Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार सम्मेलनमा आफूले कबुल गरेका वाचा पूरा भएका छन्ः प्रमुख गौतम

प्रभातफेरी अनलाइन ८३२ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ९, बुधबार (२ साल अघि)
पत्रकार सम्मेलनमा आफूले कबुल गरेका वाचा पूरा भएका छन्ः प्रमुख गौतम

बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० भावी पुस्ताका लागि पठनीय पाठशाला सावित भएको छ

  • के बिक्ला र भनी ल्याएको झुसे तिल बिक्रिमा राखेको २ घण्टामै सकियो

  • प्रत्येक पालिकाले मासिक हाट बजार खोल्नुको विकल्प छैन

काभ्रे (बनेपा) । बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० अविस्मरणीय छाप छोड्दै भव्यताका साथ व्यापारिक नगरी काभ्रेको बनेपामा सोमबार सम्पन्न भएको छ ।
बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव आयोजनाका लागि गरिएको पत्रकार सम्मेलनमा आफूले कबुल गरेको वाचा उपभोक्ता, उद्यमी, उत्पादनकर्ता एवं अवलोकनकर्ताहरुले पूरा गरिदिनुभएको जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले बताउनुभएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भव्य र सभ्यताका साथ उद्घाटन भएको महोत्सवमा अपेक्षा गरिएको भन्दा धेरै नै गुणा उपलब्धी हासिल भएको प्रमुख गौतमको दाबी छ । अवलोकनकर्ता र उपभोक्ता, उद्यमी, उत्पादनकर्ता गरी झण्डै २ लाख जनाले महोत्सवको उपयोग गरेको अनुमान गर्नुहुँदै यो महोत्सवले करिब–करिब ७ करोडको कारोबार गरेको हुनसक्ने दाबी गर्नुभएको छ । आफ्नो यो क्षेत्रमा नितान्त नयाँ अनुभव भएतापनि काभ्रेली किसानहरुको पक्षमा माहोल सिर्जना मात्र भएको छैन, जिम्मेवार निकायलाई जिम्मेवारी बोध हुने सन्देश समेत महोत्सवले दिएको छ । महोत्सवबाट प्राप्त उपलब्धी के के भए, स्थानीय सरकारले कृषकहरुको हित र कृषि तथा पशुपंक्षीको क्षेत्रमा के कस्ता नीति, नियमहरु ल्याउनुपर्ने रहेछ भन्ने समेत यस महोत्सवले सन्देश दिन सफल भएको छ । अब प्रत्येक पालिकाहरुले आफ्नो पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको बजारको निश्चितताका लागि मासिक रुपमा हाट बजार अनिवार्य आवश्यकता भित्र रहेको सन्देश समेत किसानहरुले दिएका छन् ।


महोत्सवमा दुई सय वटा स्टलबाट आ–आफ्नो व्यापार व्यवसायमा प्रर्वद्धन गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लाबाट मात्र नभई छिमेकी जिल्लासँगै खोटाङ जिल्लाको समेत प्रतिनिधित्वमुलक ढंगबाट सहभागिता हुनुले पनि यो महोत्सवले उचाइ हासिल गरेको महसुस भएको प्रमुख गौतमले खुलासा गर्नुभएको छ । “बजारमुखी एवं निर्यातयोग्य कृषिको उत्पादन, समृद्ध तथा समुन्नत अभियान” नारासहित सम्पन्न बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० मा काभ्रेका सबै स्थानीय सरकारको समेत सहयोगमा सञ्चालित कृषि महोत्सवले वास्तविक कृषकहरु, उद्योगीहरु, व्यवसायीहरु, उपभोक्ताहरु, अवलोकनकर्ताहरु लाभान्वित हुन सकेकोमा आयोजक सहयात्रीहरु, जिल्ला प्रशासन कार्यालय लगायत सुरक्षासँग सरोकार राख्ने सम्पूर्ण निकाय, श्री सञ्जीवनी नमूना माध्यमिक विद्यालयका एनसीसीमा आबद्ध भाइबहिनीहरु एवं शुभेच्छुकहरुप्रति जिल्ला समन्वय समिति र मेरो व्यक्तिगततर्फबाट आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा सहित आभार व्यक्त गर्न समेत प्रमुख गौतम पछि पर्नु भएन ।
स्थानीय उत्पादन, दलहन, कोसेबाली लगायतको उत्पादनले श्रृंगारिएको महोत्सवमा लोपोन्मुख अवस्थामा रहेको झुसे तिल के बिक्ला र भनी स्टलमा प्रदर्शन गरेको २ घण्टामै सकियो भन्दै थिए उत्पादककर्ता । यसले के कुरालाई पुष्टि गर्दछ भन्दा बजारसम्म आइपुग्ने वातावरण नहुँदा स्थानीय बालीहरु हराउँदै गएको हो है भन्ने सन्देश यसले दिएको छ । काभ्रेली भूमिमा यसभन्दा अगाडि यस किसिमका कार्यक्रमहरु यसरी सम्पन्न भएको इतिहासमै छैन भन्न पछि परेनन् अवलोकनकर्ताहरु । यसले पनि महोत्सवको गरिमा अझ उचाइमा पु¥याएको जो कोहिले अड्कल गर्न सक्छ । कृषि एवं पशुजन्य उत्पादन खाद्यान्न, तरकारी, दुध तथा मासुजन्य बजारमुखी उत्पादनको हिसाबले अग्रस्थानको जिल्लाको रुपमा परिचित काभ्रेली भूमिमा भएको अनुकरणीय कृषि महोत्सवले भावी दिनहरुमा यसको गरिमा उच्च रहेको समेत अवलोकनकर्ताहरुले बताएका छन् ।
महोत्सवमा आकर्षक रुपमा देखिएका कृषि क्षेत्रको व्यवसायिक विकास, आधुनिक खेती प्रणाली, कृषि औजारको प्रयोगबाट उत्पादनमा वृद्धि ल्याई कृषकहरुको आर्थिक उन्नति प्रगतिको मार्गमा आवश्यक पर्ने सबै बाटाहरु यो महोत्सवमा देख्न पाइनु नै यसको महत्वपूर्ण पक्ष रहेको अवलोकनकर्ता दधिराम दाहालको अनुभव छ ।
यथार्थमा भन्नुपर्दा अवलोकनकर्ताहरुको निचोड थियो, बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० भावी पुस्ताका लागि पठनीय पाठशाला सावित भएको आयोजकदेखि उद्यमीसमेतको गतिविधिले पुष्टि गरेको छ ।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा बृहत्त काभ्रे कृषि महोत्सव २०८० फागुन ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको महोत्सवलाई बनेपा नगरपालिका, कृषि विकास कार्यालय धुलिखेल, पशु सेवा कार्यालय, काभ्रे उद्योग वाणिज्य संघको संयोजकत्वमा सम्पन्न गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0