Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार

प्रभातफेरी अनलाइन ३६९ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २४, आईतबार (२ साल अघि)
रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिका भित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार शुरु गर्ने भएको छ । मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको ५ स्वास्थ्य संस्थामा केहि दिनमै मानसिर रोगको उपचार शुरु गर्ने भएको हो ।


रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार गाउँपालिका भित्रको स्वास्थ्य संस्थाहरू मध्ये ५ वटा स्वास्थ्य संस्थामा मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले ति स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार शुरु गर्न लागेको हो । रोशी गाउँपालिका वडा नं. ५ स्थित सिसाखानी स्वास्थ्य संस्था, वडा नं. ७ स्थित कटुञ्जेबेशी स्वास्थ्य संस्था, वडा नं. ८ स्थित खार्पाचोक स्वास्थ्य संस्था, वडा नं. १० स्थित वाल्टीङ स्वास्थ्य संस्था र वडा नं. ११ स्थित भिमखोरी स्वास्थ्य संस्थामा केहि समयमै मानसिक रोगको उपचार शुरु गर्ने श्रेष्ठले बताए । औषधीको टेण्डर भैसकेको र सो औषधी आउनेवित्तिकै ती ५ स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार शुरु गर्ने उनको भनाई छ । पालिकाको अन्य स्वास्थ्य संस्थाहरूमा पनि क्रमशः स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर मानसिक रोगको उपचारमा बृद्धि गर्दै जाने उनले जानकारी दिए ।
विश्व आत्महत्या रोकथाम दिवस
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रोशी गाउँपालिका स्वास्थ्य शाखाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले पछिल्लो समयमा आत्महत्या बढ्दै गएकाले रोकथाम तथा न्यूनिकरणको कार्यक्रम गर्नुपर्ने बताए । आत्महत्या रोकथाममा गाउँपालिका मात्र नभएर सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा लामाले जोड दिए । आत्महत्या रोकथामको लागि सुस्म ढंगले अध्यायन गरी लाग्न स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरे ।
अन्र्तक्रियापछि विद्यालय नर्स, स्वास्थ्यकर्मी र महिला स्वयमसेवीका मार्फत आत्महत्या रोकथाम तथा न्यूनिकरणको लागि जनचेतना फैलाउने कार्ययोजना बनाएका छन् । धेरै जसो आत्महत्या मानसिक रोगका कारण भएकाले मानसिक रोगको बारेमा जनचेतना फैलाउने आयोजकले जानकार दिएका छन् । त्यसरी नै रोशीको आत्महत्याको समग्र डाटा एनिलाईसि गरेर बढी भएको वडामा प्राथमिकताको साथ जनचेतनामूलक कार्यक्रम गर्ने योजना स्वास्थ्य शाखाले बनाएका छन् ।
९० प्रतिशत आत्हत्या मानसिक रोगका कारण भएको हुनाले मानसिक रोगको न्यूनिकरण तथा रोकथामका लागि गाउँपालिकाले कसरी कार्यक्रम गर्ने भन्ने बारेमा पालिका स्थरीय नीति तथा कार्यक्रम बनाउने कार्ययोजना तय भएको छ ।
स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, गाउँपालिकाका प्रवक्ता वसन्तकुमार लामा, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अधिकृत राजाराम अधिकारी, कटुञ्जेबेशी प्रहरी चौकीका इञ्चार्ज निरमदन थापा, गाउँपालिकाका महिला विकास शाखा अधिकृत रञ्जना चौलागाई, शिक्षा शाखा प्रमुख राजेन्द्र सिग्देल, गाउँपालिका भित्रका सबै सवास्थ्य संस्थाका प्रमुत तथा प्रतिनिधिहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0