Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुई दिने निःशुल्क स्वास्थ्य शिविर

प्रभातफेरी अनलाइन ३५१ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)
दुई दिने निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका छन् ।
ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले निःशुल्क स्वास्थ्य शिविरका लागि ग्राणि भेग रोजेर रजबासमा आएकोमा आयोजक र प्रबिधिक टिमलाई धन्यवाद व्यक्त गरेका छन् । निःशुल्क स्वास्थ्य शिविर गरेर आफ्नो नागरिकको स्वास्थ्य उपचार गरेर पालिकाको आर्थिक भार जोगाईदिएकोमा पनि अध्यक्ष लामाले धन्यवाद व्यक्त गरे । रोशीका नागरिकहरूको स्वास्थ्य उपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाई छ । रोशीको नागरिकको स्वास्थ्यमा ध्यान दिएर ५८ सय घरपरिवार मध्ये २१ घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य विमा गरेको लामाले बताए । आगामी दिनमा त्यो संख्यालाई बढाउदै लाने उनको भनाई छ ।


ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा सेवाग्राहीले जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाटी रोग, आँखा परिक्षण तथा उपचार, दन्त रोग, इसिजी सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याव सेवा पाएका थिए ।

आयोजकका अनुसार प्रसुती तथा स्त्री रोगमा ५७ जना, बाल रोगमा ४६ जना, हाडजोर्नी तथा नशा रोगमा १९५ जना, नाक कान घाटी रोगमा ५८ जना, आँखा रोगमा ३७४ जना, दन्त रोगमा ८१ जना, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा १९६ जना र शल्यक्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए । शल्यक्रिया नै गर्नुपर्ने ४१ जना बिरामीको पहिचान भएको आयोजकले जनाएको छ । जसमा अर्थाेपेडिकका बिरामी ९ जना, नाक, कान घाटीका बिरामी ७ जना, सर्जरीका २२ जना गरी ४१ जनाको थप उपचार आवश्यक रहेको आयोजकले जनाएका छन् ।
ग्रामिण भेगका मानिसको स्वास्थ्य उपचारमा संलग्नता हुन पाएकोमा खुसी लागेको काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालका डा. रोशन ओझाले बताए । सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसत गर्दै आएकोमा स्वास्थ्यको पहँचबाट टाढा रहेका मानिसको उपचारमा खटिन पाएकोमा आफुलाई भाग्यमानी सम्झेको उनको भनाई छ ।
स्वास्थ्य उपचारको लागि टाढा पुग्नु पर्नेमा गाउँमै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकोमा स्थानीय कुमार किंरिङ मगरले खुसी व्यक्त गरे । यसले स्वास्थ्य लाभ त भयो नै आर्थिक पनि बचेको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0