Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काठमाडौं विश्वविद्यालयको स्थापना दिवस तथा दीक्षान्त समारोह हुने

प्रभातफेरी अनलाइन ४०२ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २४, आईतबार (२ साल अघि)
काठमाडौं विश्वविद्यालयको स्थापना दिवस तथा दीक्षान्त समारोह हुने

काभ्रे । काठमाडौं विश्वविद्यालयले आफ्नो ३२औं स्थापना दिवस तथा २९औं दीक्षान्त समारोह कार्यक्रम आयोजना गर्ने भएको छ । विश्वविद्यालयले ३२औं स्थापना दिवस मंसिर २५ गते सोमबार र दीक्षान्त समारोह २७ गते बुधबार कार्यक्रम आयोजना गर्न लागेको आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
स्थापना दिवस समारोहमा विशिष्ट तीन विशिष्ट विद्वानहरूको अभिनन्दन गर्ने विश्वविद्यालयले सम्मेलनमा जनाएको छ । अभिनन्दित हुनेमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा. नरेन्द्रबहादुर राणा, जर्मन कला साधक तथा काठमाडौं विश्वविद्यालयको स्कूल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागका अध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर र पूर्वसभामुख दमननाथ ढुङ्गाना रहेका छन् भने सोही समारोहमा डा. न्हुछेरत्न तुलाधरको पुस्तक विमोचन समेत हुने भएको छ ।
काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोह (पहिलो चरण) मा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता, शताब्दी पुरूष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति रहने सम्मेलनमा जानकारी दिइएको छ ।
उक्त दीक्षान्त समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् ।
ती मध्ये आर्टसका २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरु मध्ये पुरूषको प्रतिशत ४६.०३ (६ सय ४६ जना) तथा महिलाको प्रतिशत ५३.९७ (९ सय ९२ जना ) रहनेछ । दीक्षित हुने मध्ये विदेशी विद्यार्थीहरु ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र माल्दिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।
काठमाडौं विश्वविद्यालयले इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत Master of Technology in Artificial Intelligence मा १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Master of Science in Midwifery Nursing मा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत Master in Higher Education मा ९ जनालाई उपाधि प्रदान गर्नेछ । २९औं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रममा काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0