Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिहानी यात्राको शब्द–चित्र

प्रभातफेरी अनलाइन ४७७ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २६, मंगलबार (२ साल अघि)
बिहानी यात्राको शब्द–चित्र

विहान घुम्नु शरीरका लागि फाइदा नै हुन्छ भनेर घुम्न थालेको पनि धेरै भयो । कहिले मौसमको कारणले, कहिले हाम्रै अल्छीपनले, कहिलेकाँही काम विशेषले र कहिले हामी आफैं बिरामी पर्नाको कारणले विहानीको घुमघाम छुट्ने गर्छ । अल्छी नगर्नु नै कल्याण रहेछ । विहान घुम्न सक्नु र घुम्न पाउनु त आफूमा अहोभाग्य थपिनु पनि हो । यही सोचका कारणले अल्छी नगर्ने सङ्कल्प मनमा राखेर भारती र म विहान नियमितजसो घुम्न थालेको महिनौं दिन भयो । विहान घुम्ने क्रममा यसअघि हामीहरु धनेश्वर, खड्पु–चौकोट, मगरगाउँ, पुलबजार जनागाल यत्रतत्र घुम्यौं । धेरै ठाउँ पुगेर अनुभव बटुलीसकेको कारणले हाम्रो अनुभवको आधारमा चण्डेश्वरी भएर जलेश्वर, वपि, चप्लेटीतिर घुम्नु नै मज्जा लाग्यो ।
३ः३०–४ः०० बजेसम्ममा म उठिसक्छु । भारती ४ः३०–५ः०० बजेसम्ममा तयारी गरी सक्छन् । हामी दुवै जनाले नित्यकर्म सबै सिध्याएर ५ः०० बजेसम्ममा घरबाट बाहिर निस्किई सक्छौं । चराचुरुङ्गीहरुको चिरविर शब्दलहरीहरु, कागका धूर्तढङ्गका ‘का का’ का तीखो अवाजहरु, कुकुरका अप्ठ्यारा स्वरहरु सुन्दै हावामा मन साटेर विहान घुम्न पाउँदाका सुखहरु अविस्मरणीय हुँदारहेछन् । यही अविस्मरणीय क्षण प्राप्तिका लागि हामीले पनि सङ्घर्ष गर्न खोज्यौं । विहानको समय त अत्यन्त मनोरम हुँदो रहेछ – शरीरले अमृत सेवन गर्न पाएजस्तो पो हुँदोरहेछ । यस्तै मनोरम अनुभूति प्राप्ति भयो विहानीको यात्रामा । त्यसैले माधुर्यता प्राप्तिका लागि विहान घुम्नु नै कल्याण सम्झियौं ।
हामीले रोज्यौं वपि–रविको बाटो । चप्लेटीसम्म नै पिच भइसकेको छ । बाटो सुरम्य छ । जंगल नजिकै भएकोले हरियालाी आँखामा राखेर घुम्न पाउनु यहाँको मोहकता भएकोले यहाँ घुम्न पाउँदा मनमा हर्ष छाउँदोरहेछ । यही ‘हर्ष’ यताको बाटोमा पाइने भएकोले हामीलाई पनि यो बाटो सुरम्य लाग्यो । पछ्याएर विहानीको हावामा मन डुलाइरहन पायौं र यही बाटो हाम्रा लागि पनि ‘मोडेल’ बाटो भयो ।
सधैं चण्डेश्वरी मन्दिरलाई दायाँ छोडेर जसिगाः को उकालो उक्लिने गथ्र्यौं । कहिले महादेव जलेश्वर रहेको जंगल र खोला रहेको खोँचतर्फ हामी घुम्ने गथ्र्यौं । विहान घुम्नेहरुमा संख्यामा थोरैमात्र यस खोँचमा पुग्ने गर्छन्, कहिलेकाँही पूजा गर्न आउनेहरुको भीड लाग्ने गर्छ । जसिगाः । जसिगाः महाद्यो । जलेश्वर महादेव पनि भन्ने गथ्र्यो यस ठाउँको खोँच (ढुङ्गा) मा विराजमान महादेवलाई । सानो खोल्सो छ, माथिबाट कञ्चन पानी झर्ने गर्छन् । तीनवटा धाराहरुबाट निरन्तर पानी झरिरहेको देखिन्थ्यो । महादेवको शिर माथिबाट नै पाइपबाट पानी झर्दै गरेको देखिन्छ । सितल छ खोँच पनि । जिउ तन्काएर आफूलाई शारीरिकरुपले सशक्त बनाउन खोज्नेहरु कसरतमा तल्लीन छन् । विहानको सिरसिर हावामा नुहाउन चाहनेहरु धारामा आफूलाई समर्पित तुल्याइरहेका छन् । समग्रमा भन्नुपर्दा यो खोँच नै मनोरम छ । यही ठाउँमा नै वर्षको एकपल्ट चण्डेश्वरी जात्रा शुभारम्भ हुने; विहानको झिसमिसे २ः०० बजेतिर सयौं–सयौं बनेपालीहरु हातमा मसाल बोकेर चण्डासुर वध भएको खुसियालीमा पुग्ने गर्छन् । ‘हा हा’ का गगनभेदी स्वरहरुमा मसाल बोक्नेहरुले महादेवको चरणमा चिराक (मसाल) बिसर्जन गर्ने गर्छन् । सयौं वर्ष अगाडिदेखि नै चल्दै आएको यो परम्पराले बताउँछ – चण्डेश्वरीकै आराध्यदेव महादेव रहने यो ठाउँ महत्वपूर्ण ऐतिहासिक ठाउँ पनि हो ।
बनेपाकै भू–भाग वपिसम्म पनि पुग्ने गथ्र्यौं हामीहरु । वपिमा गङ्गादेवी मावि थियो; अहिले आधारभूत विद्यालय भयो । विद्यार्थी सङ्ख्या घट्दै गएको कारणले यो स्थिति गङ्गादेवीले भोग्नु परेको हो । बाटोमा गाउँलेहरुले बनाएको कालीको मन्दिर छ । चोकमा अजङ्गको पिपल ठिङ्ग उभिएको छ । यसैको चौतारामा स–साना ईश्वरहरु स्थापना गरिएको छ । यसै ठाउँमा उभिएर पिपलको हावा श्वाँस–प्रश्वाँसमा जाओस् भनेर खुट्टाहरु हल्लाउने गर्छु, हातहरु तलमाथि सारेर आफ्नैढङ्गको कसरतमा रमाउँछु । भारती आफ्नै धुनमा उभिरहन्छे, कहिलेकाँही बस्ने पनि गर्छिन् । पहिले–पहिले वपिको चिया पसलमा चिया पिउने गथ्र्यौं । समयको पावन्दीले अचेल चिया पिउन छोडेका छौं ।
पहिले–पहिले चप्लेटीसम्म नै पुग्ने गथ्र्यौं तर वर्षको अनुपातमा ‘वपि’ सम्म पुगेर फर्किनु नै कल्याण सम्झेर चप्लेटी जान छोडेका हौं । कहिलेकाँही मात्र आकलझुकल पुग्ने गर्छौं हामीहरु चप्लेटी । चप्लेटी रमाइलो ठाउँ छ । धुलिखेल र बनेपाको सीमा रहेको ठाउँ । यहाँबाट छर्लङ्ग देखिंदो छ रवि पुग्ने बाटो र घरहरु, धुलिखेलमा रहेका डाँडा र घरहरु । दुर्बिन राखेर हेरेजस्तो पो देखिंदा छन् प्राकृतिक दृश्यहरु ! यस ठाउँमा थुप्रै बनेपालीहरु घुम्न आउँछन् ।
विहानै यहाँ घुम्नेहरु थुप्रै आउँछन् । कोही साथी–सङ्गातीको हूल बाँधेर, कोही टोल–छिमेकीहरुसँग मिलेर, कोही श्रीमान र श्रीमती सँगसँगै भएर, कोही जेष्ठ नागरिकहरु हामीजस्तै झुलुक्क देखिंदा छन् । किसिम–किसिमका मान्छेका झुण्डहरु कोही दौडमा रमाएर आफूहरुलाई कुदाउन पाउँदा गौरव गर्छन्, कोही–कोही अर्काको कुरा काट्न पाउँदा र चर्चा÷परिचर्चा गर्न पाउँदा गौरव गर्ने खालका पनि होलान् ? मनमा थुप्रै खालका मान्छेका अनुहारहरु राखेर घुम्न पाइन्छ । किराहरुको राष्ट्रिय गीत सुन्दै जंगलमा कराउँदै गरेका कोइलीहरुको ‘कुहुकुहु’ का मधुर गीत मनमा राख्दै, प्रदुषणरहित हावाको मधुरम स्वर सुन्दै हामीहरु विहान–विहान घुम्न पाउँदा निकै मनोरम भएको महसूस गर्छौं । जंगलको छेउछाऊ हुँदै हरियाली रुखका सुन्दर आकृतिहरु छाम्दै घुम्टी–उकालो बाटो भएर अझ भनौं पीचकै बाटो भएर घुम्न पाइन्छ यतातिर । सबै ठाउँ मनमोहक रहेर पनि वपिको उकालो चढ्ने बाटोतिर सानो पुल बिग्रेको कारणले अप्ठ्यारो बाटोमा अझ भनौं पानी जमेको खाल्डाखुल्डी पार गर्नुपर्दा बसको ठक्करमा परिने हो कि ? मोटरबाइकको हमलामा पर्ने हो कि भन्ने डर बोक्नुपर्दा अलिक दुःख लाग्छ । यस्तो नियति नेपालमा जताततै भोग्नु पर्छ ।
बनेपाको पुरानो बजारको वकुटोल भएर घोकेचौरको उकालो चढ्दै चण्डेश्वरीलाई दायाँ पारेर हामी वपि ताकेर हिँड्ने गर्छौं । हामीलाई त धेरैजसोले ‘नमस्ते’ नै भन्ने गर्छन् । कोहीकोही ‘जय शम्भो’, ‘नारायण’, ‘तारेमाम’ भनेर सम्बोधन गर्न रुचाउँछन् । खुसी साट्न पाउँदा रमाइलो लाग्छ । घरको सबै टण्टा, दुःख, चिन्ता बिर्सेर घुम्दा मनोरमढङ्गको आनन्द प्राप्ति हुँदोरहेछ – विहान घुम्दा यस्तो खालको सुन्दर अनुभूति प्राप्त भएको महसूस भयो । विहानीको हावामा उकालो चढ्दै गर्दा आनन्द प्राप्ति भएजस्तो, शरीरमा स्फूर्ति बढेजस्तो, हिंड्दै गएपछि दुखेको खुट्टा पनि निको भइ गएजस्तो पो हुँदोरहेछ । यो भोगाइ हामीले अनुभूत गर्न पाएको भोगाइ हो ।
जतिजति कुद्यो त्यतित्यति सबैथोक खुल्दै जाने भएकोले कुद्दाको आनन्द नै बेग्लै । हावा सिरसिर बहँदाको मनोरमता शरीरले भोग्न पाउँदाको सुखानुभूति बयान गर्न नै गाह्रो हुँदोरहेछ ! बाटोमा शान्ति । सबै कुदाकुदमा व्यस्त । हावा सिरसिर । मनोरम–मनोरम प्रकृति मुहार कति सुन्दर ! मोहनदाई नमस्ते, सर नमस्कार, मिस सञ्चै, मिस नमस्ते भनाउँदै–भन्दै भारती र म विहानीको समयमा अल्छी नमानिकन घुम्ने गर्छौं ।
वपि पुगेर हामीहरु चण्डेश्वरी मन्दिर प्राङ्गणभित्र छिर्छौं । मन्दिर घुम्छौं र फर्किन्छौं । प्राङ्गणभित्र चिया पिएर बस्नेहरुले आफ्नै खालका आनन्द लिइराखेको देखिन्छ । मन्दिरभित्र छिरेर ‘ईश्वर’ लाई पूजा गर्नेहरुको स्फूर्ति बेग्लै देखिन्छ । परेवाहरु यताउता घुमिरहेछन् । हामी पनि ‘ईश्वर’ को बिम्ब मनमा राखेर प्राङ्गण बाहिर निस्कने गर्छौं ।
००
चण्डेश्वरीसम्मका दायाँ–बायाँ खेतहरुमा घरैघर बनिसकेका छन् । घर बनाउनु नेपालीहरुको रहर होइन वाध्यता हो । कोठा बहाल दिई खतरामुक्त व्यापार गर्ने सोचकै परिणतिको परिणामले नै होलान् – शहरबजारमा घरहरु थुप्रिने गर्छन् । शहरमा घरहरु बढ्नु, प्रदुषण व्याप्त हुनु नियतिजस्तै भएको छ । त्यसैले शहरबजारमा स्वच्छ हावा पाउन नै गाह्रो । अक्सिजन कहाँ पाउनु ? त्यसैले मान्छेहरु वाध्य भएर गाउँतर्फ पुग्छन् । स्वच्छ हावा पाउनका लागि भएभरको स्फूर्ति निकालेर विहान–विहान घुम्ने गर्छन् । चप्लेटीसम्म पुग्नेहरुले यही विहानी यात्राको क्रममा समूह नै बनाए । नेतृत्व गर्ने कला हुनेहरुले संगठन बनाउँछन् । राम्रोगरि नेतृत्व गर्न सिकेको खण्डमा सिद्धि प्राप्ति गर्छन् । यही सिद्धि प्राप्त गर्न खोजिरहेका छन् चप्लेटी विहानी समूहले । हामी पनि विहानीको हावामा मन साट्न पाउँदा खुसी छौं । यसै क्रममा मनले टिप्न पाएको एउटा मुक्तक यहाँ सम्प्रेषण गरिरहेछु ः–
सिरसिर सिरसिर हावाको स्पर्शमा माया खोजिरह्यौं
हरियाली रुखहरुको प्रेम–गर्तमा प्रेम कस्तो हुन्छ हेरिरह्यौं
विहानीको रमरममा आफूलाई राखेर आफैंलाई हेरिरहें–
किराहरुको राष्ट्रिय गान कस्तो–कस्तो एकनासले सुनिरह्यौं ।
०००

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0