Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवको समुद्घाटन हुने

प्रभातफेरी अनलाइन ४३१ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ४, शुक्रबार (२ साल अघि)
आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवको समुद्घाटन हुने

काभ्रे । काभ्रेको ब्यापारीक नगरी बनेपामा आजबाट शुरु हुने भएको छ । बृहत कृषि महोत्सवको सम्पूर्ण तयारी भइसकेको जिल्ला समन्वय समितिका संयोजक दिपक कुमार गौतमले बताउनु भएको छ ।
राष्ट्रपतिद्वारा समुद्घाटन हुने महोत्सवले युवाहरूलाई स्वदेशमा नै केही गर्ने प्रेरणा दिने अपेक्षा राख्दै वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरुलाई नेपालमै रोक्ने उद्देश्यसहित आजबाट काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक नगरी बनेपामा वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव अन्तिम तयारी पूरा भएको संयोजक गौतमले बताउनु भएको छ ।


महोत्सवमा जिल्लाका कृषि उद्यमी, कृषक, कृषि उत्पादनलाई विशेष जोडसङ्गैआन्तरिक पर्यटन प्रवर्द्धनको क्षेत्रमा समेत यो महोत्सवले महत्व दिइएको जिल्ला संयोजक गौतमले बताउनुभएको छ । विशेषत जिल्लाको कृषि उत्पादनलाई महत्वका साथ स्थान दिइएकोले महोत्सवलाई जिल्लावासीहरुले विशेष महत्वका साथ हेरेको गौतमको भनाइ छ । यो महोत्सवले जिल्लाको कृषि क्षेत्रलाई नै प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ ।
काभ्रे कृषि एवं पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टीले अग्रणी जिल्लाको रुपमा परिचित भुमी पनि हो । कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको कारोवारमा वृद्धि ल्याउने, कृषकलाई आवश्यक पर्ने उत्पादन सामाग्री एवं नयाँ प्रविधिप्रती आकर्षण बढाई उत्पादन लागत घटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको खुलासा गर्दै वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवका लागि बनेपास्थित करुणामार्गलाई दुलही झै विशेष सजाइएको छ । कृषि महोत्सवलाई मध्यनजर गरी पूर्व तयारी सम्पन्न भइसकेको गौतम जनाएका छन् । आज दिउँसो १ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुने यो महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । बनेपा तीनदोबाटो स्थित करुणामार्ग र लायकु क्षेत्रमा स्टल निर्माण, सजावट लगायतका कार्य सम्पन्न भइसकेको छ ।


महोत्सवमा मनोञ्जनका लागि चर्चित कलाकारहरुको प्रस्तुतिका साथै विविध मौलिक कला संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम समेत रहने छन् । यस्तै कार्यक्रममा विविध कृषि उत्पादन तथा कृषिजन्य सामग्री लगायत प्रविधि बारे समेत जानकारी लिन सकिने गौतमको दाबी छ । उहाँको थप टिप्पणी थियो– कृषि क्षेत्रको प्रवद्र्धनको लागि आयोजना गर्न लागिएको महोत्सव आयोजना, सञ्चालन एवं समन्वयका लागि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमको संयोजकत्वमा ४५ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । महोत्सवलाई थप व्यवस्थित बनाउनका लागि १४ वटा उप–समिति गठन गरी कार्यविभाजन एवं जिम्मेवारी प्रदान गरिएको समन्वय प्रमुख गौतमले जानकारी दिएका छन् । महोत्सवमा कृषि उपज, यन्त्र उपकरण लगायतका २ सय भन्दा बढी स्टल रहने समेत गौतमले जानकारी दिएका छन् ।
कृषिका उदयीमान नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्बन्धी सेमिनार आयोजना, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर महोत्सवका प्रमुख आकर्षण हुनेछन । महोत्सवले कृषि पेशाप्रती आकर्षण बढाई वैदेशिक रोजगारीका लागि विदेशीने युवाहरुलाई नेपालमा नै रोक्न सहयोग पु¥याउने विश्वास लिइएको जिसस प्रमुख गौतमले बताउनु भएको छ । फागुन ७ गतेसम्म संचालन हुने महोत्सवमा जिल्ला बाहिरबाट समेतका संघ संस्थाहरुको समेत उल्लेख्य सहभागिता रहने संकेत स्टल बुकिङले समेत पुष्टि गरेको गौतमको दावी छ ।
महोत्सव स्थलको आजै साझ प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा लगायत जिल्लाका उच्चपदस्त अधिकारीहरुले निरिक्षण गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0