रचलन रहेको छ ।
महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत समेत बस्ने गर्दछन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारे व्रतको छुट्टै महत्व छ तर यस वर्ष मलमासको कारण व्रत बस्ने या नबस्नेमा श्रद्धालुहरुमा अन्यौलता छाएको छ ।
साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारिनु प्रकृतिसम्मत प्रचलन मानिन्छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्ने गर्दछ । साउन महिनाको सोमबार देशभरकै वातावरण मनोरम हुनुका साथै बोलबमको रौनक पनि वेग्लै हुने गर्दछ ।
साउन महिनाले चाडहरूलाई भित्र्याउछ र स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यही दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दू धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।
ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिएको हो । सामान्यतयाः सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोर्लाधबाट दक्षिणि गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।
सृष्टि संरचनामा प्रकृतिलाई अन्तरिक्षका ग्रहादीको पनि साथ र भूमिका हुन्छ भन्ने मान्यता राख्ने पूर्वीय शास्त्रीय मान्यता रहेको र यसैको आधारमा गणित चलेको हो । धार्मिक मान्यता र गणितीय हिसावबाट तिथि, बार, महिना, मसान्ति, संक्रान्ति, औंसी, पूर्णे लगायत जीवनशैलीमा महत्व राख्ने चाडपर्वहरुकै निरन्तरता हो साउने संक्रान्ति ।
हाम्रा परम्पराहरु कुनै पनि हिसाबले अवैज्ञानिक र अव्यवहारिक छैन भन्ने कुरा आधुनिक कालमा आएर प्रमाणित भइसकेका छन् । जस्तो कि हामी तुलसी घरको मूल ढोेकानेर रोपेर हरेक दिन पूजा गर्छौं यसको कारण अहिले आएर स्पष्ट भएको छ कि तुलसी औषधिहरुको राजा हो ।
त्यस्तै गाईको गहुँत घरमा छर्कने चलनलाई अन्धविश्वास भनिन्थ्यो । कालान्तरमा गहुँतमा कति गुण रहेछ भन्ने प्रमाणित भएको छ । तसर्थ हाम्रा सामाजिक पर्वहरु गुरु पूर्णिमा, मातातीर्थ औंसी, भाइ तिहार, माघे संक्रान्ति, बालाचर्तुदशी, गथामुगः च¥हे, साउने संक्रान्ति, गंगादशहरा, नागपञ्चमी लगायतका चाडपर्व आफैंमा महत्व बोकेका पर्वहरु हुन् ।
यी सबै जीवन र जगतको सुरक्षा र स्वचालनका लागि बसाइएका नियम हुन् । एक किसिमले भन्नुपर्दा साँस्कृतिक कानुन भन्दा फरक नपर्ला । आज यिनै नियमको पालना नगर्दा विश्वमा विपत्ति बढेको छ । प्रकृतिलाई सन्तुलनमा राख्न र मानवसमाजलाई निरोगी र सक्रिय बनाइराख्न वेदमा उल्लेख यस्ता विधि विधानहरुलाई दुत्कारेर यान्त्रिकृत बनेको मानवले आज जुन संकट भोग्दै गएको छ यसको मूल कारण यही हो ।
वैदिक शास्त्रले मानव जीवनलाई सक्रिय र सफल बनाउन खान–पान, रहन–सहन, आचार–विचार र सांस्कृतिक सवै पक्षलाई समेटेर विधान नै बनाइदिएको थियो र यसलाई पुस्ता पुस्तामा हस्तान्तरण हुँदै आएकोमा आजभोलि यो प्रथा हटेर आयातित शिक्षाले सांस्कृतिक अतिक्रमण सुरु गरेको छ । अर्थात् नयाँ पुस्ता शिक्षा पुस्ता–दरपुस्ता चल्दै आएको पूर्वीय जीवनशैलीको अभिन्न अंग ध्वस्त हुँदै पश्चिमा शैलीमा धल्किँदै गएको छ । जसले विश्वलाई नै प्रदुषणयुक्त भूमण्डलीका रुपमा स्थापित गर्दैछ । तसर्थ हाम्रा रितिरिवाज, परम्परा, पर्व, संस्कृति वैज्ञानिक रुपमा कति जीवनोपयोगी छ भन्ने कुरा विश्व रंगमञ्चमा प्रमाणित भईसकेको छ तर हामी भने दिनप्रतिदिन आफ्ना कला, संस्कृति, धर्म, परम्परालाई तिलाञ्जली दिँदै आयातित लोभमा भासिँदै छौं । यस संगीन घडीमा सरोकारवाला पक्षले नेपाली परम्परा, संस्कृति, संस्कार र पर्वका बारेमा नयाँ पिँढिका लागि केही गर्न आवश्यक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0