काभ्रे । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृतिको जोगाऔं : भड्किलो विकृतिलाई रोकौं’ भन्ने नारका साथ जिल्ला समन्वय समिति काभ्रे र सञ्चारिका समूह काभ्रेको संयुक्त आयोजनामा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुन लागेको हो ।
हरितालिका तिजको पावन अवसरमा शुभकामाना आदान–प्रदान गर्दै यस पटक जिल्लाका जिल्ला स्थित सम्पूर्ण निजी र सरकारी संघ/संस्था तथा कार्यालयका महिला कर्मचारीहरुको सहभागितामा तिज विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले जानकारी दिनुभयो । आफ्ना दुःख, पिर व्यथालाई भुलेर खुशी साटासाट गर्दै नेपाली महिलाहरुले मनाउँदै आएको तिज पर्वलाई खर्चिलो र भड्किलो नबनाउन उहाँले आग्रह गर्नुभयो।
तिज विशेष कार्यक्रम यहीँ भदौ २६ गते बनेपा स्थित स्मार्ट पार्टी प्यालेसमा तिज विशेष कार्यक्रम हुनेछ ।
जिल्ला स्थित सम्पूर्ण संघ/संस्था तथा कार्यालयका कर्मचारी एवं सम्पूर्ण महिलाहरुलाई कार्यक्रममा सहभागिताका लागि समन्वय प्रमुख गौतमले अनुरोध गर्नुभयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |