हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपालको शिक्षालाई आमुल परिवर्तनको खाँचो भएको बताउनुभएको छ ।
परम्परावादी ढंगबाट शिक्षामा कर्मकाण्डीभन्दा अरु कुनै उपलब्धी हुन नसकेकै कारण अर्धदक्ष जनशक्तिका रुपमा विदेश पलायन हुने युवाहरुको जमात बढिरहेको जटिल अवस्थालाई मध्यनजर गर्दै सामाजिक सञ्जालमार्फत् ४ बुँदे सुझाव सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री जमकट्टेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– नेपालको शिक्षा क्षेत्रलाई आमुल परिबर्तन गर्न निम्न कार्ययोजना तयार गरी तिन तहको सरकारको सहकार्यमा कार्यान्वयन गरौं भन्ने आफ्नो सुझाव राख्नुभएको छ ।
मुख्यमन्त्री जमकट्टेलले लेख्नुभएको सुझावमा ग्रामिण क्षेत्रमा रहेका माध्यामिक तहका विद्यालयहरूलाई गाभ्ने र आवासिय मोडेलमा लाने, सिटिइभिटीको नर्सिङ र ईन्जिनियरिङ सहितको पाठयक्रमलाई माध्यामिक तहको पाठयक्रममा अनिवार्य रूपमा समावेश गर्ने, प्राविधिक शिक्षा तर्फको उच्च शिक्षा अध्ययन गर्न लिईने (कृषि, स्वास्थ्य र ईन्जिनिरिङ) प्रवेश परिक्षा प्रणाली खारेज गर्ने, प्राविधिक शिक्षातर्फको उच्च शिक्षा (कृषि, नर्सिङ र डाक्टर र ईन्जिनियरिङ) अध्ययन गर्न लगाइएको कोटा प्रणाली खारेज गरी भौतिक संरचना, प्राविधिक क्षमता र मागको आधारमा पढाउने व्यवस्था गर्ने लगायतका विषय उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेशको नेतृत्व सम्हालेदेखि नै रचनात्मक कार्यमा विशेष चासो दिएको सर्वसाधारणमा छाप परेको छ । राजनीतिक नेतृत्व जेसुकै र जुनसुकै बाटोमा गएता पनि आफ्नो जिम्मेवारीलाई युवामाझ देखिने किसिमले बहन गरेको मुख्यमन्त्री जमकट्टेलको सामाजिक सञ्जालमा पोखेका अभिव्यक्तिहरुले पुष्टि गरेको सर्वसाधारण नागरिकहरुको बुझाई छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |