Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिमा इमान्दारिता महत्वपूर्ण पक्ष होः पूर्व सभामुख सापकोटा

प्रभातफेरी अनलाइन २१५ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार (१ साल अघि)
राजनीतिमा इमान्दारिता महत्वपूर्ण पक्ष होः पूर्व सभामुख सापकोटा

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समिति काभ्रेको ९औं पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा पूर्व सभामुख एवं बागमति प्रदेश इन्चार्ज अग्नि सापकोटाले राजनीतिमा इमान्दारिता हुनुपर्ने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिको आयोजनामा भएको पूर्ण बैठकमा उठेका विषयवस्तुहरुलाई सम्बोधन गर्ने क्रममा क्रान्तिकारीहरुले आलोचनाबाट भाग्न नहुने तर्क राख्दै आलोचनाले सकारात्मक उर्जा प्राप्त गराउने हुँदा त्यसतर्फ प्रत्येक कार्यकर्ताहरु सजग र सचेत हुन आवश्यक छ । जति पनि बैठकमा चर्चा भए ति सकारात्मक पक्ष हुन् । यसले पार्टीलाई चुस्त, दुरुस्त र जनपक्षीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । जहाँ नैतिकतादेखि पार्टी कार्यकर्ताहरुका बारेमा प्रश्नहरु उठाइए, त्यसमा हामी नेतृत्व पनि अछूतो छैनौं । हामी क्रान्तिकारीहरुले नैतिक उत्कर्षलाई महत्वका साथ लिनुपर्छ । यो नै महान् पक्ष हो । जहाँ आत्मशुद्धि हुनुपर्छ । दोस्रो आत्मसुधार, तेस्रो आत्मा नविकरण र चौथो आत्मा अभिवृद्धि गर्न सक्यौं भने मात्रै हामी कम्युनिष्ट कार्यकर्ता हुनसक्छौं । जसले हामीलाई रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ । जबसम्म हामी माओवादी कार्यकर्ताले यो संकल्प गर्न सक्दैनौं, तबसम्म हामी माओवादी कार्यकर्ता हुन सक्दैनौं । त्यसतर्फ आजको बैठक कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास रहेको कार्यक्रमका प्रमुख अतिथि, पूर्व सभामुख सापकोटाले खुलासा गर्नुभएको छ ।


उक्त ९औं पूर्ण बैठकलाई संघीय सांसदद्वय सूर्यमान दोङ ‘लालध्वज’, मिना तामाङ, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष एवं सांसद सरल सहयात्री, पूर्वमन्त्री रत्न ढकाल, जिल्ला संयोजक भोला अर्याल, जिल्ला सचिव दैवलाल घिसिङ ‘अनुशिल’ लगायतले बैठकमा उठेका समसामयिक विषयका बारेमा सम्बोधन गरेका छन् । बैठकमा नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकाले आफ्नो विमति जाहेर गर्दै सहभागिता नजनाएको बताएको छ ।
सो बैठक सम्बन्धमा जिज्ञासा राख्दा पनौती नगरका पार्टी अध्यक्ष हस्त तामाङको गुनासो छ– जिल्ला पार्टीले सौतेनी व्यवहार गरेकै कारण सिंगो नगर पदाधिकारीहरुबाट विमति राख्दै संयुक्त राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो । सोही बमोजिम बैठक बसी सर्वसम्मत ढंगबाट निर्णय गरी हामीले नगर समितिबाट राजीनामा दिएका छौं । राजीनामा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिका संयोजक भोला अर्याल समक्ष संघीय सांसद दोङको रोहवरमा बुझाएका छौं । बाँकी विमतिका कुराहरु सोही राजीनामा पत्रमार्फत् बुझ्न सक्नुहुनेछ भन्दै संवादबाट अध्यक्ष तामाङ बाहिरिनुभएको थियो ।
यता पनौती नगर इन्चार्ज होमबहादुर खुलाल भने पनौती नगर पदाधिकारीले गम्भीर त्रुटी गरेको भन्दै तिखो टिप्पणी गर्न पछि पर्नु भएन । कम्युनिष्ट कार्यकर्ताहरु यति छिट्टै विचलनको अवस्थामा जानु ठिक नभएको उहाँको धारणा थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0