Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला नेतृत्वमय बन्दै काभ्रे जिल्ला

प्रभातफेरी अनलाइन १२८८ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १०, बिहिबार (२ साल अघि)
महिला नेतृत्वमय बन्दै काभ्रे जिल्ला

काभ्रे । काभ्रेपलान्चोक जिल्लाका ८ ओटा सरकारी कार्यालयको प्रमुखमा आधा धर्तीको रुपमा स्थापी महिलाले जिम्मेवारी पाएका छन् ।
अबिरलै रुपमा जुर्ने यो संयोगको भाग्यमानी जिल्ला  काभ्रे  भएको छ । ‘कुनै पनि देश साँच्चिकै फस्टाउन सक्दैन यदि उसले आफ्ना देशका  नागरिकहरूलाई योगदानबाट वञ्चित गरायो भने हो, देशको राजनीतिक प्रणाली असल भए देशका सम्पूर्ण नागरिकले समतामूलक समाजको अनुभूत गर्न पाउँछन्  । शासन सत्ताले एकल लिंगीय, एकल जातीय र एकल भाषालाई मात्र महत्त्व दिएर सदैव नेतृत्व गर्न प्रोत्साहन गर्ने र अन्य वर्ग र समुदायलाई नेतृत्व गर्नबाट रोक लगाउने परिपाटी अझै पनि कतै-कतै  छ। यहाँ-प्रथम महिला मिसेल ओबामाका केही वाक्यांश सान्दर्भिक हुन्छन् वहाँकाअनुसार: “महिलाको क्षमतालाई दबाएर राख्नु भनेको जनस्ख्याको  आधा नागरिकहरुको हिस्सालाई पछाडि धकेल्नु हो “।  आज नेपालले यो उपलब्धि हासिल गर्नुको पछाडी नेकपा माओवादीको  १० बर्षे  जनयुद्ध र १९ दिने जनआन्दोलनले महिला नेतृत्वमा भने केही आशा पलायको  छ  ।


यो सबै माओवादीको राजनैतिक एजेन्डाको उपच भन्दा फरक पर्दैन । आन्दोलन पछी महिला नेतृत्वका सवालमा नेपालका  पुर्वराष्ट्रपति, पुर्व सभामुख र पूर्वप्रधानन्यायाधीश  महिला रहेका थिए । नेतृत्वमा रहेका महिलाहरुले विषम परिस्थितिमा विवेक प्रयोग गरी देश हाँकेर पुरुष नेतृत्वलाई समेत चुनौती दिइएको  उदाहरण यो अवधिमा बाक्लै भेटिन्छन्  । नेपालको  संविधानमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएकाले पनि राजनीतिक क्षेत्र, गैर तथा सरकारी संघ र संस्थामा अहिले महिलाको उपस्थिति उत्साहजनक छ ।
त्यसैको सशक्त उदाहरण हो अब्बल र सक्षम  महिला नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको नेतृत्व प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्हालनु भएको छ ,यस अघि नै प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा  पनि महिला नै हुनुहुन्थ्यो । नेपाल सरकारका  सहसचिव रुद्रादेवी शर्मा । प्रहरी नेतृत्व पनि महिला नै भएपछि जिल्ला प्रशासन र प्रहरी प्रमुखमा महिलाले  नेतृत्व हाक्नु भएको छ । जसले सिङ्गो जिल्ला नै महिलामयको अनुभुति जिल्लाबासिले गर्न पुगेका छन् ।
संयोग पनि त्यस्तै जुरेको छ यस अघि नै  काभ्रेका अन्य ६ वटा सरकारी कार्यालयहरूमा  महिलाको कमाण्डमा  कार्यसम्पादन बढी सकेको थियो-जसमा  शिक्षा विकास तथा समन्वय इकाई,काभ्रेपलाञ्चोकको प्रमुखमा देवका ढकाल तथा स्वास्थ्य कार्यालयको प्रमुखमा अनिता खनाल कार्यरत हुनुहुन्छ । त्यस्तै पशु सेवा कार्यालयमा डा. सिर्जा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा डा. वशंवदा कौडिन्न्यायनी, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा मनिषा चापागाई तथा स्वास्थ्य बिमा बोर्डको जिल्ला कार्यालयमा मुना निरौलाले नेतृत्व गर्दै आएउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0