प्रभातफेरी अनलाइन ६२२ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १६, शनिबार (२ साल अघि)
काभ्रे । धुलिखेल नगरपालिकाले आयोजना गरेको राष्ट्रपति कपका सबै बिधामा पहिलो स्थान हासिल गर्दै १३ टोलाको रनिङ शिल समेत जितेको छ ।

आज सम्पन्न भलिबलको फाइनल खेलमा छात्र तथा छात्रा तर्फको दुबै बिधामा संजिवनिले जित निकालेर आफ्नो बिगतको बिरासतलाइ निरन्तरता दिएको हो ।

१० स्वंण पदक ४ रजक पदक र २ कास्य पदक जित्दै प्रथम भएको हो भने ४ स्वर्ण ५ रजक र ३ कास्री प्राप्त गरि दोस्रो स्थानमा धुलिखेल हाइस्कुल र ४ स्वर्ण ५ रजक र २ कास्य प्राप्त गर्दै सेतिदेवी माबी तेस्रो स्थान हासिल गरेको छ ।

बिजयी खेलाडीहरुलाइ नगर प्रमुख अशोक कुमार श्रेष्ठले आजै शिल्ड ट्रफी पदक र प्रमाणपत्र बितरण गर्नु भएको छ । नगरभित्र रहेका विद्यालयमध्ये प्रतिस्पर्धामा १३ मावि सहित ३९ बिद्यालयले भाग लिएका थिए ।

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |