काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३० औं वार्षिक साधारण सभा गत शुक्रबार एक समारोहका बिच सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले दीप प्रज्वलित गरी साधारण सभाको शुभारम्भ गर्नुभएको थियो । साधारण सभामा संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले संचालक समितिको तर्फबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०८०÷०८१ को संशोधित तथा २०८१÷०८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभयो ।
संस्थामा हाल ५० हजार ५८७ जना शेयर सदस्य, कुल सम्पत्ती र पूँजी तथा दायित्व ४ अर्ब ५७ करोड २८ लाख ३ हजार ८७३, खुद सम्पत्ती र पूँजी तथा दायित्व ४ अर्ब ५० करोड २६ लाख २० हजार ३२२, खुद आय ६१ करोड ५१ लाख ४ हजार ९३६ तथा खुद व्यय ४ करोड ७२ लाख ६१ हजार ५१८ र १३ करोड ७९ लाख ८ हजार २१८ संचालन नाफा रहेको कार्यक्रममा जानकारी गराइएको छ । यसैगरि ऋण लगानी तथा असुलीतर्फ गत आर्थिक वर्षमा ९ हजार ८९० वटा ऋण लगानी, १० हजार ९ वटा ऋण असुली गरिएको छ भने ११ हजार ७४७ वटा ऋण बाँकी रहेको पनि कार्यक्रममा खुलासा गरिएको छ ।
यस्तै संचालक समितिको तर्फबाट कोषाध्यक्ष भीमबहादुर खत्रीले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन, चालु आर्थिक वर्षको संशोधित र आगामी आर्थिक वर्षको प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |