Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेथानचोकका किसानलाई दूधमा अनुदान

प्रभातफेरी अनलाइन ६४२ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (२ साल अघि)
बेथानचोकका किसानलाई दूधमा अनुदान

काभ्रे । दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था (दूध कारोवार गर्ने कृषि, बहुमखी र बहुद्देश्यिय) हरुले आर्थिक वर्ष २०७९÷८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकम अन्तर्गत बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरिएको छ ।
एक कार्यक्रमका बीच आधुनिक कृषि सहकारी संस्थाले सहकारीले थानी महाङ्काल डेरीमार्फत दुध बिक्री गर्ने कृषकहरुलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको दश लाख ५८ हजार ३६ लिटर दुधमध्ये दश लाख ५२ हजार लिटर दुधमा मात्रै अनुदान रकम प्राप्त गरेको बेथानचोक–२ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा आवद्ध किसानहरुलाई बाग्मती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रही प्रति लिटर दुधमा ३ रुपैंया ५६ पैंसा अनुदान दिएसँगै सो रकम हस्तान्तरण गरिएको हो ।
उहाँले सहकारीमार्फत बेथानचोक गाउँपालिका–२ र ३ का १९६ किसान र पनौती नगरपालिकाका ९९ जना किसानले थप अनुदान रकम पाउनु भएको बताउनुभयो । सहकारीले दश लाख ५८ हजार लिटर दुधमा ३७ लाख ४८ हजार ५८३ रुपियाँ अनुदान रकम पाएकोमा बेथानचोकका किसानले २६ लाख नौ हजार ६१५ रुपियाँ र पनौतीका किसानले ११ लाख ३८ हजार ९३८ रुपियाँ प्राप्त गरेका हुन् । एउटा किसानले कम्तिमा चार हजार ३४३ रुपियाँदेखि अधिकतम पचास हजार रुपियाँसम्म अनुदान पाएको सहकारीले जनाएको छ ।
अनुदान रकम वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिका किसानको ओठमा हाँसो ल्याउनका लागि सोही अनु्सारको कार्यक्रम अघि बढाएको बताउनुभयो ।
उहाँले युवा तथा किसानलाई व्यवसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम अघि बढाएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले किसानको तथ्याङ्क सङ्कलन गर्ने काम अघि बढाएको बताउँदै तथ्याङ्क सङ्कलनको काम पुरा भएपछि ‘किसान परिचय पत्र’ वितरण गरिने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले किसानहरुको समस्या समाधानका लागि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । कृषि उपजको उत्पादन गर्न मल, बीउ, सिँचाइमा गरेको खर्च, रोप्दा, गोडमेल र टिपेर बजारसम्म लैजाने खर्च समेत नउठ्ने अवस्थमा यस प्रकारको अनुदानले उत्साह भर्ने बताउनु भयो । उहाँले किसानको समस्या सम्बोधनका लागि स्थानीय सरकारबाट आवश्यक सहजीकरण गर्ने काम भएको पनि बताउनु भयो ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष कुबेर ढकाल, ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ लगायतले किसानहरुले वर्ष दिन भर किसानहरुले बिक्री गरेको दुधको आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानहरुलाई पशुपालनमा आकर्षित गरी थप दुध उत्पादन गर्न उत्प्रेरणा दिएको बताउनुभयो । उहाँले सरकारले दुधमा थप अनुदान रकम दिएसँगै किसानहरुले घरदेखि दुग्ध सङ्कलन केन्द्रसम्म गुणस्तरीय र सफा दुध लैजान ध्यान दिनुपर्ने बताउनुभयो । उहाँहरुले किसानले व्यहोरेका समस्याहरुबारे धारणा राख्नु भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष बलराम बजगाँईले सहकारीमा आवद्ध किसानहरुलाई दुधमा अनुदान रकम प्रदान गर्न ठुलो मिहेनत गर्नुपरेको बताउनुभयो । उहाँले किसानले दुधमा पाएको अनुदान रकमले उहाँहरुको समस्या टार्न सहज भएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0