काभ्रे । सञ्जीवनी नमूना माध्यमिक विद्यालयका बालबालिकाहरुले ५९औं बाल दिवस वक्तृत्वकला तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेका छन् ।
बालक्बलद्वारा आयोजित “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
उक्त वक्तृत्वकला प्रतियोगिताबाट बालबालिकाहरुमा वाक शक्तिको विकास हुनुका साथै बालबालिकामा लगानी गर्नुपर्ने औचित्यका बारेमा समेत बालबालिकाहरुले प्रष्ट्याएका थिए ।
सहभागी १० बालबालिकाहरुमध्ये उत्कृष्ट ३ बालबालिकालाई पुरस्कारद्वारा सम्मान गरिएको छ । वक्तृत्वकला प्रतियोगिता पश्चात् विद्यार्थी भाइबहिनी र शिक्षिकाहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी मनोरञ्जनात्मक रुपमा कार्यक्रमलाई मनमोहक बनाएका छन् ।
कार्यक्रममा शिक्षक सुन्दरलाल श्रेष्ठले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो भने विद्यालयका निमित्त प्राधानाध्यापक टंकबहादुर थापाले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रमबाट बौद्धिकता विकास सँगसँगै चाडपर्व, कला, संस्कृति, परम्पराका बारेमा समेत बालबालिकाहरु प्रशिक्षित भएका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |