काभ्रे । जिल्लामा घटिरहेका दुर्घटना सँगसँगै विभिन्न अपराध नियन्त्रणका सवालमा आफ्नो धारणा राख्ने क्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले सवारी दुर्घटना हुनुमा सवारी चालकमा ट्राफिक नियम सम्बन्धी चेतनाको कमीको साथसाथै बटुवा र सडक पनि जिम्मेवार भएको खुलासा गर्नुभएको छ ।
अहिले अपराध नियन्त्रण सबैको साझा चासोको विषय भएको छ । त्यसैले यहाँ नागरिक समाजसँगै प्रहरीको पनि बराबर दायित्व बहन गर्न सकियो भने अपराध नियन्त्रण गर्न सकिनेछ । तर पछिल्लो समय जति पनि घटनाहरु घट्छन् ति सबैको समाधान प्रहरीकै दायित्वमा मात्रै सीमित गरिदिँदा समयमा समस्या समाधान नभएको र अपराधिक घटनाक्रमहरु बढेर गएको तथ्य प्रहरीले अनुसन्धानको क्रममा पाएको बताउनुभएको छ ।
यदि सहरी क्षेत्रमा घर भाडामा बस्नेहरुको अभिलेखीकरणमा घरबेटीले सघाउने हो भने अपराधिक घटनाहरु स्वतः घटेर जाने देखिन्छ । त्यसैले यसतर्फ सम्बन्धित नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका घरबेटीहरुलाई सचेत गराउँदै अभिलेखीकरण गर्न प्रेरित गर्न आवश्यक छ । प्रहरीले कुनै व्यक्तिप्रति पूर्वाग्राही हुनुहुन्न तर उसको कर्मप्रति भने चासो राख्न आवश्यक छ । समाजमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व हो । चाडवाड नजिकिएको छ, अपराधिक क्रियाकलापमा संलग्नहरुले अवसरको खोजी गरिरहेका हुन्छन् । त्यसतर्फ सचेत हुन आवश्यक छ । नागरिक सचेत नभएसम्म प्रहरीको एक्लो प्रयासले कुनै पनि आपराधिक घटनाक्रमहरुलाई अन्त्य गर्न सक्दैन । त्यसैले समाजको प्रमुख अंग भनेको नागरिक नै हुन् । नागरिकले समाजमा गर्ने गतिविधिसँग अपराध नियन्त्रणमा साध्यका रुपमा स्थापित गर्न सकियो भने मात्रै अपराधिक घटनाक्रमहरु नियन्त्रण भएर जान्छन् ।
पछिल्लो घटनाक्रमहरुप्रति लक्षित गर्दै प्रमुख नायब उपरीक्षक सुवेदीको कथन छ– चाडवाड लक्षित घटनाक्रम कानूनले निषेधित गरेका कुनै पनि गतिविधिहरु गर्ने छुट कसैलाई छैन । त्यसैले एउटै विषयवस्तुलाई फरक–फरक ढंगबाट विश्लेषण गर्नु न्यायसंगत हुँदैन । यस्ता प्रकृतिमा सेवाग्राहीले विवेक गुमाउनु हुनेछैन भन्ने विश्वास प्रहरीले लिएको छ । यस्ता गतिविधिमा पत्रकारभन्दा नागरिक समाजका प्रतिनिधि बढी जिम्मेवार र दायित्वबोध गर्नुहुनेछ भन्ने विश्वास प्रहरीले लिएको छ । पत्रकार त साधन मात्रै हुन् यस्ता गतिविधिमा । जसले सूचना सम्प्रेषण गरेर नागरिक समाज र प्रहरीलाई सुसूचित गराउने काम गर्दछ । जसबाट अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुनेछ भन्ने विश्वास प्रहरीले लिएको छ ।
सम्बोधनकै क्रममा प्रनाउ सुवेदीको थप कथन थियो– दुर्घटना बढ्नुमा सवारी चालक र सडक अनि बटुवा सबै जिम्मेवार छन् । अहिले भन्नुपर्दा, बनेपा नगर दुर्घटनाग्रस्त क्षेत्र त होइन भन्ने शंका उब्जिएका छन् । दैनिक २÷३ वटा दुर्घटना हुनुले पनि यि शंकाहरुलाई पुष्टि गरेको छ । यसलाई न्यूनिकरण गर्न हामी सबैको उतिकै दायित्व हो भन्ने बुझाइ आफ्नो भएको प्रनाउ सुवेदीले खुलासा गर्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |