Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन ४३२ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १४, सोमबार (२ साल अघि)
जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले नेकपा (माओवादी केन्द्र) निकट ललितपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न भएको छ ।
शनिवार ललितपुरमा प्रेस सेन्टरको आयोजना र माओवादी केन्द्रको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी नेता, जनप्रतिनिधि र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यक्रम अन्तरक्रियामा प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्र प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दाहालले सामाजिक सञ्जालको सही सदुपयोग गर्न आग्रह गर्दै नागरिक पत्रकारितालाई भरपुर प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘वेभ साइटहरु, ब्लगहरु र सामाजिक सञ्जालहरु प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, जसको व्यवस्थित जग दक्षिण कोरियाबाट भएको हो ।’ अहिले विश्वभरी इन्टरनेटले लाखौं समाचार साइट र ब्लगहरु निर्माण गरेको छ, सहभागितामूलक पत्रकारिता भनिएको बताउनु भयो । दाहालले सामाजिक सञ्जालको सही सदुपयोग गर्न आग्रह गर्दै नागरिक पत्रकारितालाई भरपुर प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘वेभ साइटहरु, ब्लगहरु र सामाजिक सञ्जालहरु प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, जसको व्यवस्थित जग दक्षिण कोरियाबाट भएको हो ।’ अहिले विश्वभरी इन्टरनेटले लाखौं समाचार साइट र ब्लगहरु निर्माण गरेको छ, सहभागितामूलक पत्रकारिता भनिएको बताउनु भयो ।
यसैगरी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । बरालले सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा गम्भीर ध्यानाकर्षण प्रस्तुत गर्नु भएको थियो । विद्युतीय माध्यमको प्रयोगको सकारात्मक नकारात्मकक पक्षमा प्रकाश पार्नु भएको थियो । बरालले लोकतन्त्रको रक्षार्थ पत्रकारिता खरो उत्रनु पर्ने विषयमा पनि जोड दिनु भएको थियो । लोकरिझ्याँइ (डेमागग) प्रवृत्तिले प्राप्त लोकतन्त्रमाथि गरी रहेको हमला विरुद्ध उभिने साहस देखाउनु आजको आवश्यकता हो भन्नु भयो । युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताको अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेरबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गर्नु भयो ।
कार्यक्रममा महालक्ष्मी–६  का वडा अध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी संगठनले सहयोग नगरेको दुखेसो पोख्नु भयो ।
ललितपुर–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले आफ्नो वडामा पत्रकारहरु आएर विकास निर्माणको बारेमा समाचार लेख्न आग्रह गर्नु भयो ।
कोन्ज्योसोम–५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीको रुपमा वर्षौ दुख खेपेको बताउनु भएको थियो । तर अहिले भारदेउ राजधानीको नजिकको पर्यटक स्थल रहेको बताउँदै सो बारेमा उजागार गर्न पत्रकारलाई आग्रह गर्नु भयो ।
वागमती–५ इकुडोलका नवराज तिमल्सिनाले यस्तो कार्यक्रम पालिका स्तरसम्म लैजान अनुरोध गर्नु भयो । माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफुले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने बताउनु भयो । प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, वागमती प्रदेश सभाका पूर्व सदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेस सेन्टर उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0