Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवाहरुको व्यक्तित्व विकाससँगै अनुशासित र कुशल जनशक्ति उत्पादनमा राष्ट्रिय सेवा दलको महत्वपूर्ण भूमिका छः लेफ्टिनेन कर्णेल थापा

प्रभातफेरी अनलाइन ९०५ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १८, बिहिबार (२ साल अघि)
युवाहरुको व्यक्तित्व विकाससँगै अनुशासित र कुशल जनशक्ति उत्पादनमा राष्ट्रिय सेवा दलको महत्वपूर्ण भूमिका छः लेफ्टिनेन कर्णेल थापा

काभ्रे । युवा विकास कार्यक्रम अन्तर्गत राष्ट्रिय सेवा दल कार्यक्रम सञ्चालन भएका विद्यालयहरुको अनुगमन गर्न आज काभ्रेको धुलिखेल आइपुग्नुभएका लेफ्टिनेन कर्णेल शिवराम थापाले युवाहरुको व्यक्तित्व विकाससँगै अनुशासित र कुशल जनशक्ति उत्पादनमा राष्ट्रिय सेवा दलको महत्वपूर्ण भूमिका रहेको खुलासा गर्नुभएको छ ।


नेपाली सेनाले यो अभियानलाई अगाडि बढाउने क्रममा निरन्तर लागिरहेको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरु एनसीसी प्रतिको लगावले  अब्बल छन् भन्ने अनुभूति अनुगमनको दौरानमा आफूले पाएको लेफ्टिनेन कर्णेल थापाले चर्चा गर्नुभएको छ । एनसीसी अभियानले नेपाली सेनाप्रति नेपालीजनको हेर्ने दृष्टिकोणमै परिवर्तन भएको समेत आफुले बताउनु भएको  छ । यो  नेपाली सेनाको लागि अनुशरणीय क्षणका रुपमा आफूले लिएको बताउनुभएको छ । नेपाली सेना र नेपाली जनबीच यो अभियानले पुलको भूमिका खेलेको अनुगमनका क्रममा भेटिनुभएका दिग्गज बौद्धिक वर्गहरुको भनाइले पनि यो अभियान आफैंमा महत्वपूर्ण छ भन्ने पुष्टि गर्दछ ।


नेपाल सरकारको  युवा विकास कार्यक्रमले राष्ट्रिय सेवा दलको  औंचित्यता पुष्ठी सङ्गै अभियानले  कोसेढुंगा सावित भएको आफूले अनुगमनका क्रममा  महसुस गरेको लेफ्टिनेन कर्णेल थापाले  बताउनुभएको छ ।


हुन त नेपाली सेनाका बारेमा चर्चा गरिराख्न जरुरत नहोला । फेरि पनि एनसीसी कार्यक्रममा जोडिएपछि सर्वसाधारण नागरिक र सेनाबिच आत्मीयता बढेको भने पक्कै हो । उदाहरणको लागि, आजैको कार्यक्रमलाई सम्झौं, हामिलाई  सञ्जीवनी नमूना माध्यमिक विद्यालयसङ्ग एनसिसी अभियान जोड्यो र पो ! नत्र  यो उत्कृष्ट विद्यालयको रुपमा परिचित भएको सुन्न पाएकोमात्र  थिएँ । तर आज जुन न्यानोपन महशुस गर्ने अवसर मिल्यो । यो मेरा लागि मात्र नभई सिंगो नेपाली सेनाप्रतिको सम्मान र सद्भाव हो ।

सामुदायिक विद्यालयप्रति नेपाली सेनाको सद्भाव अझ प्रगाढ र अटुट रहिरहने छ । नेपाली सेनाका गण, टुकडी, गुल्म लगायतले नागरिक र सैनिकको सम्बन्ध प्रगाढ हुनेमा आफू बिश्वस्थ भएको उल्लेख गर्दै  नेपाली जनसँग सहकार्यमा हातेमालो हुदै विभिन्न किसिमका सामाजिक प्रेरणादायी कार्यहरुगर्न थप उर्जा प्राप्त भएको  छ । आजको यो सद्भावले यो अभियानलाई अझ सामिप्यता बनाएको छ । त्यसमा पनि एनसीसी अभियानले धेरै सहज बनाएको अनुगमनका क्रममा पाएको छु । सोही सम्बोधनमा  एनसीसी तालिममा सरिक विद्यार्थीहरुलाई निर्देशन दिँदै यो मुलुकको शीर उच्च राख्न नेपाली सेनाको जति भूमिका छ, राष्ट्रिय सेवा दलमा सरिक तपाईंहरुको पनि त्योभन्दा कम भूमिका नरहेको स्मरण गराउनुहुँदै आफूले सिकेको सीप, ज्ञानलाई व्यवहारिक रुपमा उतार्दै समाज रुपान्तरणमा आफूलाई नमूनाको श्रोत सावित गर्न समेत लेफ्टिनेन कर्णेल थापाले निर्देशन दिनुभएको छ ।


एनसिसी तालिममा प्रशिक्षकका रुपमा  जम नरेन्द्र अधिकारी ,हुदा मोहन बहादुर मल्ल र प्युठ राजेन्द्र गमालले  संजिवनिका बिद्यार्थिहरुलाई प्रशिक्षण दिई राख्नु भएको छ ।उक्त अनुगमन पूर्व सञ्जीवनी नमूना माध्यमिक विद्यालयका पञ्चकन्याले लेफ्टिनेन कर्णेल थापा सहितको अनुगमन सरिक  टोलीलाई पुष्पगुच्छा र फूलमालाद्वारा स्वागत गरिएको छ भने सो स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राज्ञ वेदप्रसाद कोजु, निमित्त प्रधानाध्यापक देवीप्रसाद ढुंगाना, शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्रविक्रम शाह लगायतको उपस्थितिमा अनुगमन टोलीले एनसीसीमा सहभागी विद्यार्थीहरुको गतिविधिसँगै विद्यालयको समेत अनुगमन गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0