Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उच्च रक्तचाप नियन्त्रण गर्न नमोबुद्धमा अभियान

प्रभातफेरी अनलाइन ३८४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १, शुक्रबार (२ साल अघि)
उच्च रक्तचाप नियन्त्रण गर्न नमोबुद्धमा अभियान

काभ्रे । उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नमोबुद्धमा अभियान थालिएको छ । नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ अन्तर्गत नमोबुद्ध नगरपालिकामा पनि अभियान थालिएको हो । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा शुरुवात भएको कार्यक्रम जिल्लाका १३ वटै पालिकामा लागू गरिएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुपोतमराज सेढाईका अनुसार, पहिचान, निदान, उपचार र नियन्त्रणको लागि अभियान अन्तर्गत काम गरिनेछ ।  अभियान अन्तर्गत १३ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै न्युनतम उपकरण समेत दिइनेछ । स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य निरिक्षक दिपेन्द्रकाजी श्रेष्ठका अनुसार, काभ्रेमा उच्च रक्तचापको सम्भावित जोखिममा रहेका ५० हजार ५० जनामध्ये पहिलो बर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य छ ।
यसअघि नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको थियो । ४ हजार ६ सय ६१ जनाको परिक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीले जानकारी दिए ।
शुक्रवार तालिम शुभारम्भ कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईले उच्च रक्तचाप हुनेको पहिचान गर्न कार्यक्रम गर्ने नमोबुद्ध नगरपालिका काभ्रेपलाञ्चोक जिल्लामा पहिलो स्थानीय तह भएको भन्दै नसर्ने रोगबाट हुने मृत्युको जोखिम कम हुने विश्वास लिए । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले उच्च रक्तचाप हुनेको पहिचान र जोखिम नियन्त्रणका लागि यो अभियान सफल हुने विश्वास व्यक्त गरे । नगर प्रवक्ता टिकाबहादुर केसीले नमोबुद्ध नगरपालिकामा अभियान थालेकोमा आभार प्रकट गर्दै नगरपालिकाबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0