काभ्रे । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ५ वडा कार्यालयको भवनसँगै रहेको स्वास्थ्य शाखाको स्टोर रुममा बिहीबार बिधुतको तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
उक्त आगलागी स्थानिय व्यक्ति, कर्मचारी, प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको छ । सो आगलागीबाट स्वास्थ्य शाखामा भण्डार गरेको औषधि, बितरण गर्नुपर्ने औजार उपकरणहरू, फर्निचर, कम्प्युटर सेट, ल्यापटप सेट, जिन्सी सामग्री, महत्वपुर्ण कागजपत्र र भवन पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |