Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गण्डक बाँध बचाउन जैबिक तटबन्ध

प्रभातफेरी अनलाइन २१५ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २४, मंगलबार (२ साल अघि)
Post Thumbnail

टीकाराम गैरे
परासी असार, पश्चिम नवलपरासीको गण्डक बाँध अन्तरगत जोखिमा रहेको वि ग्याप बाँध जोगाउन भारतिय पक्षले परक्युपाईन र जैविक तटबन्धन गर्न थालेको छ । बि ग्याप बाँधको पक्कि संरचना भत्किदै जादा त्यसको सरक्षण गर्न छाडेर भारतिय पक्षले झारो टार्ने गरि परक्यु पाईन हाल्न थालेको स्थानियबासीले बताएका हुन् ।
वि ग्याप बाँधका विच विचमा रहेका ठोकर(स्पर) हरु त्यसका नोज र फिगँरहरु समेत भत्कि सकेका छन् । बाँधको लम्बाई भत्किदै जादा गण्डक नदीको पानी बस्ति तिर नजाओस भनि बनेको बाँध नै जोखिममा छ । नदीको सतह समेत अग्लो हुदै गएका कारण थोरै पानीले पनि बाँध भत्किन सक्ने खत्तराको अनुमान स्थानियले गर्न थालेका छन् । अहिले ५ नम्बर स्पर देखी १२ नम्बर स्परसम्मको बाँध र स्पर दुबै खत्तरामा छन् । नदीले अहिले सुस्ताका खेती योग्न जमिन समेत कटान गर्दै आएको छ । रोकथामका लागि स्थानियले पटक पटक कुरा उठाउदै आए पनि नेपाल र भारत सरकार दुबै पक्ष गम्भिर नदेखिएको स्थानिय प्रेम चन्द्र गुप्ताले बताए ।
गण्डक अन्तरका सबै संरचनाको निर्माण,मर्मत सम्भारको जिम्मेवारी भारतिय पक्ष हो,तर यस प्रति भारतिय पक्ष मौन रहेको छ, गुप्ताले हरेक बर्षायाममा गण्डक क्षेत्रका बासिन्दा त्रासमा बस्ने गरेकाछन् । यो बर्ष पनि मौषम पुर्वानुमान विभागले बढि पानी भएको जानकारी गराउदै समाचारहरु आउने गर्दा स्थानिय झन त्रसित बनेको गुप्ताको भनाई छ ।
जनतासँग नजिकको स्थानिय सरकारको रुपमा रहेको गाउपालिकाहरुले समेत सम्बन्धित निकायमा पत्राचार गरि ध्यानाकर्षण नगराएको प्रति उनले दुःखेसो पोखे । संघ र प्रदेश सरकारको काम चाँसो भए स्थानिय सरकारले चाँसो लिनु पर्ने उनको भनाई छ । भारतिय पक्षले गण्डक बाँधमा काम गरे जस्तो देखाएको छ । तर बाढीबाट जोगाउनका लागि नदीमा परक्युपाईन हाल्ने र झार रोप्ने कार्य गरेर उम्कने दाँउमा भारतिय प्राविधिकहरु रहेका छन् । त्यस प्रति नेपाल पक्षले चाँसो लिनु पर्ने गुप्ताको भनाई थियो । वि.सं.२०१६ सालमा गण्डक नदी नियन्त्रण,सिचाई र जलविद्युत निकाल्ने लक्ष्य राखेर गण्डक सम्झौता भएको थियो । गण्डक क्षेत्रको सबै काम गर्ने जिम्मेवारी भारतीय पक्षको थियो । अहिले पनि मर्मत सम्भारको जिम्मेवारी भारतिय पक्षकै हो ।
गण्डक बाँध अन्तरगत ए ग्याप बाँध,बि ग्याप बाँध,सि ग्याप बाँध,लिँक बाँध र नेपाल बाँध गरि निर्माण गरिएको छ । यि बाँधहरु गण्डक नदीको धार पश्चिम तर्फ नफर्कोस भनेर बनाइएका छन् । यि बाँधको मर्मत सम्भार भारत उत्तर प्रदेश सरकारको रहेको छ । तर पनि बाँधको मर्मत सम्भारमा भारतिय लापर्वाही देखिएको छ । गण्डक बाँधको खत्तर नेपाली पक्षलाई मात्र छैन् गुप्ताले भने, यसको जोखिम भारतिय पक्षलाई पनि छ । उनका अनुसार गण्डक बाँध भत्किएमा नेपालको सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गाउपालिका प्रभावित हुनेछ । तर भारतको उत्तर प्रदेशको महराजगंज, गोरखपुर, बस्ती र देवरिया जिल्लासम्म प्रभावित बनाउने छ । यस प्रति भारतिय पक्ष स्वम् जिम्मेवारी पुर्वक काम गर्नु पर्ने गुप्ताको भनाई थियो ।
गण्डक नदीमा ८ लाख क्युसेक पानी डिस्चार्ज गर्ने क्षमताको बाँध बनाइएको भनिए पनि विगत बर्षमा ६ लाख क्युसेक पानीले बाँध भत्काएको घटना स्मरण गराउदै उनले अहिले त नदीमा बालुवा जमेर नदीको सतह नै अग्लो बनेको छ । थोरै पानीले पनि बाँध भत्काउन सक्ने छ । नदीको सतह गाउको सतह भन्दा अग्लो बनिसकेका कारण पनि स्थानियमा त्रास हुनु स्वभाविक भएको उनको दाबी थियो । गण्डक बाँधमा जैबिक तटबन्धन गर्न थालिए पछि अन्य क्षेत्रमा पनि यसको सिको गरीने बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0