काभ्रे । सहकारीको क्षेत्रमा छुट्टै पहिचान राख्न सफल क्यापिटल बचत तथा ऋण सहकारी संस्था लि बनेपाले आफ्नो १३ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शेरबहादुर तामाङले दीप प्रज्वलित गरी शुभारम्भ गरिएको सभालाई समबोधन गर्ने क्रममा साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन देखि आर्थिक प्रतिवेदन र मौजुदा नीतिलाई समेत अनुमोदन गरेको बताउनुभएको छ । पछिल्लो समय सहकारीमा देखिएका विभिन्न किसिमका चुनौतीहरुको कुनै समस्या नभएको सफल सहकारीको रुपमा क्यापिटल साकोसले सेवा प्रवाह गरेको अध्यक्ष तामाङले बताउनुभएको छ ।
साधारणसभा समक्ष संस्थाका सचिव फ्रेमबहादुर तामाङले प्रगति तथा भावि योजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष खेतराज सिटौलाले आ.व २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा २६ हजार १ सय ९४ शेयर सदस्यबाट संस्थाको शेयर पूँजी ५ करोड ४१ लाख १६ हजार ५ सय रहेको जानकारी गराउँदै ४९ करोड १५ लाख ९२ हजार ८ सय ८० निक्षेप संकलन, ५४ करोड ४५ लाख ९५ हजार ३ सय ४० लगानीमा रहेकोमा ७ करोड ९२ लाख ३६ हजार ५ सय ८० कुल आम्दानी गर्न सफल भएको सम्बोधनका क्रममा जानकारी गराइएको थियो भने ३९ लाख ८८ हजार २ सय २१ बराबरको राजश्व अन्तर्गत करमा योगदान गरेको समेत खुलासा गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |