Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विपद् उद्धार कार्यमा दक्ष स्वयं सेवकका रुपमा एनसीसी क्याडेटले भूमिका निर्वाह गर्नेछन्ः पृतनापति सिल्वाल

प्रभातफेरी अनलाइन ७०६ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १५, मंगलबार (२ साल अघि)
विपद् उद्धार कार्यमा दक्ष स्वयं सेवकका रुपमा एनसीसी क्याडेटले भूमिका निर्वाह गर्नेछन्ः पृतनापति सिल्वाल

बर्दिबास । श्री राष्ट्रिय सेवा दल (एनसीसी) तालिमको बार्षिक सामुहिक क्याम्प (चौथो चरण) को सांस्कृतिक तथा दीक्षान्त कार्यक्रमका प्रमुख अतिथि श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी सुदर्शन सिल्वालले सम्बोधनका क्रममा एनसीसी अन्तर्गत सिनियर क्याडेटहरुलाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै समाज रुपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्दै समाजको एउटा कुशल र दक्ष नागरिकको रुपमा आफूलाई स्थापित हुन निर्देशन दिनुभएको छ ।


सम्बोधनकै क्रममा प्रमुख अतिथि सिल्वालले युवा वर्गलाई अनुशासित, नेतृत्व क्षमताको विकास, वफदारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना, विकास तथा विपद उद्दार कार्यमा दक्ष स्वयं सेवकका रुपमा अडिक रहन दीक्षित विद्यार्थीहरुलाई सुसूचित गराउनुभएको छ ।


दीक्षान्त समारोहमा सरिक रहेका ७ जिल्लाका ५ सय २७ क्याडेटहरुले नेपाल सरकार तथा नेपाली सेनाको पहिचानलाई उचाइमा पु¥याउनका लागि नैतिकवान्, कुशल, दक्ष जनशक्तिको रुपमा आफूलाई स्थापित गर्दै समाजमा आइपर्ने विभिन्न विपद् तथा आपतकालिन घटनाहरुमा अग्रदस्ताको रुपमा रहनेछ भन्ने विश्वास आफूले लिएको स्मरण गराउँदै तालिम प्राप्त क्याडेटले आफू अध्ययनरत शैक्षिक संस्थाहरुमा कम्तिमा पनि Discipline In-charge (D.I.) को भूमिकामा रही आदर्श नागरिकको पहिचान दिनु नै दीक्षित विद्यार्थीहरुको दायित्व र जिम्मेवारी समेत रहेको पृतनापति उपरथी सिल्वालले खुलासा गर्नुभएको छ ।


उक्त कार्यक्रममा प्रमुख अतिथि सिल्वालले सहभागी १५ विद्यालयका छात्र÷छात्राहरुले प्रस्तुत गरेको आ–आफ्नो कला र संस्कृति झल्किने नृत्य अवलोकन गर्नुभएको छ । श्री राष्ट्रिय सेवा दल मध्य पुर्वी तालिम शिक्षालय बर्दिवास महोत्तरीमा माघ २४ गतेबाट संचालन भएको सि.सं. १८ सिनियर डिभिजन एनसीसी तालिमको बार्षिक सामुहिक क्याम्प (चौथो चरण) का विद्यार्थीहरु सोमबार दीक्षित भएका छन् । सहभागी विद्यार्थीहरुको साँस्कृतिक तथा दीक्षान्त कवाज समारोहमा नेपालका विभिन्न ७ जिल्लाका १५ विद्यालयहरुका ५ सय २७ जना क्याडेट छात्र÷छात्राहरु सहभागी भएको श्री राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयले जनाएको छ ।


उक्त साँस्कृतिक कार्यक्रममा नृत्य विधातर्फ प्रथम, द्वितिय र तृतिय हुने विद्यालयहरु क्रमशः श्री बेलर ईन्टरनेशनल एकेडेमी, काभ्रे, श्री राम माध्यमिक बिद्यालय, महोत्तरी र श्री ईष्टहोराईजन हाई स्कुल, झापालाई शिल्ड तथा प्रमाण पत्र वितरण गरेको छ । सो सांस्कृतिक कार्यक्रममा श्री मध्य पुर्वी पृतना हे.क्वा.का चिफ अफ स्टाफ स.र. हेमराज के.सी., रथीवृन्द लगायत सहभागी विद्यालयका प्रधानाध्यापक, समन्वय शिक्षक, अभिभावक गरी करिब ३ सय जनाको सहभागिता रहेको छ भने दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिबाट दीक्षित हुने कवाजको तर्फबाट सलामी ग्रहण गर्नुभएको छ ।


उक्त तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रातर्फ श्री ईष्ट होराईजन हाई स्कुल, झापाका क्याडेट रेजिना बन तथा सर्वोत्कृष्ट क्याडेट छात्रतर्फ श्री बेलर ईन्टरनेशनल एकेडेमी बनेपा काभ्रेका क्याडेट आलोक सापकोटा र सहभागी १५ विद्यालयहरुमध्ये सबै विधाहरुमा उत्कृष्ट नतिजा हासिल गर्ने काभ्रे जिल्लास्थित श्री बेलर ईन्टरनेशनल एकेडेमी, बनेपा से.मु. बेस्ट प्लाटुन (Best Platoon) हुन सफल भएको र Best Public Speaker मा श्री झापा मोडल हाई स्कुल, झापाका कक्षा १२ मा अध्ययनरत बर्ष १७ का क्याडेट श्रेया पौडेल हुनुभएको छ । Best Model Briefing मा श्री ईष्ट होराईजन हाई स्कुल, झापाका कक्षा ११ मा अध्ययनरत वर्ष १७ का क्याडेट रेजिना वन हुनुभएको छ । उक्त उत्कृष्ट विद्यार्थीलाई श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी सिल्वालले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको छ । दिक्षान्त कवाज समारोहमा श्री मध्य पुर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज के.सी. श्री नं. २७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पूर्ण बहादुर खत्री, श्री नं. ९ बाहिनी अड्डाका बाहिनी पति स.र. प्रकाश बहादुर चन्द, श्री नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी राजेन्द्र मणी गिरी, विभिन्न सुरक्षा निकायका प्रमुख, महोत्तरी जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, समन्वय शिक्षक, अभिभावक लगायत करिब ५ सय जनाको प्रत्यक्ष उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको श्री राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयले जानकारी दिएको छ ।


दीक्षान्त समारोहमा छनौट भएका श्री बेलर इन्टरनेशनल एकेडेमी बनेपा काभ्रे, श्री मसिलाल जनता माध्यमिक (प्राविधिक) विद्यालय सप्तरी, श्री झापा मोडल हाईस्कुल दमक झापा, श्री महेन्द्र मावि तित्रीगाछी सुनसरी, श्री ईष्टहोराइन स्कूल धुलाबारी झापा, श्री महेन्द्र माध्यमिक विद्यालय मकवानपुर, श्री पब्लिक हाई स्कूल धरान सुनसरी, श्री आदर्श विद्या मन्दिर स्कूल बनेपा काभ्रे, श्री जनता माध्यमिक विद्यालय सुनसरी, श्री जनप्रभात माध्यमिक विद्यालय सप्तरी, श्री जनसेवा प्राविधिक विद्यालय सिराहा, श्री सुकदेव माध्यमिक विद्यालय जलेश्वर महोत्तरी, श्री छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक विद्यालय सप्तरी, श्री राम माध्यमिक विद्यालय मटिहानी महोत्तरी र श्री ब्रजमोहन झबुराम जनता माध्यमिक विद्यालय सिराहाका छात्रछात्राहरुको सहभागिता रहेको शिक्षालय प्रमुख लेफ्टिनेन कर्णेल शिवराम थापाले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0