Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

प्रभातफेरी अनलाइन ७०७ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार (२ साल अघि)
पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

काभ्रे । साहित्यकार सूर्य लाकोजू नेपाली साहित्यका विविध विधाका तीन दर्जन साहियिक कृति का सर्जक हुन । उनले कथा, कविता सिर्जना गरेका छन । मुक्तक , गीत, गजल कोरेका छन ।
नियात्रा र हाइकुमा रमेका रमेका छन । त्यसो त सांस्कृतिक निबन्ध लेखनमा पनि उनको कलम नदिजस्तै बगिरहेकै छ । हालै साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको पनौतीका केही जात्रापर्वहरूको  दोस्रो संस्करण  लोकार्पण भएको छ । सो पुस्तकको लोकार्पण संस्कृतिकर्मी तथा इतिहासकार प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ , पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी तथा पनौती नगरपालिकाका निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक लाकोजूले संयुक्त रूपमा गर्नुभएको हो। सोही कार्यक्रममा पुस्तक लेखनका क्रममा सूचना प्रदान गर्नुहुने महानुभावहरूलाई कदर पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा प्राडा पुरूषाेत्तमलाेचन श्रेष्ठले संस्कृति नै पहिचान भएकाले त्यसलाई विभिन्न किसिमले संरक्षण गर्नुपर्नेमा जाेड दिएका छन् । उहाँले नेपाल मण्डलकाे इतिहास र संस्कृतिमा पनाैति क्षेत्रकाे विशेष स्थान रहेका बताउनुभएको छ ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि नगरप्रमुख भण्डारीले पनाैतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका लागि यस्ता पुस्तक उपयोगी हुने र लेखकहरूलाई पनाैतिबारे तथ्यपरक इतिहास लेखनका लागि अनुराेध समेत गर्नुभएको छ ।
 कार्यक्रममा निवर्तमान न्याैपानेले पनौतीमा रहेका संस्कृतिलाई जाेगाउनु पर्ने, हराएका संस्कृतिकाे खाेजी गर्नुपर्नेमा जाेड दिँदै पनाैतिकाे सम्पदा जगेर्नाका लागि स्थानीय सरकार साथमा हुनुपर्ने बताउनुभएको छ । पुस्तकबारे टिप्पणीकार तुयुकाजी ताम्राकारले पुस्तकमा समावेश भएका सम्पदाहरूबारे गहन अध्ययन गरिएको जनाउँदै उक्त पुस्तक पनौतीका लागि स्वस्थानी जतिकै अमूल्य रहेको बताउनुभएको छ । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख गीता बन्जाराले पनौतीको चिनारी प्रवर्द्धनमा पनौतीकै स्थानीयकाे सहयाेग जरुरी रहेकाे बताउनुभएको छ। पनाैति नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरूषाेत्तम अधिकारीले पनाैतिलाई चिनाउन संस्कृतिकर्मी लाकाेजूले याेगदान पुर्याइ रहेकाे बताउनुभएको छ ।
कार्यक्रममा पनाैति नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सविन ताम्राकारले इतिहास र संस्कृतिकाे केन्द्रकाे रूपमा पनाैति रहेकाे उल्लेख गर्नुभएको छ । उहाँले विभिन्न कारणले पनाैति ओझेलमा परेकाे जनाउँदै त्यसकाे उजागरका लागि पुस्तक उपयुक्त रहेकाे बताउनुभएको छ । उहाँले लाकाेजू लिखित उक्त पुस्तक नयाँ पुस्ताका लागि मार्गदर्शक र संस्कृतिलाई जीवन्त बनाउन सहयाेगी हुने जनाउँदै पनाैतिकाे इतिहाससम्बन्धि पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने प्रतिवद्दता समेत जनाउनुभएको छ ।
अक्षरमार्गले प्रकाशन गरेको सो पुस्तक प्राचीन नगर पनौतीमा वर्षभरिमा मनाईने जात्रा तथा चाडवादका विषयमा तयार पारिएको छ ।  पुस्तकलाई विषयवस्तु अनुसार पाँच खण्डमा विभाजन गरिएको जानकारी प्राप्त भएको छ । पनौती नगरको परिचय, इतिहास, जार्त्रा, पर्वहरू,  मकुण्डो नाच आदि विषय पुस्तकमा समेटिएका छन ।
पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोख्नुभएको छ । एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनुभएको छ । पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक सूर्य लाकोजूले बताएउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0