Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नाला साहित्यसमाजको कार्यक्रममा बह्मपार्क पुग्दा

प्रभातफेरी अनलाइन ३४७ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)
नाला साहित्यसमाजको कार्यक्रममा बह्मपार्क पुग्दा

ब्रह्मपार्क बनेपा, नालाको वडा नं. ४ मा रहेको अति मनोरम पार्क हो । राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेको उक्त पार्क हेर्न जाने पहिलेदेखिको रहर थियो; आज पुग्न पाइने भयो । भारती र म बिहानीको घुमघाम सोचेर नालासम्म फटाफट पुग्यौं । नालाका मेरा जुवाईसाहेब तथा जनमतका सहयोगी समाजसेवक सिद्धिबहादुर कर्माचार्य हामी पुग्दा झ्यालमा नै रहनुभएको कारणले हामी देख्नासाथ माथि आउन अनुरोध भयो । हामीले भरेङ चढ्यौं । बिहानको जलपान तयार गरेको रहेछ । बहिनी चिनीमायाले लिएर आएको सेल र रोटी खाइदिने मन राखेर प्लेटलाई हातमा लियौं । चिया नास्ता खाएपछि हामी ब्रह्मपार्क पुग्ने धुनमा हिँड्यौं । सिद्धिबहादुरजी हामीसँग आफ्नो नातिसँगसँगै भएर आउनुभयो । करिव २० मिनेट लाग्ने गरी यताउता हेर्दै हामी ब्रह्मपार्कमा पुग्यौं ।
ब्रह्मपार्कमा झुण्ड्याइएको छ कार्यक्रमको ब्यानर । ८ः०० बजेतिर आयोजक एकजना नालाक्षेत्रका युवकले कार्यक्रम सुरु गरे । करिव १५ जनाजतिको नाला क्षेत्रका साहित्यकारहरुको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा निर्मला श्रेष्ठ, युवराज दाहाल, सिद्धिबहादुर कर्माचार्य लगायतका नाला क्षेत्रका साहित्यानुरागीहरुले आ–आफ्नो विचार राखेको उक्त कार्यक्रमको सभापतित्व साहित्यकार उपेन्द्र दाहालले गर्नुभएको थियो । मैले प्रमुख अतिथिका रुपमा आफ्नो विचार राख्दै भनें – “नाला साहित्य समाज अब साहित्यिक यात्रामा सक्रिय भई लाग्ने छ । खुसीको कुरा उपेन्द्र दाहाल यही क्षेत्रमा अबदेखि रहने भएकोले नालामा साहित्यिक जागरण अवश्य ल्याउनेछ । साहित्यमा मैले लेख्न सुरु गरेको ६० वर्ष भयो, ४० वर्ष भयो जनमत मासिक प्रकाशन भएको । सामाजिक सेवा गर्न सुरु गरेको पनि ५० वर्ष नाघिसकेको छ । काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, व्यवस्थापन र निर्माणका अनगिन्ति कामहरु गरेको पनि ४३ वर्ष नाघिसकेको छ । हाल पनि महत्वको पदमा रहेर सेवा गर्दैछु । राजनीति गरेको हुँ, चुनावमा पनि उठेको हुँ । तर चुनावमा हार खाए पनि मलाई दुःख लागेन । मेरो हारमा खुसी व्यक्त गर्नेहरुमा कृष्णप्रसाद पराजुली, नरेन्द्रराज प्रसाईं र छिन्नलताहरु थिए । मलाई पनि राजनीति मन परेन; साहित्यमा सक्रिय भई लागें । राष्ट्रमा र अन्तर्राष्ट्रिय क्षेत्रमा आफूलाई चिनाउन पाएँ । गौरव लाग्छ साहित्य सेवा गरेर ।”
बह्मपार्कमा भएको साहित्यिक कार्यक्रम टुङ्गिएपछि बह्माको मूर्ति भएको ठाउँमा थुप्रै नामहरु शिलामा कुँदिएको देखियो । बुझीहेर्दा थाहा पाइयो स्थानीय जनताकै सक्रियतामा बनेका रहेछन् ब्रह्मपार्कका संरचनाहरु । ६०००००।– (छ लाख) देखि १००००।– (दश हजार) सम्म सहयोग गरेका दाताहरुको नाम कुँदिएका रहेछन् । अगाडिबाट झर्दा भरेङका तल्लाहरु छेउछाउमा भएका जग्गाहरु पनि स्थानीयहरुलाई जिम्मा दिएका रहेछन् कृषि कार्य गर्न । यहाँ पुगेपछि थाहा भयो स्थानीय जनताको सहायतामा जेपनि गर्न सकिंदा रहेछन् – यस्तै देखियो ब्रह्मपार्क पुग्दा … । कार्यक्रम सकिएपछि धेरै लामो भरेङजस्तो खुट्किलाबाट ओर्लियौं भारती, सिद्धिबहादुर, निर्मला र अन्य मित्रहरुसँग भएर । भरेङ ओर्लिएर गमें –
साहित्य मनमा, तनमा राख्दाको सुख हेरिरह्यौं
साहित्य कर्ममा पनि राख्दाको मर्म देखिरह्यौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0