Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषि मन्त्रीको राजिनामा माग्दै किसान सडकमा

प्रभातफेरी अनलाइन ६७४ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १७, बिहिबार (२ साल अघि)
कृषि मन्त्रीको राजिनामा माग्दै किसान सडकमा

काभ्रे ।  दूध उत्पादकसहित विभिन्न १५ वटा किसान सङ्गठनले घोषणा गरे अनुसार आज काभ्रेको ब्याबसायिक नगरि बनेपामा किसानहरुले धर्नामा बसेका आन्दोलनकारीलाई  दूध खुवाएर आन्दोलन प्रती सरकारको ध्यानाकर्षण गराएका छन् । आफूहरुका माग सरकारले सम्बोधन नगरेको भन्दै किसानहरुले आन्दोलन प्रती ऎक्य्वद्द्ता जाहेर गरेका  हुन् ।  गत फागुन ६ गते काठमाण्डौमा पत्रकार सम्मेलन गरी नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल दुग्ध व्यवसायी सङ्घलगायत १५ वटा किसान सङ्गठनले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका थिए ।
उक्त पत्रकार सम्मेलनमा यहि  २१ गतेसम्मका लागि घोषणा भएका आन्दोलनका  कार्यक्रममा राजनीतिक दलका शीर्ष नेता र प्रमुख सचेतकलाई मागपत्र बुझाउने, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, मुख्य राजमार्गमा शान्तिपूर्ण चक्काजाम गर्ने लगायत रहेका  थिए  ।  सोही कार्यक्रमको निरन्तरता अनुरुप  आजको शान्ति पुर्ण धर्ना कार्यक्रम भएको हो ।सरकारले पछिल्लो समय दुग्ध उत्पादक किसानको माग सम्बोधन नगरेको तथा किसानहरुले दूध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न चासो नदिएको किसानहरुको गुनासो छ ।


केन्द्रिय दूध उत्पादनक सहकारी संघ लिमिटेडका संचालक समिति सदस्य तथा जिल्ला दुध उत्पादक सहकारी संघ काभ्रेका  अध्यक्ष नारायण बडालका अनुसार-  हामी  बाध्य भएर आन्दोलन आउनुपर्ने  वातावरण सरकारले शृजना गरेको  बताउनु हुन्छ  ।  राज्यको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको कृषि क्षेत्रको विकास र किसानका समस्यालाई सरकारले प्रभावकारी नीति अवलम्बन गरी कार्यान्वयनमा ल्याउन   तत्परता नदेखाए कै कारण आन्दोलनको विकल्प नभएको अध्यक्ष बडालको  जोड थियो  ।


किसानले उत्पादन गरेको कुल दूध मध्ये ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको हो । अहिले यो सरकारले  भारतबाट अवैध रुपमा कच्चा दूध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात गरेको कारण नेपाली किसानले उत्पादन गरेको दुग्ध बिक्री नभएको  अध्यक्ष बडालको दावी छ ।
उहाँले पछिल्लो एक वर्षमा लम्पी स्किन रोगको कारण पशुपालन किसान ७५ अर्ब भन्दा बढी बराबरको क्षति व्यहोर्न बाध्य भएको अवस्थामा दुधको झण्डै ६ अर्ब रुपैयाँ बराबरको बक्यौता रकम सरकारले भुक्तानी नदिँदा किसान थप समस्यामा परेको हो ।
“कृषि मन्त्रीले तत्काल राजीनामा गर्नु पर्ने , किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्नुपर्ने ,भारतबाट दूध र दूधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्नपर्ने, दूधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्नपर्ने, बिक्री नभएको दूधलाई पाउडर बनाइ मिल्क होलिडे हुनबाट रोक्न, नेपाली किसानले उत्पादन गरेको दूध नेपाली सेना, नेपाल प्रहरीलगायतका निकायहरुले अनिवार्य खरिद गर्नुपर्ने व्यवस्था गर्न आन्दोलनकारीले बोकेको प्लेकार्डमा    उल्लेख गरिएको थियो ।”


प्रतिक्रिया कै क्रममा अध्यक्ष बडालको धारण छ – चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । डेरी उद्योग संघ र डेरी एसोसिएसनको करिब ६ अर्ब तथा डीडीसीको ९० करोड गरी झन्डै ७ अर्ब रुपैयाँ किसानले दूधको भुक्तानी पाउन सकेका छैनन्  ।
दूधको ७ अर्ब भुक्तानी बाँकी छ । किसान बिचल्लीमा परेका छन् । दूध बिक्री नभएको र बिक्री भए पनि भुक्तानी नपाएको विरोधको रुप हो। आजको धर्नाकार्यक्रम  आन्दोलन कै निरन्तरता हो यसैबीच  सडकमा किसानले दूध पोखिसकेका  छन् । मन्त्रीको राजीनामा जोडिनु पर्ने कारण मध्ये यो पनि एउटा हो ।
यता राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार दुग्ध क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा करिब ३० लाख परिवार संलग्न छन् । तिनले ७४ लाख गाई र ५२ लाख भैंसी पालेका छन् । तर धेरैजसो किसान परिवारले ३/४ महिनायता दूध बेचेको पैसा पाएका छैनन् ।
पनौती नपा वाड न.४ का  दिनेश  बजगाई   आफु  वैदेशिक रोजगारबाट फर्किए पछि कृषि फमसङ्ग आवद्ध भइ बिगत लामो समयदेखि दुध बिक्री  गर्दै आएको थिएं। दैनिक  सय लिटर सम्म   दूध बेचें, मिल्कहोलिडेका कारण अहिले समस्या ग्रस्त हुन पुगि २०/२५ लिटरमा खुम्चिन पुगेको छु त्यसको पनि  तीन महिनायता पैसा पाएको  छैन । डेरीले बक्यौता नदिएपछि अहिले  गाईभैंसी पाल्न धौ–धौ भएको  पिडा बजगाई  छ ।
‘एउटा गाई र भैंसीबाट दिनको १५ लिटरसम्म दूध बिक्री गर्ने सुर्य भुजेल । ३ महिनायता गाईबाट मात्रै दिनको ७ लिटर दूध बेच्छु । तर डेरीबाट ३ महिना भयो पैसा पाएको छैन। डेरीले पैसा नदिँदा गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ता परेको छ । डेरीले भुक्तानी गर्न नसकेको भन्दै रकम घटाउदाँ पनि बाध्य भएर दूध दिनुपरेको भुजेलको गुनासो छ ।
स्वदेशमा पर्याप्त दूध उत्पादन हुँदा आयातमा केही कडाइ गरिदिए किसानले ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था नआउने  भनाइ छ आन्दोलनमा सहभागी किसानको छ । तर खुला सीमाका कारण अवैध दूध आयात हुँदा यहाँका किसान समस्यामा परेको उहाँहरुको दुखेसो छ।
यी त रहे केही प्रतिनिधि मुलक पात्रका उदाहरण मात्रै हुन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, निजी क्षेत्रका नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले किसानलाई भुक्तानी गरेका छैनन् । सामान्यतया १५/१५ दिनमा तिनले किसानको भुक्तानी गर्नुपर्ने हो । तर डेरीहरूले ३/४ महिनाको रकम रोकेर राखेका छन् । यहाँ दूध अभाव हुँदा भारतबाट आयात गर्न ‘लबिइङ’ गर्ने यी निकायले स्वदेशमा दुधजन्य पर्याप्त हुँदा पनि खरिद गर्न लागि परेका  छन् ।
सरकार र निजी डेरीहरूको नीति बुझि नसक्नु छ । सरकारले एकातिर दूध उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य राख्छ । अर्कातिर किसानलाई भुक्तानी गर्दैन,०७८ सालमा ल्याइएको राष्ट्रिय दुग्ध विकास नीतिमा प्रतिव्यक्ति प्रतिवर्ष दूधको उपलब्धता दुई वर्षभित्र ९१ केजी र २० ८१ सालसम्म दुई गुणा वृद्धि गर्ने लक्ष्य छ ।’ त्यसमा ‘दूध व्यवसायलाई नाफामूलक र दिगो पेसाका रूपमा विकास गरी यसबाट हुने आम्दानीलाई उच्च बनाउने’ पनि भनिएको छ । कतिपय प्रदेश सरकार र पालिकाले दूध उत्पादन बढाउन किसानलाई अनुदान पनि दिने गरेका छन् । तर दूध बिक्री नभएर किसानले उत्पादन सडकमा फाल्नुपर्ने बाध्यता पनि छ । किसानको उत्पादनमा राज्यले भरोसा नगरेको अधिकारीको गुनासो छ । ‘सरकारले किसानलाई संरक्षण गर्नुपर्नेमा बजारलाई छाडिदियो, यही कारण हाम्रो उत्पादन उच्च जोखिममा परेको हो,किसानको दावी छ । ‘विदेशी उत्पादनलाई रातो कर्पोट ओछ्याउने नीति नै गलत भयो ।’
देशभर गाईभैंसीबाट दिनको औसत ७० लाख लिटर दूध उत्पादन हुने बोर्डका कार्यकारी निर्देशकको भनाइ छ । यसमध्ये ५० लाख घरेलु प्रयोजनका लागि प्रयोग हुन्छ । बाँकी ५० प्रतिशतमध्ये १७ प्रतिशत औपचारिक र ३२ प्रतिशत अनौपचारिक रूपमा बिक्री हुन्छ । अहिले सबै क्षेत्रमा समस्या देखिएको हो । डेरीमा उत्पादन बाँकी रहँदा डेरीहरूले भने बजारीकरण र दूरदराजमा जान इच्छा देखाएका छैनन् । तर तिनले स्टकका नाममा किसानलाई अन्याय गरिरहेको  भनाइ उहाँको  छ ।

पछिल्लो समय बजार खपत घटेको र निजी क्षेत्रले दूध संकलन नगर्दा समस्या भएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले पत्रकारहरुलाई जानकारी दिने क्रममा  बताएका छन्  । स्टक भएकै कारण पाउडर प्लान्ट पनि बन्द अवस्थामा रहेको उहाँ भनाइ छ  । ‘बजारमा खपत छैन, संकलित दूध पनि बिक्री भएको छैन । पाउडर दूध र बटरको अवस्था उस्तै छ,’ उहाँले थप्नु भयो  ‘सबै सामान डम्प भएर बस्दा किसानलाई भुक्तानी गर्न नसकिएको हो ।’ धूलो दूध (८२० टन) र बटर (६८० टन) गरी १ अर्ब १० करोडको स्टक र करिब ९० करोड बक्यौता रहेको झाले जानकारी गराउनु भएको छ  ।
डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्छ । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ भन्दा बढी जिल्लाबाट दूध संकलन हुन्छ । यतिबेला १२ सय सहकारीमा आबद्ध करिब २ लाख किसान परिवारले समयमै भुक्तानी पाएका छैनन् । नियमित दूध दिने किसानलाई पहिलो प्राथमिकतामा राखिएको प्रबन्धक झाले जानकारी दिनुभएको छ । चितवनमा असोजको सकेर कात्तिकको भुक्तानी सुरु हुँदै छ । काभ्रेमा कात्तिकको बक्यौता भुक्तानी हुने अवस्थामा  छ । नुवाकोट र लमजुङका किसानले पनि मंसिरको भुक्तानी लिँदै छन् । ‘समस्या पश्चिम बुटवल, भैरहवा, नेपालगन्ज, धनगढीलगायतको  पनि यहि हो । यी जिल्लामा बल्ल असोजको बक्यौता भुक्तानी सुरु हुँदै छ, ‘इलाम, झापा, पाँचथरको अवस्था पनि उस्तै रहेको उहाँको तर्क छ ।’
आर्थिक शिथिलता, युवाहरूको विदेश पलायन र भारतबाट सस्तोमा दूध आउँदा पनि समस्या थपिएको आन्दोलन कारीको भनाइ छ । ‘प्रदेशअनुसार लिटरमा ५ देखि १५ रुपैयाँ सस्तोमा दूध भित्रिएको छ । चोरी तस्करीबाट आएको छ, त्यही कारणले पनि यहाँ दूध बिक्री भएन । उद्योगीको गोदाममा मौज्दात रह्यो,’ ‘फलस्वरूप बाध्य भएर भुक्तानी गर्न नसकेको हुनुपर्छ ।
भारतबाट सस्तोमा दूध आउँदा यहाँका किसानलाई भने मार परेको छ । डेरी उद्योगीका अनुसार नेपाली दूधभन्दा भारतीय दूध लिटरमै ५ देखि १५ रुपैयाँ सस्तो पर्छ । जसले गर्दा सीमा नाकाबाट दैनिक १० हजार लिटर दुध भित्री रहेको तथ्य सार्वजनिक भइ रहदाँ सरोकारवाला पक्ष बेखबरको रटान मै रहेको छ ।
सरकारले दूधमा आत्मनिर्भर भएको घोषणा गरे पनि करोडौं रुपैयाँको चिज, बटर र घिउ आयात भएको भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ३० करोडको चिज, बटर र घिउ आयात भएको छ । यो वैधानिक आयातको तथ्यांक हो । अवैध रूपमा त्यतिकै माात्रामा आयात भएको तथ्यांक छ ।
यो अवस्था आउनुमा कृषि मन्त्री सबै भन्दा बढी दोषी छन् किन कि मुलुक आफैमा दुधजन्य उत्पादनमा आत्मनिर्भर  भएको घोषणा पनि गर्ने अनि माफियाहरुलाई पाउडर दुध र दुधजन्य पदार्थ ल्याउन अनुमति पनि दिने दोह्यत चरित्र कै कारण आज नेपाली किसान मर्नु न बाच्नु अवस्थामा पुगेको अध्यक्ष बडालले खुलासा गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0