Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य सेवाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै नेपाल मेडिकल कलेज

प्रभातफेरी अनलाइन ३८२ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २४, मंगलबार (२ साल अघि)
स्वास्थ्य सेवाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै नेपाल मेडिकल कलेज

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् ।
केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा.डा. अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका अपेक्षा कस्ता छन् भन्ने सवालमा छलफल गरेका हुन् । छलफलमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरबको रुपमा रहेको बताउँदै कलेजले प्रदान गर्ने स्वास्थ्य सेवाहरुलाई समयानुकूल सुधार गर्न सल्लाह दिनुभएको छ ।
नगरपालिका नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकोले कलेजसँग सहकार्य गरेर अगाडी बढ्ने बताउँदै विशिष्टीकृत स्वास्थ्य सेवाहरु थप गर्ने, नगरबासीको लागि नयाँ योजनाहरु ल्याउन आग्रह गर्नुभएको छ । नगरपालिका मेडिकल कलेजलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जस्तोसुकै सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख सान्नानी लामाले कलेजले स्वास्थ्य सेवालाई अहिलेको भन्दा प्रभावकारी बनाउँदै नयाँ नयाँ स्वास्थ्य उपकरण र सेवाहरु थप गर्न अनुरोध गर्नुभएको छ । कलेज शान्तिपूर्ण र भयरहित वातावरणमा चलाउन कलेजलाई आवश्यक सल्लाह दिँदै नगरपालिकाले सदैब सहकार्य गर्ने बताउँदै उपप्रमुख लामाले नेपाल मेडिकल कलेज नगरको गौरबकै रुपमा रहेको चर्चा गर्नुभएको छ ।
कलेजका संस्थापक प्रिन्सिपल डा. शेखरबाबु रिजालले प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीलाई कलेजको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तरमा सुधार गर्न योजनाबद्ध रुपमा अगाडी बढ्न सुझाउनुभएको छ । नेशनल मेडिकल कलेजको सफलतापूर्वक सञ्चालन गरेको अनुभवसहित आएका प्रा.डा. अन्सारीको कुशल नेतृत्वमा कलेज अगाडी बढ्नेमा आशावादी रहेको बताउनुभएको छ । वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठले जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा प्रशासनले बनाएको योजनामा आफुहरुको सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाउनुभएको छ ।
नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई सुधार गर्नका लागि आफु आएको बताउँदै कलेजलाई अझ उचाईमा पुर्याउन स्थानीय निकाय, जनप्रतिनिधि र सरोकारवालाहरुको भूमिका महत्वपूर्ण रहेकाले सहमति तथा सहकार्यको भावनाबाट अगाडी बढ्ने बताउनुभएको छ । कुनैपनि कुरा एक जनाको सोच र विचारले पूर्ण नहुने भन्दै प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरबासीको समेत भएकाले नगरबासीको सल्लाह सुझाबलाई अनुशरण गर्दै अगाडी बढ्ने बताउनुभएको छ । छलफलमा कलेजका डाइरेक्टर डा. साविहा यासमिन, बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी, अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठसमेत उपस्थित रहेका थिए ।
प्रतिनिधि भुवनकुमार श्रेष्ठबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0