Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

प्रभातफेरी अनलाइन ४९७ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २०, बुधबार (२ साल अघि)
सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

सगरमाथा चढ्न भन्दा पनि त्यो विरासत राख्न चुनौतीपूर्ण हुन्छः प्राचार्य ढकाल

काभ्रे । धुलिखेल नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सञ्जीवनी नमूना माध्यमिक विद्यालयले आफ्नो बिरासत कायम राख्न सफल भएको छ ।
गत शनिबार सम्पन्न प्रतियोगिताको नतिजाले उक्त बिरासतलाई निरन्तरता दिएको प्राचार्य लोकेन्द्र ढकालले बताउनुभएको छ । आफूले जिम्मेवारी सम्हाल्दा ७ सयको हाराहारीमा विद्यार्थी संख्या भएकोमा आज झण्डै १५ सयको हारहारीमा पुगेको छ । जसको उपलब्धी मान्नुपर्छ, निरन्तर रुपमा राष्ट्रपति रनिङ शिल्डमा प्राप्त गरेका छौं ।
सगरमाथा चढ्न जति सजिलो हुन्छ, त्यसको बिरासत जोगाउन त्यति नै गाह्रो हुन्छ । आज जसरी विद्यार्थी भाइबहिनीहरुले विद्यालयप्रतिको बिरासतलाई कायम राख्न संघर्ष गर्नुभएको छ, आगामी यात्रामा यो बिरासतलाई जीवन दिन अझै संघर्षको खाँचो छ । समय अनुकूल विधि नीति नियम, ऐन, कानूनहरु परिवर्तन भइरहेका छन् । त्यो अनुसार विद्यार्थीहरुलाई तालिमको खाँचो पर्छ, ज्ञानको खाँचो पर्छ । त्यसैले प्रविधिसँग विद्यालय सञ्चालन हुन सकेन भने इतिहास जोगाउन गाह्रो हुन्छ । आज जसरी हामी विजय उत्सव मनाइरहेका छौं, आगामी वर्षमा पनि यो निरन्तरतालाई कायम राख्न विद्यालयभित्रका धेरै कुराहरुमा परिवर्तन आवश्यक छ । खेलकुद मात्र सबथोक हुँदैन, यो त एउटा अतिरिक्त क्रियाकलापभित्र पाटो हो । हामीले समय सापेक्षित ढंगबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकेनौं भने यि आजका खुशीहरुमाथि प्रश्न चिन्ह लाग्न सक्छन् । मैले भनें नि, सगरमाथा चढ्न जति सहज छ, त्यहाँ बस्न र त्यो बिरासत कायम राख्न त्यति नै चुनौतीपूर्ण पनि छ भन्नुहुँदै प्रचार्य ढकाल थप्नुहुन्छ– सञ्जीवनी नमूना माविले आफ्ना समस्याहरु पोख्ने ठाउँ छैन । किनकी यसका विगतका विरासतहरुले निरन्तर गिज्याइरहन्छ । कहिँ गुनासो पोख्यो भने के भनेको ? सञ्जीवनीमा पनि समस्या हुन्छ ? त्यति त आफैं समाधान गर्न सकिहाल्छ नि ! भनेर प्रतिप्रश्नहरु ओइरिने गर्छन् । जसका कारण भौतिक संरचनामा मात्रै सम्पन्न भएर पुग्दैन ।


गुणस्तरीय शिक्षाका लागि समयअनुसारको दक्ष जनशक्ति महत्वपूर्ण हुन्छ । जसको अभाव आज पनि तड्कारो रुपमा खेप्नु परेको छ । प्राइमरी दरबन्दीले प्लसटुलाई थेग्नु परेको छ । यो एउटा सानो गुनासो मात्रै हो । यस्ता गुनासाहरु अनगिन्ती छन् । त्यसको समाधानका लागि विद्वत वर्गहरुमा परिवर्तन आउन जरुरी छ एकातिर भने अर्काेतर्फ हाम्रो विद्यालयमा ७७ जिल्ला मात्र नभई छिमेकी राष्ट्रका समेत बालबालिकाहरुले अध्यापन गर्छन् । बिडम्बना ! विद्यालय रहेकै वडाको तर्फबाट ० दशमलव २ प्रतिशत पनि बालबालिकाहरुको सहभागिता छैन । मैले यो किन भनिरहें ? पक्कै पनि यहाँहरुलाई महसुस भएको होला, सरले के कुरा गरेको, किन यस्ता कुरा उठाएको भन्ने लागेको होला । यथार्थमा स्थानीय अभिभावकको सहयोगबिना कुनै पनि विद्यालयले चाहेको उत्कृष्ट परिणाम ल्याउन गाह्रै पर्छ । जसको असर सञ्जीवनीले महसुस गरिरहेको छ । यसो हुनुमा अभिभावक शिक्षाको कमी हो भन्ने निचोडमा विद्यालय परिवार पुगेको छ ।
स्थानीय अभिभावकले सामुदायिक विद्यालयप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनु आजको आवश्यकता हो । यसका लागि स्थानीय सरकारले भूमिका खेल्न जरुरी छ । जबसम्म स्थानीय सरकारले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्दैन, तबसम्म सञ्जीवनी मात्र होइन अन्य सामुदायिक विद्यालयहरु पनि माथि उठ्न कठिनै छ । मैले यसो भनिरहँदा सरोकारवाला निकायलाई ठेस पुग्ला तर सोचेजस्तो, चाहेजस्तो विद्यार्थीका भावनाअनुसार स्थानीय सरकारले सामुदायिक विद्यालयमा ध्यान नपु¥याएको साँचो हो । म प्राचार्यका रुपमा यस विद्यालयको नेतृत्व ग्रहण गरिरहँदा भोगेका यथार्थहरुलाई यो अवसरको रुपमा पोखेको हुँ । हुन त आज यि शब्दहरु पोख्ने दिन होइन, फेरि पनि मनमा कुण्ठा पालेर बस्न सकिन्नँ । त्यसैले नचाहँदा नचाहँदै पोख्न पुगें । गुनासा नै भन्नुपर्दा, गत वर्ष पनि सञ्जीवनीले राष्ट्रपति शिल्ड लगायत तत् तत् विधामा वर्चश्व कायम ग¥यो । जिल्लास्तरीय प्रतियोगितामा आफ्नो उपस्थिति जनायो । केही विधामा उत्कृष्टता पनि हासिल ग¥यो । बिडम्बना ! प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनबाट ति बालबालिकालाई बञ्चित गराइएको तीतो अनुभवले पनि यि अभिव्यक्तिहरु पोखिएका हुन् । अरु त अहिलेलाई केही छैन, अब हाम्रो ध्यान जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डतर्फ केन्द्रित भएको छ । त्यसका लागि बालबालिकाहरुलाई आग्रह गर्न चाहन्छु– जसरी आज नगरको ध्यान खिचेको छ, त्यसैगरी जिल्लाको ध्यान खिच्नेछन् हाम्रा बालबालिकाले भन्ने विश्वास राख्दै सम्बन्धित खेल शिक्षकहरुप्रति विशेष आभार समेत यसै अभिव्यक्तिमार्फत् व्यक्त गर्दछ भन्न पछि पर्नु भएन प्राचार्य ढकाल ।
उक्त प्रतियोगिताको समापनसँगै उत्कृष्टहरुलाई धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले शिल्ड, मेडल, प्रमाणपत्र लगायतका पुरस्कार वितरण गर्नुभएको थियो ।
सो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स र भलिबल तर्फका विधामा गरी १० स्वर्ण, ४ रजत र २ काश्य पदक सहित १६ पदक प्राप्त गर्दै सञ्जीवनी नमूना मावि धुलिखेल राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को विजेता भएको हो । त्यस्तै ४ स्वर्ण, ५ रजत र २ काश्य गरि १२ पदक प्राप्त गर्दै धुलिखेल हाईस्कुल धुलिखेलले दोश्रो स्थान र ४ स्वर्ण, ५ रजत र २ काश्य गरी ११ पदक प्राप्त गर्दै सेतीदेवी मावि धुलिखेल २ रबिओपीले तेश्रो स्थान हासिल गरेका थिए ।
शनिबार आयोजित समापन खेलमा भलिबल छात्र तर्फ सञ्जीवनी नमूना मावि प्रथम, हनुमान मावि द्वितीय र कालिका मावि शारदा बतासे तृतीय भएका थिए भने छात्रा तर्फ सञ्जीवनी नमूना मावि प्रथम, पूर्ण सञ्जीवनी लंखनामाई मावि द्वितीय र हनुमान माविले तृतीय स्थान हासिल गरेका थिए ।
उक्त प्रतियोगितामा नगरभित्र रहेका ३९ वटा विद्यालयहरुमध्ये इम्मानुयल अंग्रेजी बोर्डिङ स्कुल, पूर्ण सञ्जिवनी लंखनामाई, श्रीखण्डपुर मावि, डिभाइनलाईट अंग्रेजी बोर्डिङ स्कुल, कालीदेवी मावि डाँडागाउँ, सरस्वती मावि बडालगाउँ, हनुमान मावि पात्लेखेत, शंखेश्वर महालक्ष्मी मावि, माउन्ट भ्यू, देवीस्थान मावि, कालिका मावि र गोल्डेन सिद्धार्थ एकेडेमीले विभिन्न पदकहरु जितेका थिए । त्यसैगरी एथेलेटिक्स तर्फ २६ वटा स्वर्ण, रजत पदक २६, काश्य पदक २६ गरी ७८ वटा पदक थिए भने भलिबल तर्फ २ स्वर्ण, २ रजत, २ काश्य पदक थिए ।
प्रतियोगितामा नगर भित्रका ३९ विद्यालय मध्ये ३२ विद्यालयका ५ सय ५६ जना विद्यार्थी सहभागी थिए । ५६ वटा विद्यामा प्रतिस्पर्धा भएको प्रतियोगितामा विद्यालय स्तरीय खेलकुद कार्यक्रम पनि समावेश भएको नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख भोजकुमार ठकुरीले जानकारी गराउनुभएको थियो । कक्षा ३ का ४ वटा विद्या, कक्षा ६ देखि ८ सम्मका १४ विद्या, कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले २८ वटा विद्यामा प्रतिस्पर्धा गरेका छन् । प्रतियोगित सामाजिक विकास शाखाका संयोजक गणेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न शाखाका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0