Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

७४औं वार्षिकोत्सवमा सयौं स्रष्टालाई सम्मानित गर्दै सञ्जीवनी

प्रभातफेरी अनलाइन ४५६ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ९, मंगलबार (२ साल अघि)
७४औं वार्षिकोत्सवमा सयौं स्रष्टालाई सम्मानित गर्दै सञ्जीवनी

काभ्रे । धुलिखेल नगरपालिका वडा न ७ धुलिखेलमा अवस्थित श्री सञ्जीवनी नमूना माध्यामिक बिद्यालयले आगामी माघ १६ गते ७४औं वार्षिकोत्सव मनाउने भएको छ ।
आफ्नो स्थापनाको ७४औं वर्षमा बिद्यालयले वार्षिकोत्सव मनाउन लागेको हो । बिद्यालय व्यवस्थापन समितिको निर्णयानुसार उक्त अवसरमा उत्कृष्ट योगदान पु¥याउने सम्पूर्ण विधाका व्यक्तित्व जनहरुलाई भव्य कार्यक्रमका बिच सम्मान गर्ने निर्णय समेत गरेको छ ।
शिक्षाको क्षेत्रमा दर्बिलो इतिहास रचेको सञ्जीवनी नमूना माध्यमिक विद्यालयले धुलिखेलको इतिहास बोकेको मात्र नभई राष्ट्रको दक्ष जनशक्ति उत्पादन गर्नमा ठूलो योगदान रहेको यस विद्यालयले आफ्नो ७४औं वार्षिकोत्सव मनाउन लागेको हो । आफुले तत्कालिन अवस्थामा औपचारिक शिक्षा नलिए पनि ७४ वर्ष अघिका राम्रो शिक्षाको महत्व बुझेका शिक्षाप्रेमी, अग्रणी ती अभिभावकहरुलाई यस विद्यालयले कहिल्यै पनि भुल्ने छैन र भुल्नु पनि हुँदैन भन्दै बैठकले ति स्रष्टाहरुप्रति सम्झने र सकेसम्म सम्मान समेत गर्ने छलफलले निर्णय गरेको छ ।
बि.सं. २००६ साल देखि हाल सम्मको यस अवधिमा यो विद्यालयले धेरै घुम्तीहरु पार गरेको छ । स्थानीय जनसमुदायको सक्रियता, मेहनती शिक्षक, लगनशील विद्यार्थी, सरकारको निर्देशन, अनुगमन र सही मुल्यांकनबाट नै यो विद्यालय पटक पटक नमुना विद्यालयको रुपमा सुचिकृत भएको हो ।
हाल विद्यालयमा साधारण शिक्षाका अतिरिक्त कक्षा ९ बाट नै सिभिल इन्जिनियरिङ्ग जस्तो सीपयुक्त प्राबिधिक विषय अध्यापन गराई विद्यालयले नेपाल सरकारको नीति अनुसार नै मध्यम स्तरको जनशक्ति उत्पादन गरि राष्ट्र सेवामा लगाई रहेको छ । बढ्दो विद्यार्थी संख्या, भौतिक सुबिधा बिस्तार, शिक्षण पद्दतिमा नविनता, नतिजामा सुधार, अभिभावकको विश्वास, शिक्षकहरुको लगनशीलता र तीनै तहका सरकारको सहयोग नै विद्यालय सफलताका आधार हुन् । यिनै आधारलाई अझै मजबुत बनाउदै विद्यालयको गरिमालाई अक्षुण राख्न स्थानीय जनसमुदाय, अभिभावक, शिक्षक, विद्यालय सरोकारवालाहरु सबैको सहयोग र सर्मथनलाई अझ सुदृढ गर्न सकियोस् भन्ने शुभकामना व्यक्त समेत गर्दै बैठकले उक्त दिन शहिद दिवस पनि परेको हुँदा सम्पूर्ण शहिदहरुप्रति सम्मान समेत व्यक्त गरेको छ ।
सो वार्षिकोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि बिद्यालय व्यवस्थापन समिति अध्यक्ष वेदप्रसाद कोजूको संयोजकत्वमा शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्रविक्रस शाह, प्राचार्य लोकेन्द्र ढकाल लगायत सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थीहरुको अपनत्व झल्कने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत भएको सहायक प्रधानाध्यापक टंक थापाले जानकारी गराउनुभएको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रमलाई सभ्य, भव्य र उल्लासमय वातावरणमा सम्पन्न गर्नका लागि प्राचार्य ढकालको नेतृत्वमा विभिन्न उपसमितिहरु गठन भएका छन् । जसमा जसले मञ्च व्यवस्थापन, प्रमुख अतिथि र अतिथि व्यवस्थापन, पुरस्कार व्यवस्थापन, सम्मान व्यवस्थापन, खाजा व्यवस्थापन, कार्यक्रम सञ्चालन, एनसीसी र राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट परिणाम हासिल गर्ने विद्यार्थीहरुलाई उच्च सम्मान लगायतका कार्यक्रमको जिम्मेवारी बाँडफाँड गरिएको प्राचार्य ढकालले जानकारी गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0