Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक अभियान्ताको मर्मलाई लत्याउनु मानवीय अपराध हो ः पौडेल

प्रभातफेरी अनलाइन ४२६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
सामाजिक अभियान्ताको मर्मलाई लत्याउनु मानवीय अपराध हो ः पौडेल

पनौती । “कुरा होइन, काम गरौं, सेवा गरी पुण्य कमाऔं” महिला सशक्तिकरणका लागि महिला भन्ने मूल मर्मका साथ स्थापित भएको सहयोगी मनहरु नामक संस्था खोलेर सामाजिक अभियानमा जुट्नुभएका मिरा पौडेलले पनौती नगरपालिकाभित्रका १२ वटै वडामा पुगेर सामाजिक संस्थाको महिमा स्थापित गर्दै सामाजिक अभियान्ताको मर्म लत्याउने काम पछिल्लो समय अभियान्ताहरुबाटै भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
मंगलबार पनौती नगरपालिका वडा नं. ४ मा रहेको पशुपति मन्दिर परिसर सरसफाई गर्ने क्रममा भेटिनुभएका पौडेलले गैससहरु कागज र प्रतिवेदनमुखी बन्नु अभिशाप रहेको समेत बताउनुभएको छ । सामाजिक संस्थाका नाममा बजारमा जन्मिएका गैससहरुलाई चुनौतीका रुपमा उदाएको सहयोगी मनहरुले गरेको सामाजिक सेवालाई मुक्तकण्ठले सम्मान व्यक्त नगर्ने बिरलै होलान् । कार्यक्रममा कुनै तडकभडक पाइन्न । जुन उद्देश्यको लागि जुटेको हो, त्यसैमा एक मत हुन पुग्छन् सहयोगी मनहरुमा जोडिएका आत्माहरु । त्यहाँ को ठूलो, को सानो कुनै अर्थ राख्दैन । राख्छ त केवल सामाजिक सेवाको उद्देश्य स्थापना गरेर समाजलाई एउटा नयाँ सन्देश दिनु । दिन प्रतिदिन सामाजिक भावनाहरु हराउँदै गइरहेको आजको अवस्थामा सहयोगी मनहरुले जुटाएको एक्येबद्धतालाई नेपाल रेडक्रस सोसाइटी टौखाल उपशाखा, पनौती नगरपालिका वडा नं. ४ परिवार र लायन्स क्लब अफ काठमाडौं पूर्वक्षितिज काभ्रे ३२५ आइ नेपालको सहकार्यले उर्जा थपेको सामाजिक अभियान्ता मिरा पौडेलको तर्क थियो ।


वडाभित्र हुने जुनसुकै सामाजिक कार्यमा नछुट्ने पात्र हुन् वडा नं. ४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल । उहाँले यो ठूलो, यो सानो, यो राम्रो, यो हाम्रो कहिल्यै हेर्नुभएन । उहाँको नजरमा सेवा नै धर्म हो । सामाजिक दायित्वबाट कहिल्यै विचलित नहुने पात्रका रुपमा आफूलाई स्थापित गर्न सफल वडा अध्यक्ष दाहाल कुटो, कोदालो, कुचोमा रुमलिरहँदा अन्य दिग्गज वर्गका रुपमा आफूलाई हेर्नेहरु गफिरहँदा आफैंलाई असहज महसुस गरेको प्रष्टै अनुभूति गर्ने अवसर मंगबार पनौतीको पावन भूमि पशुपति मन्दिर परिसरमा सरसफाईमा जुटेका अभियान्ताहरुबिचमा मिलेको थियो । यसले पनि सामाजिक दायित्व कस्तो हुन्छ भन्ने प्रेरणा वडा अध्यक्ष दाहालबाट सिक्नुपर्ने सन्देश सो कार्यक्रमले दिएको छ । झण्डै २ सयको हाराहारीमा सहभागी सहयोगी मनहरुको उल्लासमय उपस्थिति र सक्रियतामा मन्दिर परिसर वरिपरि सरसफाई भएको छ । त्यसका लागि यो पंक्तिकारको तर्फबाट आयोजक सहयोगी मनहरुप्रति साधुवाद छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0