Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आजबाट ट्राफिक सप्ताह–२०८० सुरु

प्रभातफेरी अनलाइन ६०२ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २५, बिहिबार (२ साल अघि)
आजबाट ट्राफिक सप्ताह–२०८० सुरु

काभ्रे । ट्राफिक सप्ताह – २०८० आजबाट सुरु भएको छ । पहिलो दिन नै बनेपाको चारदोबाटोबाट विभिन्न विद्यालयका विद्यार्थी लगायत स्थानीयहरुले ट्राफिक जनचेतनासम्बन्धी विभिन्न प्लेकार्ड बोकी ¥यालीबाट सुरु भएको छ ।
शुभारम्भ कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले चालक र यात्रीको संयमता, साक्षरता र सचेतनाले मात्रै दुर्घटना न्यूनीकरण हुने बताउनुभएको छ । प्रदेश प्रहरी कार्यालय बनेपाका प्रमुख एसएसपी किसन सिं थापाले प्रहरी एक्लैले दुर्घटना न्युनिकरण सम्भव नभएकाले सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताउनुभएको छ । त्यसैगरी जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जिल्लाका हरेक क्षेत्रमा हुने दुर्घटनाबाट हुने जनधनको न्युनिकरण र समुदायको सचेतना कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ । प्रहरी एक्लैले चाहेर दुर्घटना न्यूनिकरण गर्न सम्भव नभएको बताउँदै एसपी ढकालले विद्यालय तहबाटै ट्राफिक सचेतना दिनुपर्ने बताउनुभएको छ ।
शुभारम्भ कार्यक्रममा बागमती टिपर ब्यवसायी सघका अध्यक्ष सुरेश खत्रीले टिपर ब्यवसायी संघ सबैसँग हातेमालो गर्दै दुर्घटना न्युनिकरण सचेतना अभियानमा सक्रिय रहेको बताउँदै संघ आफैले पनि दुर्घटना न्यूनिकरण सचेतनाका कार्यक्रम गरिरहेको बताउनुभएको । अध्यक्ष खत्रीले थप्नुहुन्छ, कानूनका सबै नियमहरु पालना गर्दै दुर्घटना सचेतना र न्युनिकरणका लागि प्रतिवद्ध रहेको समेत बताउनुभएको छ ।
सप्ताहको उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंह, शशस्त्र प्रहरी बलका एसपी अच्युतप्रसाद मजगैया, यातायात ब्यवसायीहरु, विभिन्न विद्यालयका प्रिन्सिपल तथा विद्यार्थीहरु, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेले बताउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार साताभर निम्न कार्यक्रमहरु हुनेछन्ः
दोस्रो दिन (शुक्रबार) स्वयंम सेवक परिचालन गरि सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाइनेछ । सचेतना स्टिकर टाँस गर्ने, पर्चा– पम्प्लेट वितरण पनि सोही हुनेछ ।
तेस्रो दिन (शनिबार) ग्रामिण सडक लक्षित प्रशिक्षण, बढि भाडा अनुगमन, माक्स वितरण गर्ने, सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरिनेछ ।
चौथो दिन (आइतबार) सवारी चालकहरुसंग ५ मिनेट कार्यक्रम तथा ओभरटेक गर्नेको विधिको प्रशिक्षणका साथै तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण कार्यक्रम छ ।
पाँचौ दिन (सोमबार) बिद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम, गाउगाउमा आमा समुह टोलसुधार समित र युवा क्लवहरुलाई ट्राफिक सचेतना कार्यक्रम सन्चालन गरिनेछ । सोही दिन सरकारी कार्यालयका कर्मचारी तथा चालकलाई प्रशिक्षण कार्यक्रम ।
छैटौ दिन (मंगलबार) चालक तथा सहचालकहरुको सामान्य स्वास्थ्य परीक्षण हुनेछ । सवारी साधनहरुको यान्त्रीक परिक्षण, रक्तदान कार्यक्रम पनि सोही दिन गरिनेछ ।
सप्ताहको अन्तिम दिन ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवाला निकायहरूसंग अन्तरक्रिया गरिने घिमिरेले जानकारी दिनुभएको छ । ट्राफिक सप्ताह अन्तर्गत एक साता सम्म विभिन्न क्रियाकलाप गरि मनाउन लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0