Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गाउँपालिकालाई एग्रो टुरिजम हब बनाउँछौंः अध्यक्ष अधिकारी

प्रभातफेरी अनलाइन ५९७ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार (२ साल अघि)
गाउँपालिकालाई एग्रो टुरिजम हब बनाउँछौंः अध्यक्ष अधिकारी

काभ्रे । सहभागिता, पारदर्शिता र जवाफदेहिताका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष भगवान अधिकारीले सामुदायिक वनमा झाडी फडानी गरी फलफूलका विरुवा र जडिबुटि रोप्ने कार्यलाई अगाडि बढाइने जानकारी दिनुभएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, युवा लक्षित कार्यक्रमलाई विशेष जोड दिदैं बेथानचोक गाउँपालिकालाई एग्रो टुरिजम हब बनाएरै छाड्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


दिगो विकास लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधिहरु एकजुट भएर लागीपर्ने उहाँँको प्रतिवद्धता छ । विभिन्न चुनौतिका बाबजुद पालिकाको आफ्नै प्रशासकिय भवन बनाउन प्रयासरत रहेको भन्दै उहाँले यसका लागि आम नागरिकको साथ र समर्थन आवश्यक रहेको बताउनुभएको छ । सार्वजनिक सुनुवाईमा उपाध्यक्ष तारा राना तिमल्सिनाले स्वागत मन्तव्य सहित पालिकाको गतिविधिका बारेमा जानकारी दिनुभएको छ । प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढथापाले आ.व २०८०÷०८१ को कात्र्तिक २० गते सम्म १४ करोड ५४ लाख ३५ हजार ९ सय २१ बजेट निकासा भएकोमा १२ करोड ६९ लाख ३ सय ५५ रुपैंया खर्च भएको जानकारी दिनुभएको छ । विभिन्न शाखाहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले स्थानिय तहले पाएको २२ वटा अधिकार अनुसार नै नागरिकको माग अनुसार काम गरिरहेको बताउनुभएको छ ।


पालिकाले सञ्चालन गरेको विकास निर्माणका कार्यक्रमहरु, सेवा सुविधा, पारदर्शिता, सुशासन र जनसरोकारका विषयहरु माथि उपस्थित गाउँपालिका वासीहरुले जनप्रतिनिधिहरुलाई खबरदारी गर्दै सल्लाह सुझाव सहितको आ–आफ्नो भनाई राख्नुभएको छ । सम्बन्धित शाखा प्रमुखहरुले नागरिकले उठाएका समस्या तथा खबरदारीलाई पालिकाले गरेका प्रयास र कार्यान्वयनका विषयमा स्पष्ट पार्नुभएको छ । कार्यक्रममा ६ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, गाउँपालिकावासीहरु, पत्रकारहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको छ ।
बेथानचोक गाउँपालिकाको आ.व २०७९÷०८० तथा २०८०÷०८१ को असोज मसान्त सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाको प्राङ्गणमा सोमबार सम्पन्न गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0