Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनताका माझ कबुल गरेका योजनाहरु पूरा गर्नेछुः मन्त्री लामा

प्रभातफेरी अनलाइन ५४७ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ७, आईतबार (२ साल अघि)
जनताका माझ कबुल गरेका योजनाहरु पूरा गर्नेछुः मन्त्री लामा

काभ्रे । निर्वाचन ताका जनताका माझ कबुल गरेका वाचाहरु पूरा गर्ने क्रममा बाग्मती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयका मन्त्री तीर्थ लामाले खानेपानी बिना कसैले पनि पिडा भोग्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता मंगलबार पानी ट्यांकी उद्घाटन गर्ने क्रममा जाहेर गर्नुभएको छ ।
वाग्मती प्रदेश सरकारको एक घर एक धाराको अभियान पूरा गर्न आफु प्रतिवद्ध भएर लागेको बताउनुभएको छ । पनौतीका सबै वडावासिलाई खानेपानी खुवाउने योजना सहित प्रस्तुत हुन पनौती नगरपालिका प्रमुख र जनप्रतिनिधिलाई अनुरोध गर्दै आफ्नो मन्त्रालयबाट बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बाग्मती प्रदेशका पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले पनौतीमा खानेपानीको समस्या समाधान गर्न नगरपालिकालाई प्रदेश र संघीय सरकारसंग सहकार्य गराउने गरि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अनुरोध गर्नुभएको छ ।
पनौती नगर प्रमुख रामशरण भण्डारीले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न नसक्दा पनौतीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गएको भन्दै त्यसलाई सम्पन्न गर्न तर्फ लाग्नुपर्ने बताउनुभएको छ भने उपप्रमुख गिता बन्जारा पनौतीको विकास निर्माणमा सहकार्य गर्ने सबैलाई आभार प्रकट गर्नुभएको छ ।
त्यसैगरी पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालले तोकिएको समयभन्दा धेरै छिटो सम्पन्न गरेकोमा उपभोक्ता समिति र सम्बन्धित सरोकारवाला निकायप्रति आभार प्रकट गर्नुभएको छ ।
उपभोक्ता समितीका अध्यक्ष दिपक थापाका अनुसार, एक घर एक धारा सहित आयोजना सप्पन्न गर्न २ सय १५ घरधुरीबाट ५ हजारका दरले र ५७ नयाँ सदस्यबाट ९ हजार ५ सयका दरले रकम उठाइएको बताउनुभएको छ ।
प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालय र स्थानीय तहमार्फत कार्यान्वय हुने ठूलो संख्यामा योजना र बजेट समावेश भएको हो । संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक भएको जानकारी गराएका छन् ।
पनौती नगरपालिका वडा नं. ४ चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै २ इन्चको पाइपबाट ट्याङ्कीसम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब ३ सय घरधुरी लाभान्वित भएको अध्यक्ष थापाले जानकारी दिनुभएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ कार्यालयका डिभिजनल इन्जिनियर अनिलप्रसाद केशरीले बजेट भन्दा बढि श्रमदान गरेर आयोजना सम्पन्न गरेकोमा आभार प्रकट गर्नुभएको छ ।
कार्यक्रममा स्थानीय अक्कलसिंह थापा, उपभोक्ता समितिका सचिब दिपक थापा लगायतले खानेपानीको समस्या तत्कालको लागि समाधान भएको भन्दै घेराबार लगायतको कामका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत नै बिनियोजन भएको १५ लाख रुपैयाँबाट पनौती–४ मा ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्की मन्त्री लामाले उद्घाटन गर्नुभएको हो । समितीमार्फत नै प्रत्येक घरधुरीमा खानेपानि पनि वितरण गर्नको लागि नगरपालिकाले १२ रोल पाइप, वडा नम्बर ४ ले ९ रोल पाइप सहयोग गरेको छ ।
नेपाली काङ्ग्रेस काभ्रेका सभापति समेत रहेका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री लामाको नेतृत्वमा मन्त्रालयमार्फत अहिलेसम्म काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन भएका छन् ।
जसमा क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन् । प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएका छन् भने मन्त्री लामामार्फत हालसम्म प्रदेशका विभिन्न मन्त्रालयबाट काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारका योजना आर्थिक बर्ष २०८०÷८१ को लागि बजेटमा समावेश भएको मन्त्री लामाको सचिवालयले जनाएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0