Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

४२ वर्ष बित्दा पनि स्थानीय नागरिक हुन सकिएनः पिडित बज्राचार्य

प्रभातफेरी अनलाइन ५०८ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ ८, मंगलबार (१ साल अघि)
४२ वर्ष बित्दा पनि स्थानीय नागरिक हुन सकिएनः पिडित बज्राचार्य

बनेपा । सामाजिक सञ्जालमा विकास विरोधी भनेर पोष्ट भएको सम्बन्धमा पिडित रामप्यारी बज्राचार्यसँग जानकारी लिने क्रममा पिडित बज्राचार्यको गुनासो यस्तो रह्यो । जनप्रतिनिधि नै साम्प्रदायिक भावनाबाट कुण्ठित हुन्छ भने जनता सधैं शरणार्थीका रुपमा रहन विवश हुन्छ भन्ने तथ्य बनेपा नगरपालिका वडा नं. ७ मा रहेको भिंद्यो टोल सडक स्तरोन्नतीका क्रममा वडा अध्यक्षबाट गरिएको व्यवहारले पुष्टि भएको स्थानीय बज्राचार्यले खुलासा गर्नुभएको छ ।
आफू ४२ वर्ष अगाडि देखि यस स्थानमा बसोबास गर्दै आएको अवस्थामा हालका ७ नं. वडा अध्यक्षले तिमीहरु यहाँको हो र ? तिमीहरुले भनेको काम कुरा गर्नु, सुन्नुपर्ने ? जस्ता शब्दहरु प्रयोग गर्दै साम्प्रदायिक किसिमले प्रस्तुत हुँदै अवला नारीमाथि अभद्र व्यवहार मात्र गरेनन् चरित्रहत्या हुने किसिमका शब्द समेत प्रयोग गर्नुले कस्तो जनप्रतिनिधि ७ नं. वासीले छनौट गरेछन् भन्ने महसुस भएको छ । जोबाट जनताले अभिभावकत्व महसुस गर्नुपर्नेमा शरणार्थी व्यवहार गरेर सामाजिक रुपमै चरित्र हत्या गर्ने काम स्वयं जनप्रतिनिधिले गर्छ भने अरु सामाजिक उत्श्रृंखल व्यक्तिहरुबाट के अपेक्षा गर्न सकिन्छ ?
सामाजिक सञ्जालमा विकास विरोधी भनेर जुन अभिव्यक्तिहरु पोष्ट भएका छन् त्यसले बनेपावासीभित्रको संकीर्णता छताछुल्ल भएर बाहिरिएको मैले महसुस गरेको छु । एक अवला नारीमाथि गुण्डागर्दी शैलीमा प्रस्तुत हुनु जनप्रतिनिधिको कस्तो हैसियत भनिराख्नु नपर्ला । जनप्रतिनिधि जस्तो व्यक्तिले शरणार्थीलाई गर्ने व्यवहार गरेर आफ्नो हैसियत देखाउनुले पनि स्थानीयस्तरमा बाहिरबाट बसाईं सरी आएका नगरवासीहरुमा कस्तो ज्यादतीको सिकार हुनुपर्छ भन्ने प्रतिनिधि पात्रको रुपमा आफूले व्यहोरेको बताउनुभएको छ । आफू एक सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएको र आफ्नो घर अगाडिको सडकपेटीलाई नगरले गर्नुपर्ने दायित्व बहन गरेर पक्की सडकका रुपमा आजभन्दा २०÷२५ वर्ष अगाडि देखि नै व्यवस्थापन गरिरहेको स्थायी संरचनालाई भत्काएर अनावश्यक रुपमा मानसिक तनाव दिएर नागरिकको नसर्गिक अधिकार खोस्ने काम हुनु दुःखद रहेको अभिव्यक्ति दिनुभएको छ ।
यदि म विकास विरोधी थिएँ भने उहाँहरुले खडा गरेको उपभोक्ता समितिका नाममा मबाट असुल गरिएको रकम कहाँ पुग्यो ? किन उहाँहरुको वचन भुँइमा नखस्दै सामाजिक दायित्व सम्झेर रकम बुझाएँ ? त्यो उपभोक्ता समितिले सामाजिक सञ्जालमा मेरो चरित्रहत्या गर्नुपूर्व सोच्नु पर्दैन ? अवला नारीलाई जे गर्दा पनि हुन्छ भन्ने हैकमवादी संस्कारबाट यो उपभोक्ता समिति र जनप्रतिनिधिले ममाथि जुन किसिमको दुव्र्यवहार र चरित्रहत्या गर्ने काम भो, त्यसका विरुद्ध सामाजिक न्यायका लागि आग्रह गर्दछु ।
म कहिल्यै पनि समाज विरोधी भइनँ र हुन पनि चाहन्नँ । कसैको व्यक्तिगत चाहना परिपूर्तिका लागि विकास निर्माणका नाममा मेरो चरित्रहत्या गर्ने काम भो । यो क्षम्मे हुन लायक पनि छैन । जनप्रतिनिधि जस्तो व्यक्तिले पुलको काम गर्नुपर्नेमा कुनै व्यक्तिको पक्ष पोषण गर्नु कहाँसम्मको न्याय हो र जनप्रतिनिधिको हक अधिकारभित्र कहाँ उल्लेख छ ? मेरा अनगिन्ती सवालहरु रहेका छन् । मैले साँध संधियार, छरछिमेकको भन्दा एक दुई कदम अगाडि नै गएर स्थानीय सरकारलाई सघाएको छु । यसमा म गर्वका साथ भन्न सक्छु । यति हुँदाहुँदै सामाजिक सञ्जालमा विकास विरोधी भनेर चरित्र हत्या गर्ने काम हुनु नगरवासीकै लागि मात्र नभई बनेपा नगरभन्दा बाहिरबाट आई स्थायी बसोबास गर्नेहरुका लागि समेत शंकाको दायरामा पु¥याएको छ ।
जनप्रतिनिधि जस्तो व्यक्तिले तल्लो स्तरको शब्द प्रयोग गर्नुले नगर बाहिरबाट आई स्थायी बसोबास गर्नेहरुका लागि पिडा महसुस मलाई मात्र होइन, समग्र बसाईंसराई गरी आउनेहरुलाई भएको हुनुपर्छ । बनेपा नगरपालिकाको ५ लाख रुपैयाँ र उपभोक्ताबाट १ लाख ३ हजार ५ सय ९ पैसा व्यहोर्ने गरी गत पुस १७ गते शुरु भएको सडक स्तरोन्नती योजनाले यही जेठ १५ गतेभित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको आयोजनामा उल्लेख छ । जसबाट ५० जना लाभान्वित हुन्छन् भनी उल्लेख गरिएको छ । यस सम्बन्धमा सम्बन्धित निकायले स्थलगत अध्ययन अवलोकन गरेर ५० जना भन्नाले बाटो हिँड्ने बटुवा हो कि स्थायी उपभोक्ता हुन् खोजी हुन आवश्यक छ कि छैन ? उपभोक्ता समिति कसको, कहाँ, कुन रिसोर्टमा बनेको हो, त्यो पनि जानकारी हुन आवश्यक हो कि होइन ? प्रश्नहरु एकातिर उब्जिएका छन् भने अर्काेतर्फ उपभोक्ता समितिका नाममा उठाइएको रकमको आधिकारिक रसिद समेत नपाउनु पनि बिडम्बना हो । यस किसिमका गतिविधिले ७ नं. वडाका जनप्रतिनिधिको हैसियत छर्लङ्गै भएको आफूले महसुस गरेको पिडित बज्राचार्यले बताउनुभएको छ ।
आयोजनाका बारेमा वडा अध्यक्ष र उपभोक्ता समितिका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । मजदुरहरु भने हामीलाई जे काम अह्रायो त्यही गरेका छौं, हामीलाई केही भन्नु पनि छैन र हामी काम गर्ने हो, यो विवादको समाधान सम्बन्धित पक्षले गरेको भए राम्रो हुन्थ्यो भन्ने किसिमका आशय दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0