Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अझै पनि राजनीतिक नेतृत्वलाई कर्मचारीतन्त्रले स्वीकार्न सकेको छैनः मुख्यमन्त्री जमरकट्टेल

प्रभातफेरी अनलाइन ५८२ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ७, आईतबार (२ साल अघि)
अझै पनि राजनीतिक नेतृत्वलाई कर्मचारीतन्त्रले स्वीकार्न सकेको छैनः मुख्यमन्त्री जमरकट्टेल

काभ्रे । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेशको दुईदिनसम्म चलेको ‘संगठन सुदृढीकरण तथा सार्वजनिक सेवा प्रवाहमा कर्मचारी ट्रेड युनियनको भुमिका’ विषयक प्रशिक्षण तथा अन्तर्क्रिरया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नेपालको राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई पटक्कै विश्वास नगरेको बताउनुभएको छ ।
सम्बोधनका क्रममा प्रमुख अतिथि जमरकट्टेलको कथन थियो– कर्मचारीले आफ्नो स्वार्थलाई मात्र केन्द्रमा राखेर काम गर्ने गरेको र खाली मालदार ठाउँमा जानमात्र प्रयास गर्ने गरेको उल्लेख गर्दै अब कर्मचारीलाई विश्वासमा लिएर काम गर्ने जानकारी दिनुभएको छ । कर्मचारी अझै राणाकालीन सोचबाट चलेकोले गणतन्त्र असफल हुने खतरामा पुगेको औल्याउँदै अब कर्मचारीले राजनैतिक नेतृत्वलाई साथ दिनुपर्ने अवस्था आएको स्मरण समेत गराउनुभएको छ ।
प्रमुख अतिथि जमरकट्टेलले आफ्नै पार्टीका पुर्व नेताद्वय पुर्व प्रधानमन्त्री बाबुराम भटराई र क. मोहन वैद्य ‘किरण’ का कारण आज माओवादीमा यो समस्या आएको समेत खुलासा गर्न पछि पर्नु भएन । प्रमुख अतिथि जमरकट्टेलले आफूले पार्टीको बैठकमा किरणलाई भनेको कुरा स्मरण गर्दै भन्नुभयो– हामीले भेटेर धेरै भन्यौ, नेताहरुलाई यो पार्टी बिग्रियो, पार्टी दक्षिणपन्थी भयो भन्दै गएर पार्टी फुटाको हैन, पहिलो संविधान सभामा सविधान घोषणा गर्न सकेको भए यो मुलुक के हुन्थ्यो होला तपाई हामी के हुन्थ्यौ, एक पटक सोचौं त हामीले ?’
नेपाली राजनीति समानानीय प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा भएको माओवादी जनयुद्ध, क्रान्तिकारी आन्दोलनबाट जसरी विभिन्न उतारचढावका बीच आज यहाँसम्म आइपुगेको छ भन्नुहुँदै प्रमुख अतिथि जमरकट्टेलले मुलतः आफ्नो एजेन्डा आफ्नो मुद्दा राष्ट्रिय मुद्दा बनेको र त्यही एजेन्डा र मुद्दा संस्थागत भएर आज मुलुक त्यही एजेन्डामा अघि बढिरहेको धारणा ब्यक्त गर्नुभएको छ ।
सम्बोधनकै क्रममा प्रमुख अतिथि जमरकट्टेल– नयाँ सोच र जाँगर कर्मचारीमा हुनुपर्ने, त्यसो भएन, कर्मचारी चुनौती झेल्न नै चाहँदैनन्, टुक्रे योजनाको प्रचलन चलाउने कर्मचारी हुन्, ठूला आयोजनामा हात हाल्नै चाहदैनन्, झमेला छ भनेर पन्छिन्छन् । कर्मचारीहरु हिजोको राजावादी, परम्परावादी सोचबाट प्रशिक्षित भएकै कारण राजनीतिक नेतृत्व र कर्मचारीमा जहिले पनि विश्वासको खाडल रहेको छ । कर्मचारीलाई विश्वासमा नलिएसम्म काम नहुने अवस्था छ । यो अवस्था आउनुमा राजनीतिक नेतृत्व र कर्मचारीबिच विश्वासको खाडल छ । यो विश्वासको खाडल नपुरेसम्म देश विकास हुने नसक्ने ठोकुवा समेत गर्नुभएको छ ।
अहिले अस्थायी, ज्यालादारी, करारका कर्मचारीलाई सामाजिक सुरक्षामा लैजान खोज्दा मानिराख्नु भएको छैन । माघ १५ गतेभित्र प्रदेश निजामति कर्मचारी नियमावली ल्याउने तयारी गरेका छौं त्यसले यो समस्यालाई केही सम्बोधन हुनसक्ने जानकारी समेत सम्बोधनका क्रममा प्रमुख अतिथि जमरकट्टेलले गराउनुभएको छ ।
नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले पार्टीको नीति, विचारधारा र संगठनबारे आफ्नो बिचार राख्नुहुँदै कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको र तिनै कर्मचारीले बहुसंख्यक कर्मचारीमाथि अन्याय गरिरहेको बताउनुभएको छ ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शेरबहादुर कार्की, केन्द्रीय सचिव हरिलाल वि.क., पुर्व केन्द्रीय अध्यक्ष हरिबहादुर रावल लगायतले पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेशको अध्यक्ष श्रवण ढुंगानाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पेशागत महासंघ इन्चार्ज मणिरत्न श्रेष्ठ लगायतले आ–आफ्नो विचार राख्नुभएको थियो भने बागमती प्रदेश संगठनका उपाध्यक्ष राजु अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0