काभ्रे । तोकिएको मात्राभन्दा बढि लोड गरेर ल्याइएको १२ वटा टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सवारी चेकजाँच गर्ने क्रममा तोकिएको मात्राभन्दा बढि सामान लोड गरेर ल्याइएको ८० वटा टिपरबाट सामान कटिङ गरिनुको साथै कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, पाँचखालमा मंगलबार राती प्रहरीले सवारी चेकजाँच गर्दै गर्दा प्रहरीको आँखा छली भागेका १२ वटा टिपरलाई धुलिखेलबाट नियन्त्रणमा लिइएको हो ।
बीपी र अरनिको राजमार्गमा दैनिक १५ सय वटासम्म टिपर गुड्ने गरेका छन् । अधिकांश टिपरले बढी भार बोक्ने गरेको जनाउँदै बढी भार भएको वस्तु झारेर ट्राफिक प्रहरीले कारबाही गर्दै आएको जानकारी दिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |