Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनियमितताको अखडा बन्दै नेपाल बनेपा बहुप्राविधिक महाविद्यालय

प्रभातफेरी अनलाइन १२६४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (२ साल अघि)
अनियमितताको अखडा बन्दै नेपाल बनेपा बहुप्राविधिक महाविद्यालय

काभ्रे । प्राविधिक शिक्षालय भनेपछि जो कोहि केही गरौं भन्ने चाहना भएका सचेत नागरिकको ध्यान खिच्छ । त्यसैलाई साधन बनाएर कसैले कमाउधन्दा पु¥यायो भन्दा कसको मन नचस्किएला ? त्यसैको प्रतिबिम्बको रुपमा मंगलबार बिहान एउटा चिया पसलमा छताछुल्ल हुने गरी अभिव्यक्ति सुन्दा ति केही गरौं न भन्नेहरुको लागि कति चोट पुग्यो होला । के ति अनियमिततामा रमाएकाहरुले अनुमान गर्न सक्लान् ?
बिहान ७ः३० देखि ८ः०० बजेको समय हुनुपर्छ, चियापसलमा बाक्लै उपस्थिति हुन्छ । त्यहि बीचमा प्राविधिक शिक्षालयसँग नजिक भएर विभिन्न किसिमका रोजगारमूलक तालिम सञ्चालन गर्दै आउनुभएका पात्रको आगमन हुन्छ । त्यही बिचमा चिया पसलमा रहेका मध्येबाट के छ खबर सिटिइभीटीको भनेर सोध्न पुग्छन् । जवाफ दिन्छन्, के कुरा गर्ने, ति चोरहरुको । चाइनाले त्यति राम्रो संरचना बनाएर गयो, लुटेराहरुलाई अहिले मोज छ नि । जुन उद्देश्यका लागि खोलिएको अब त्यो उद्देश्यभन्दा फरक भएको छ । त्यहाँका ढाडेहरु कमाउधन्दामा छन् । कोहि पढोस् या बिग्रोस् केही मतलब छैन । जसरी हुन्छ हाकिमदेखि कारिन्दासम्म कमाउने धन्दामै व्यस्त छन् । हाकिम भनाउँदो महाको भ्रष्ट रहेछ । के गर्दा लुट्न सकिन्छ भन्नेमै तल्लीन छ । विभागीय प्रमुखहरुको के कुरा गर्नु साँढे भएका छन् । कुनै सेवाग्राहीको सुनुवाई हुँदैन । हामी विभिन्न रोजगारमुलक तालिम चलाउने गर्छाैं, हामीसँग मोलमोलाइ हुन्छ । ५०÷५० को डिमाण्ड राखिन्छ । अनि यसले गुणस्तरी जनशक्ति उत्पादन हुन्छ ? यस्ता पिडा कसले सुन्ने ? तैँ चुप् मै चुप् ।
यो मुलुकमा सक्नेले जे गर्दा पनि हुन्छ । आज मैले यति कुरा गरें, यो कुरा ति फटाहा तस्करीहरुसम्म पुग्यो भने ५०÷५० मा भएको काम पनि खोसिन्छ । यहाँ बोल्नुभन्दा नबोल्नु निको छ । अझ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डतर्फको कार्यक्रम चलाउनेहरुसँग बुझ्नु भयो भने नाजवाफ हुनुहुन्छ । तपाईंहरु कतिसम्म ज्यादती छ बल्ल थाहा पाउनुहुन्छ । यि भ्रष्टहरुको सम्पत्ति शुद्धिकरण पनि हुँदो रहेनछ । हुन त अख्तियार नै भ्रष्टहरुको अखडा भएको छ, अरुको के कुरा गर्नु भन्दै आफ्ना कुण्ठित भावनाहरु एकैचोटी पोख्नुपुग्नु भयो । हामी चिया पिइरहेकाहरुले यो अवस्थामा के महसुस गर्न सक्यौं होला ? उहाँका आक्रोश पश्चात् मसँगै बसिरहेका एकजना व्यक्तिले त्यहाँको अनियमितताको समाचार आएको छ । थाहा छैन ? तपाईं नि कस्तो पत्रकार भन्न पछि पर्नु भएन । उहाँले पत्रकार भन्नुभएपछि हच्किन पुग्नुभयो पिडा पोख्ने व्यक्ति । मात्रै नाम नराखिदिनु होला, यथार्थ यही हो भन्दै बाहिरिनुभयो । अब भन्नुस् नेपाल बनेपा बहुप्राविधिक महाविद्यालयको अवस्था कस्तो रहेछ ? सरोकारवाला पक्षले चासो राख्नु आवश्यक छ कि छैन ? यिनै भनाइका बारेमा प्रतिक्रिया माग्ने क्रममा आर्थिक तथा प्रशासनको जिम्मेवारी सम्हाल्नुहुने वेदप्रसाद न्यौपानेको कथन थियो– काम गर्दा सामान्य कमी कमजोरी हुन्छन् त्यसलाई ठूलो कुराको रुपमा लिनु भन्दापनि स्थलगत अनुगमन गरेर राय सुझाव सहित भएका कमी कमजोरी औंल्याएको भए अति उत्तम हुनेथियो । ज–जसले कलम चलाउनुभयो आक्रोश पोख्नुभयो, त्योभन्दा बढी चिन्दा त हामी कर्मचारीलाई हुन्छ । किनकी त्यहाँ हाम्रो छाक जोडिएको हुन्छ । त्यसरी खाएको विष लाग्छ, नखाएको लाग्ला भन्ने लाग्दैन । जति समाचार बनेर आएका छन्, जसले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्, ती सबै भ्रामक हुन् भन्ने ठम्याई महाविद्यालयको छ भन्छन्, प्रशासन प्रमुख न्यौपाने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0