Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उपकुलपति सम्मेलनको उद्घाटन प्रधानमन्त्री प्रचण्डद्वारा हुने

प्रभातफेरी अनलाइन ६७२ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २, बुधबार (२ साल अघि)
उपकुलपति सम्मेलनको उद्घाटन प्रधानमन्त्री प्रचण्डद्वारा हुने

काभ्रे । काठमाडौं विश्वविद्यालयले गर्न गइरहेको उपकुलपति सम्मेलनको समुद्घाटन विश्वविद्यालयका कुलपति एवं नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा हुने जानकारी गराइएको छ ।
काठमाडौं विश्वविद्यालयले पछिल्लो समय आफूले प्रवाह गर्ने सेवाका बारेमा अनुकरणीय फड्को पार गरेको यतिबेला अभिभावकहरुले महसुस गरेका छन् । केही हप्ता अगाडि डबल डिग्रीका विषयमा सञ्चारकर्मीमाझ कलेजले जानकारी पस्किएको पुरानो नहुँदै अन्तर्राष्ट्रियस्तरमै ख्याती प्राप्त कुलपतिहरुलाई काभ्रेको भूमिमा जमघट गराउने योजना सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलन मार्फत् जानकारी गराएअनुसार यही फागुन ३ देखि ५ गतेसम्म काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल–भारत उच्चशिक्षा शिखर सम्मेलन हुने भएको हो ।


नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग साझा सञ्जाल निर्माण गरी उत्तम साझेदारी अभ्यास तथा पारस्परिक सहयोग आदानप्रदानको अभिप्रायले काठमाडौं विश्वविद्यालयको आयोजनामा उक्त शिखर सम्मेलन हुने जानकारी गराएको छ ।
विश्वविद्यालयले सोमबार ललितपुरको ग्वार्कोमा पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार फागुन ३–५ (फेब्रुअरी १५–१७) सम्म उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना हुने भएको छ । भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा आयोजित सभा तथा सम्मेलनमा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्डलगायत युरोपियन मुलुकका समेत गरी १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरूको उपस्थिति रहने प्रवक्ता तथा डीन एक्कुमाया पुनःले जानकारी दिनुभएको छ ।
विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणु मूल विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तरविश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् । काठमाडौं विश्वविद्यालयले विभिन्न देशका विश्वविद्यालयका उपकुलपति भेला पारेर नेपालको शैक्षिक अवस्था र उच्च शिक्षा अध्ययनबारे छलफल गर्ने भएको छ । विश्वविद्यालयले शैक्षिक अनुभव तथा योजना आदानप्रदानका लागि तीनदिने ’उपकुलपति सभा’ सम्मेलन आयोजना गर्ने भएको हो ।
उपकुलपति सभामा विशेषतयाः वर्तमान शैक्षिक अवस्था, शिक्षाको अन्तर्राष्ट्रियकरण, पाठ्यक्रम, रोजगार, शैक्षिक क्षेत्रको सुधारलगायत विविध विषयमा छलफल हुनेछ । नेपालका शैक्षिक संस्था तथा विश्वविद्यालय र विदेशी विश्वविद्यालयबीच एक–आपसमा शैक्षिक अनुभव र विद्यार्थी पलायन रोक्नेबारे पनि सभामा छलफल हुनेछ । नेपालका विद्यार्थी विदेश पठाउनेबारे र विदेशबाट नेपालमा विद्यार्थी भिर्त्याउनेबारे पनि सभामा छलफल हुने काठमाडौं विश्वविद्यालयले पत्रकार सम्मेलन मार्फत् जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी पनि सोही अवसरमा गराइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0