Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

प्रभातफेरी अनलाइन ८४७ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १, सोमबार (५ दिन अघि)
विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

काभ्रे । ३ महिने विशेष रुपान्तरण अभियान अन्तर्गत भुम्लु गाउँपालिका काभ्रेले अग्रगामी छलाङ पार गरेको संविधान सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी गुरुङले खुलासा गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) भुम्लु गाउँपालिकाको १० ओटै वडा कार्यालयको उद्घाटन गर्ने क्रममा उक्त भनाई राख्नुभएको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सँग आबद्ध रहेका शुभचिन्तक, क्रियाशील सदस्य तथा नेताहरुको व्यापक जनसहभागिता र उत्साहको साथ वडा पार्टी कार्यालयको उद्घाटन भएको छ ।


घर–घरमा माओवादी जन–जनमा माओवादी भन्ने नाराको साथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा भुम्लु गाउँपालिकाको वडा नम्बर १ सापिङमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य गुरुङले व्यानर अनावरण गरि वडा कार्यालय उद्घाटन गर्नुभएको छ । उद्घाटन मन्तव्य राख्दै माननीय गुरुङले माओवादीको वडा कार्यालय अन्य राजनितिक दलको विकृति र विसंगतिको विरुद्ध लड्ने सामाजिक अड्डाको रुपमा स्थापित गरिने बताउनुभएको छ । उहाँ वडा नम्बर १ को कार्यालय उद्घाटन पश्चात वडा नम्बर ८ को वडा कार्यालय उद्घाटन गरेर अभियानलाई निरन्तरता दिनुभएको छ ।
त्यस्तै वडा नम्बर २ सिमथलीमा पार्टी गाउँपालिकाको इन्चार्ज जनक भण्डारीले व्यानर वाचन गरेर वडा कार्यालय उद्घाटन गर्नुभएको छ भने वडा नम्बर ३ बेखसिम्लेको कार्यालय उद्घाटन इन्चार्ज जनक भण्डारी र पालिकाका वरिष्ठ उपाध्यक्ष सुर्यदेब योन्जनले संयुक्त रुपमा व्यानर अनावरण गरी वडा कार्यालय उद्घाटन गर्नुभएको छ । सो अवसरमा माओवादी केन्द्रका जिल्ला सदस्य एवं अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भुम्लु गाउँपालिकाका अध्यक्ष आशा लामाको समेत उपस्थित रहेको छ ।


त्यसै गरी वडा नम्बर ४ चौबासमा माओवादी केन्द्रका प्रदेश सदस्य नविन तामाङले वडा कार्यालय उद्घाटन गर्नुभएको छ । उक्त उद्घाटन समारोहमा जिल्ला सदस्य हिमाल र पालिका कमिटी कोषाध्यक्ष नम्रता लामाले शुभकामना मन्तव्य राख्नुभएको छ भने पार्टी वडा अध्यक्ष संजय तामाङले कार्यक्रमको सञ्चालन गर्नुभएको हो ।
वडा नम्बर ५ सल्लेमा पालिका उपाध्यक्ष प्रेमा लामाले ब्यानर वाचन गरेर वडा कार्यालय उद्घाटन गर्दै अब माओवादीले भुम्लुमा संस्थागत भ्रष्टाचार र बेतिथिको बिरुद्ध लड्नुपर्ने वताउनुभएको छ । यता वडा नम्बर ६ कोलाँतीको वडा कार्यालय पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले व्यानर अनावरण गरेर कार्यालय उद्घाटन गर्नुभएको छ । कार्यालय उद्घाटन गर्दै भुजेलले माओवादी कार्यालयमा राजनितिक र सांगठनिक कामको व्यवस्थापन मात्र होइन जनतासँग समधुर सम्बन्ध बढाउने जनसम्पर्क कार्यालयको रुपमा प्रयोग गरिने बताउनुभएको छ । सम्बोधनकै क्रममा भुजेलले वडा नम्बर ७, ९ र १० को समेत वडा कार्यालय उद्घाटन गर्न पाउनु गौरवको विषय भएको बताउनुभएको छ ।
उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्यद्वय क्रान्ति लामा र सन्त बहादुर तामाङले समेत आ–आफ्नो मन्तव्य राख्नुभएको छ । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको छ । भुम्लु गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) सबै वडाहरुमा वडा कार्यालय स्थापना भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • राजनीतिक रुपमा महिलामा चेतना विकास गर्नु नै अभियानको मूल मर्म होः सदस्य विसन्खे

    राजनीतिक रुपमा महिलामा चेतना विकास गर्नु नै अभियानको मूल मर्म होः सदस्य विसन्खे

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0